हाइकु
केहि हाइकु
मौसम जस्तै
परिवर्तनशील
उनको मन ।
…
आँखा नछोपी
सधैं निधाइरहे
तिम्रो यादमा ।
…
मुटुका याद
आउ, संगै झिकेर
लिलामी राखौं ।
…
उनले दिएको
चोट, पीडा र दुख्ख
मैले भुल्दिए ।
…
आफ्नै छाया हो
दुख्खसुख्खको बेला
जिवन्त साथी ।
…
अति भएसी
पीर, पीडा र दुख्ख
मुस्काउँछन् ।
…
रहर छैन
दुख्खको मान्छेलाई
खुशीमा रम्ने
…
अधुरै रहे
फुलझै मुस्काउने
सपनाहरु ।
…
व्यवहारमा
उनी पथ्थर जस्तै
पथ्थर उनी ।
…
बदलिरह्यौ
मौसम जस्तै मन
बुझ्नै सकिन ।
राजनैतिक हाइकु
1, फलैंचा माथी
निर्धक्क अजिङ्गर
देश आतंक
2,मुखमा राम
बगलीभित्र छुरा
जटायु वली
3, ढलेको सोच
तात्तो न छारो भयो
आफ्नु यो देश
4, प्रभुको लिला
चोरलाई चौतारी
साधु शुलिमा
5, मति हरायो
अल्मलियो डगर
प्रचण्ड गर्मी
6, सबै जोगी यी
कानै कान चिरेका
छ सय एक
7, बालुवाटारमा
मादक रमाइलो
खाडीको लाश
8, ताली र गाली
सत्यनै पो रहेछ
गणेशमान जी
9, जन पिरलो
कमिशनको खेल
जंगली राज
10, सेता परेवा
रगतको बगर
तर्साउने भूत
11, कस्तो नौटंकी
जाली झेली मिलेर
गोदाम रित्तो

१)
१)
१)
चन्द्र ग्रहण
१
१.
१)
१