Skip to content

नियात्रा

थोराङ्गला पास यात्रा

आठ र बाह्र अङ्कलाई राम्रो दृष्टिले हेर्दैन हाम्रो समाज । कोही जाने मान्छे नगएर र कोही नजाने मान्छे जान कम्मर कसेर हाम्रो यात्रादल आठ सदस्यिय बन्यो । करिब एक महिना अगाडिबाट फेसबुकमा छुट्टै समुह बनाएर सामुहिक रुपमा गफिन थालेका थियौ हामी । टोलि आठ सदस्यिय भएकोमा मन खुम्च्याउनेहरुलाई गंगारामले ब्यंग गर्यो, “मैले त कालो बिरालो घरमा बाँधेर राखि सके । त्यस्लाई मेरो बाटो कटाएर मात्र घरबाट बाहिर निस्कन्छु ।”

मुक्तिनाथको यात्रा र भ्यागुताको संस्कार !

धेरै दिनदेखि मुक्तिनाथको दर्शन गर्ने इच्छा थियो । सेवाकै शिलशिलामा जब पोखरा आउने मौका मिल्यो तब त्यो इच्छा पूराहुने संभावना बढेर गयो । घरायसी कारणले सोह्र श्राद्ध रोकिएको थियो । दशैमा घरजाने मौका परेकोले तिहार जान नपाइने जस्तो भयो । एकदिन मनमा विचार आयो कागबेनी गएर पित्री तर्पण गर्न कसो होला ? मनमा उठेका सबै कुराहरू पूरा हुंदैनन् र केही हुन्छन पनि । कागबेनीबाट सोह्र श्राद्ध सकेर जीपमासवार पूर्व गृह मन्त्री एवं मुख्य सचिव माधव घिमिरे लगायत परिवारजन आमा दाजुभाइ र अगँरक्षक समेत मुगंलिन नजिक त्रिशुली नदीमा जीप खस्दा असामयिक निधन भएको र चालक हामफाली बाँच्न सफल भएको घटना पनि याद आयो ।

GyanendraBibas

पावन भूमिमा प्रथम पाइला

भनिन्छ, केही देखी जानिन्छ, केही सुनी जानिन्छ । केही परेर पनि र कति कुरा पढेर पनि जानिन्छ । मैले पनि केही सुनेर जानेको थिएँ हलेसीलाई । केही जानेको थिएँ हलेसीको तस्वीर हेरेर । तर देखेर चाहिँ चिनेको थिइनँ हलेसीलाई ।

अब अहिले सुनेको र देखेको ठाउँमा प्रत्यक्ष आँखाले देख्न र पाइलाले टेक्न पाउँदा मन त्यसै गद्गद् हुन पुगेको थियो । पहाडको प्रसिद्ध तीर्थस्थल हलेसीको पावन भूमिमा मेरो प्रथम पाइला पर्यो ।

हिमालपारि पाँच दिन

हिमालपारिका जिल्ला भनेर हाजिरीजवाफमा सानैदेखि पढिएको हो तर हिमालपारिको ठाउँ कस्तो हुन्छ भन्ने मेरो मनलेपछिसम्म पनि आत्मसात गर्न सकेको थिएन ।

कालीगण्डकी वारि

पोखराबाट हवाईजहाजमा २० मिनेटको यात्रापछि बिहानै जोमसोम विमानस्थल उत्रिँदा मोहनी लगाउने वातावरण र खुलेका हिमालहरूले मन प्रफुल्ल बनायो ।

रेड पान्डा ट्रेलमा घोडचढी

असोजमा त्रिशूली नदीमा दिनभर र्‍याफटिङपछि साँझ कुरिनटारपारि बगरमा क्याम्प फायर गर्दै रमाइरहँदा अनायासै एउटा उटपट्याङ विचार मनमा आएको थियो, त्यस नदीको सिरानमा पुग्ने ।

धेरै माछाहरू

जाजरकोटको रिम्ना पुगेपछि गाडी लैजान मिलेन । सानी भेरी नदीको झोलुंगे पुल तरेर हिँड्न थाल्यौँ सानो ब्याकप्याक बोकेर । खोतारे पुगेपछि जीप पाइयो ।

एक पन्थ दो काज

१) यात्रा हो जिन्दगी साथी, भन्ज्याङ बेसी पहाडको
दृश्य प्रेमिल संसार, मात्रै, नेत्र मुहारको ।
हिड्दा लाग्छ कतै बाटो, ग्राविल छ कतै–कतै
सीमा बन्धनको बाधा, बाँधिएको जता–ततै
(अनुष्टुप्)

नेपालको स्वीजरल्यान्ड

ताजापर्नको लागि कतै घुम्न जाने मन थियो । काठमाण्डौको उकुस मकुस वातावरण्भन्दा फरक हावा पानी भएको ठाउतिर । केही नया अनभूति प्राप्तहोस भनिकन, केही मन मिल्ने साथीहरू मिलेर जाउँ । अन्त त चारजना मन मिल्नेहरू जम्मा भयौ – तेज राई, आनन्द डङगोल, चन्द्र वाङँदेल, र म लामाखले ।

त्यो कून ठाउँहोला जहाँबाट नियाल्दा ज्युरीच को सम्झना होस ? “जिरी”लाई नेपालको स्वीजरल्याण्ड भन्ने गरिदोरहेछ । हाम्रो भ्रमणटोलीमा पनि यो प्रसंग उठयो ।विसेष् त्यो डाँडो पहिल्याउने जिम्मा तेजलाई दिएका थियौँ ।

अफ्रिकाको कम्पाला — नैरोवीका केही महत्वपूर्ण स्थानहरूको यात्रा संस्मरण, (चौथो भाग)

अफ्रिकाकै कुनै मुलुक यस्ता छन् जुन नेपालभन्दा पनि स्तरीय र मननीय पनि छन् यस्ता देशहरूका भ्रमणले आफ्ना देश र यी देशहरूमा के भिन्नता पाइन्छ भनेर तुलना गर्ने र कमीकमजोरी लाइसुधार गर्ने मौकाहरू पनि पाइन्छन् । यसै शिलशिलामा अगस्त १५ तारिक २००९मा तीनजना नेपाली अधिकृतका टोली भ्रमणमा गएको थियो जसको छोटो वर्णन यहाँ दिएको छ ।

१९ तारिख बिहान ६३० बजे नास्ता खाएर विल तिरी गाडी तय गर्न लाग्यौं । एक जना टेक्सीवालाले ८ हजार सिलिङ्गमा जान्छु भनेको रहेछ पछि किन हो अस्वीकार गरे र अर्को एक जना साथीलाई भने उसले प्रवेश शुल्क बाहेक १५ हजारमा कुरा छिनी उसको पनि दाइको गाडीमा पठाउन उसैको टेक्सीमा लगे, एकै छिनमा यन्धन भर्ने केन्द्रमा रोकियो र केहीबेर कुरेपछि डाईभर कम गाईड अर्कै र गाडी उनको दाइको व्यवस्था गरी झण्डै ०९१५ बजे तिरमात्र मसैमारातर्फ लाग्यो ।

अफ्रिकाको कम्पाला — नैरोवीका केही महत्वपूर्ण स्थानहरूको यात्रा संस्मरण, (तेस्रो भाग)

अफ्रिका कै कुनै मुलुक यस्ता छन् जुन नेपालभन्दा पनि स्तरीय र मननीय पनि छन् । यस्ता देशहरूका भ्रमणले आफ्ना देश र यी देशहरूमा के भिन्नता पाइन्छ भनेर तुलना गर्ने र कमीकमजोरी लाइसुधार गर्ने मौकाहरू पनि पाइन्छ । यसै शिलशिलामा अगस्त १५ तारिक २००९मा तीनजना नेपाली अधिकृतका टोली भ्रमणमा गएको थियो रमाइलो मान्दै १६४५ बजेतिर केनिएको सीमाना पुगियो ।

सबै यात्रीहरूलाई ओरालेर समानसहित बस सीमा पारी गयो, हामी बहिर्गमन भिसा लगाउन लामबद्ध भयौं, झण्डै १५.२० मि.को पर्खाई पछि, पासपोर्टमा एक्झिटको छाप लगाएर केनियाको क्षेत्रमा गइयो । यी दुवै देश अंग्रेजी बोल्ने देश भएकोले भाषाको ससमस्या भएन । पहिलेभन्दा अलि बढीको पर्खाई पछि फलामे झ्यालबाट हात छिराएर पासपोर्ट दिइयो।

अफ्रिकाको कम्पाला — नैरोवीका केही महत्वपूर्ण स्थानहरूको यात्रा संस्मरण, (दोस्रो भाग)

सोझा र फराकिलाबाटो हुंदै, कहीं दलदल कही पाखो, कहीं बन, कहीं बस्ती, कहीं फलफूलखेती हुदै रमाइरहेका थियौं, बाटोमा देखिने गाई, गोरुको सिड. पनि अनौठो लाग्दथ्योयो युगाण्डामा । हरिनको जस्तो लामो र घुमेको, रातो गोरु मझौला कदका तर बलिया खाईलाग्दा । प्रशस्त चरण पोसिला घाँस, सफा पानी किन मोटो नहुनु ! करीब १०३० बजे ट्याक्सीले त्यो स्थानमा पुर्यायो । अन्यदेशबाट पनि पर्यटकहरू यहाँ अवलोकन गर्न आउँदा रहेछन् । त्यही मूलबाटोबाट अगाडि गए रुवाण्डा जाईदो रहेछ ।

कावासोतीदेखि दार्जिलिङसम्मको शैक्षिकभ्रमणको अनुभूति तथा विवेचना

परिचय

कावासोती भरखरै नगरपालिका घोषणा भएकोमा खुसीयालीको रमझममा कावासोती कृषि बजारले कृषक, सञ्चालक समिति, कृषि विकास कार्यालय र उद्यमी व्यपारी सबैलाई समेटेर बजार तथा उत्पादनक्षेत्रहरूको अवलोकन गराउने र कुन ठाउँमा बजारको सञ्चालन कसरी भएको छ बजारको अवस्था कस्तो छ र कावासोती कृषि बजारले कावासोतीमा कस्तो व्यवस्थापन गरेर बजारलाई नमुना बजारमा परिणत गर्न सकिन्छ भन्ने उदेश्य अनुरूप, यो शैक्षिक भ्रमणको आयोजना गरिएको थियो ।

भर्जिनिया, म्याग्दी र १९३ औं भानुजयन्ती

दार्जिलिङ र सिक्किम प्रान्तका प्रवासी नेपालीहरू अत्यन्त उत्साह, उमङ्ग र भक्तिभावपूर्वक प्रत्येक वर्ष भानुजयन्ती मनाउँछन् । उनीहरू यसलाई राष्ट्रिय पर्वका रूपमा लिन्छन् । धेरै ठाउँमा उनीहरूले भानुभक्तको प्रतिमा पनि स्थापना गरेका छन् ।

बैङ्कक–कोरिया यात्रा

विश्वको अति व्यस्त विमानस्थलमा गनिने बैङ्कक विमानस्थलमा जुलाई १५ ता. बेलुका ६.१० बजे अमेरिका प्रस्थानको क्रममा म ओर्लिएको थिएँ । राती २ बजे मात्र सिओलका लागि विमान उड्ने भएको हुनाले मैले आठ घण्टा बैङ्कक विमानस्थल कुर्नु पर्ने भयो । सर्वप्रथम मैले कोरियन काउन्टर पत्ता लगाउनु थियो र एकएक गरी सो काउन्टर कहाँ छ भन्ने कुराको जानकारीका लागि प्रयास गरें । प्रयास असफल भएपछि यात्री बस्ने ठाउँमा गएर केही क्षण थकाइ मार्ने प्रयत्न गरें । गोलाकार रूपमा रहेका अनगिन्ती काउन्टरहरू सबैमा कर्मचारी व्यस्त थिए ।

मेरो पर्वतको यात्राको संक्षिप्त एक स्मरण

फागुनको महिना लाग्दा पनि, तराईको ठाउँ, हुस्सुले ढपक्कै ढाकेको थियो । टिनको छानोबाट तप तप शीतका थोपा खसेका थिए । एका विहानै उठेर, भैसीलाई पराल दिने कानम गरें र आगो फुकेर पानी तताउने काम गरें । मेरी श्रीमती पनि उठिन् र खाना बनाउन थालिन् । खाना खाइयो । बाह्र बज्यो तर घाम लागेनन् । करिब एक बजेतिर सूर्य भगवानले आफ्नो अनुहार, हुस्सुलाई चिरेर, देखाउनु भयो । गुन्द्रीमा बसेर घामको न्यानोलाई ग्रहण गरिरहेको बेलामा मोवायलले सङ्गित भर्यो । मोवाइल उठाएँ र कुरा गर्न थालें । फोन पर्वतको ज्ञादी कटुवा चौतारीबाट आएको रहेछ । काम स्वस्थानीको साङ्गे र व्रतवन्धको निम्तो रहेछ । यता गाउँमा पनि स्वस्थानीको साङ्गेको निम्त्यो थियो । म ग्यादी जाने या नजाने दोधारे मन थियो ।