थोराङ्गला पास यात्रा
आठ र बाह्र अङ्कलाई राम्रो दृष्टिले हेर्दैन हाम्रो समाज । कोही जाने मान्छे नगएर र कोही नजाने मान्छे जान कम्मर कसेर हाम्रो यात्रादल आठ सदस्यिय बन्यो । करिब एक महिना अगाडिबाट फेसबुकमा छुट्टै समुह बनाएर सामुहिक रुपमा गफिन थालेका थियौ हामी । टोलि आठ सदस्यिय भएकोमा मन खुम्च्याउनेहरुलाई गंगारामले ब्यंग गर्यो, “मैले त कालो बिरालो घरमा बाँधेर राखि सके । त्यस्लाई मेरो बाटो कटाएर मात्र घरबाट बाहिर निस्कन्छु ।”

धेरै दिनदेखि मुक्तिनाथको दर्शन गर्ने इच्छा थियो । सेवाकै शिलशिलामा जब पोखरा आउने मौका मिल्यो तब त्यो इच्छा पूराहुने संभावना बढेर गयो । घरायसी कारणले सोह्र श्राद्ध रोकिएको थियो । दशैमा घरजाने मौका परेकोले तिहार जान नपाइने जस्तो भयो । एकदिन मनमा विचार आयो कागबेनी गएर पित्री तर्पण गर्न कसो होला ? मनमा उठेका सबै कुराहरू पूरा हुंदैनन् र केही हुन्छन पनि । कागबेनीबाट सोह्र श्राद्ध सकेर जीपमासवार पूर्व गृह मन्त्री एवं मुख्य सचिव माधव घिमिरे लगायत परिवारजन आमा दाजुभाइ र अगँरक्षक समेत मुगंलिन नजिक त्रिशुली नदीमा जीप खस्दा असामयिक निधन भएको र चालक हामफाली बाँच्न सफल भएको घटना पनि याद आयो ।
भनिन्छ, केही देखी जानिन्छ, केही सुनी जानिन्छ । केही परेर पनि र कति कुरा पढेर पनि जानिन्छ । मैले पनि केही सुनेर जानेको थिएँ हलेसीलाई । केही जानेको थिएँ हलेसीको तस्वीर हेरेर । तर देखेर चाहिँ चिनेको थिइनँ हलेसीलाई ।
१) यात्रा हो जिन्दगी साथी, भन्ज्याङ बेसी पहाडको
ताजापर्नको लागि कतै घुम्न जाने मन थियो । काठमाण्डौको उकुस मकुस वातावरण्भन्दा फरक हावा पानी भएको ठाउतिर । केही नया अनभूति प्राप्तहोस भनिकन, केही मन मिल्ने साथीहरू मिलेर जाउँ । अन्त त चारजना मन मिल्नेहरू जम्मा भयौ – तेज राई, आनन्द डङगोल, चन्द्र वाङँदेल, र म लामाखले ।
विश्वको अति व्यस्त विमानस्थलमा गनिने बैङ्कक विमानस्थलमा जुलाई १५ ता. बेलुका ६.१० बजे अमेरिका प्रस्थानको क्रममा म ओर्लिएको थिएँ । राती २ बजे मात्र सिओलका लागि विमान उड्ने भएको हुनाले मैले आठ घण्टा बैङ्कक विमानस्थल कुर्नु पर्ने भयो । सर्वप्रथम मैले कोरियन काउन्टर पत्ता लगाउनु थियो र एकएक गरी सो काउन्टर कहाँ छ भन्ने कुराको जानकारीका लागि प्रयास गरें । प्रयास असफल भएपछि यात्री बस्ने ठाउँमा गएर केही क्षण थकाइ मार्ने प्रयत्न गरें । गोलाकार रूपमा रहेका अनगिन्ती काउन्टरहरू सबैमा कर्मचारी व्यस्त थिए ।