अफ्रिकाको कम्पाला — नैरोवीका केही महत्वपूर्ण स्थानहरूको यात्रा संस्मरण, (चौथो भाग)


अफ्रिकाकै कुनै मुलुक यस्ता छन् जुन नेपालभन्दा पनि स्तरीय र मननीय पनि छन् यस्ता देशहरूका भ्रमणले आफ्ना देश र यी देशहरूमा के भिन्नता पाइन्छ भनेर तुलना गर्ने र कमीकमजोरी लाइसुधार गर्ने मौकाहरू पनि पाइन्छन् । यसै शिलशिलामा अगस्त १५ तारिक २००९मा तीनजना नेपाली अधिकृतका टोली भ्रमणमा गएको थियो जसको छोटो वर्णन यहाँ दिएको छ ।

१९ तारिख बिहान ६३० बजे नास्ता खाएर विल तिरी गाडी तय गर्न लाग्यौं । एक जना टेक्सीवालाले ८ हजार सिलिङ्गमा जान्छु भनेको रहेछ पछि किन हो अस्वीकार गरे र अर्को एक जना साथीलाई भने उसले प्रवेश शुल्क बाहेक १५ हजारमा कुरा छिनी उसको पनि दाइको गाडीमा पठाउन उसैको टेक्सीमा लगे, एकै छिनमा यन्धन भर्ने केन्द्रमा रोकियो र केहीबेर कुरेपछि डाईभर कम गाईड अर्कै र गाडी उनको दाइको व्यवस्था गरी झण्डै ०९१५ बजे तिरमात्र मसैमारातर्फ लाग्यो ।

नैरोवी शहरलाई चिर्दै अगाडि बढदै जाँदा कम्पालाभन्दा ठूलो लाग्ने यो शहरमा कही बाटो मुनिबाट रेलको लिग त कतै क्रस गर्ने स्थानमा, कि बाटो मुनीबाट कि बाटो माथिबाट क्रस हुने जाम खासै नहुने रहेछ । केही समय पछि नै चौडा बाटोको बीचको भागमा पर्खाल लगाएका खुला बाटो भएर गयो । सयभन्दा माथिको रफ्तारमा कुदाइरहेको थियो । डेढ घन्टा जतिको समय पछि मसाई (एक प्रकारको जात)को ठूलो फाँट देखिन थाल्यो त्यहाबाट त्यो ठूलो फाँट अवलोकन गर्न रोकिदो रहेछ यसको नाम नै VIEW POINT रहेछ । बायां साईडमा गाडी रोकियो ।त्यहा क्युरियोका समानहरू राखिएका थिए १/१ जनालाई गाईड जस्ता आएर मसाइको उत्पति र विस्तारबारे एउटा चिल्ला काठमा कुदिएको धर्कोहरूमा बताउन थाले । दुई तीन सय फिट तल देखिने फाटतिर हेर्दै सुन्न थालियो । १० मिनेट जति पछि वर्णन सकियो र आफ्नो टोकरीबाट साना चिल्ला ढुङ्गामा कुदिएका जनाबर, चरा, या नक्साको टुक्राहरू लिएर किन्न अनुरोध गर्न थाले । I am not taking you this much price I am giving you heavy discount. just for this set you give me one thousand and five hundred shilling भन्न थाल्यो । आफू फर्केर आए पछि लिन्छु भनेर गाडीमा गयौं, हामी मध्यकै एक जनासरलाई १७ सयको भीडाई छाडेछ । हामी ओरालो लाग्यौ, केही समय पछि नै तलको फाँटमा पुगियो । आँखाले नभ्याउने फाँट, चउर पहिले कहिल्यै देखिएको थिएन, अर्थात आफू गएका डारफर, लाईबेरिया, भारत वा नेपालमा यस्ता अनन्त चउरका फाँट देखिएन । बीचो बीचमा चिर्दै चौडा सोझा पक्की बाटो, बस्तीहरू पारगर्दै अगाडि लागियो । बाटाका दायाँ बायाँका फराकिला फाँटमा बाख्रा, भेडा तथा गाई गोरुका बथान आनन्दले चलिरहेका देखिन्थे । कही गोठालो देखिन्थे कही दखिदैनथे । कयौं दिन हिड्दा पनि पार गर्न नसकिने हल्का पठारी आकारका फराकिला र लामा फाँट शुरु भएर कहा गएर अन्त्य हुन्छ भन्न सकिदैन ।

हाम्रो यात्रा अघि बढिरहेको थियो, फाँटमा देखिन्थे गहूँका हरिया बाला भएका ठूला ठूला फाँट, हाम्रो हिसावले साउनको महिना धान गोड्ने बेला हो तर यहाँ त माघ फागुन जस्तो सुख्खा छ, र फाँटका फाँट गहूँका हरियाली फाँट कस्तो आश्चर्य ? कतै त मकै नै मकैको खेती भर्खर धानचामर आउन थालेको फाँट पो देखिन थाल्यो । पक्की सडक, कहि कतै अवरोध छैन, १२० को गतिमा कुदाइरहेको छ गाडी । तीन जनाकाआंखा तीनतिर छरिएका छन्, कहा. के छ भनेर, केही न्यानो बातावरण छ किनभने भर्खरै नैरोबीमा पानी परेको र चिसो थियो, तर यो गहिरो होचो फाँटमा त धुलो पो उडिरहेको छ । सुख्खा, कतै कतै केही लामो उकालो, एक पछि लहरै अर्को फाँट गन्नै नसकिने अनुमाननै गर्न नसकिने फाँटहरू पार गर्दै गइरहेका थियौं । आउने गाडीहरू पनि कम थिएन, हाम्रो जस्तो टेक्सी, बस, मिनी बस, १८ /२२ चक्के ट्र्क, फरव्हील भएका मझौला साईजका जंगल सफारिमा हिड्ने लैण्डरोभर आदि को ताती त थिदै थियो । बीच बीचमा प्रहरी जाँच चौकी पनि भेटिन्थे तर हेर्थे छाडी दिन्थे, चौकी आएको पहिल्यै थाहा हुन्थ्यो बाटोमा काठको फलेकमा तीखा फलामे सुईरो ठोकेको अवरोध राखी बाटो साँघुराएको हुन्थ्यो । एउटा गाडीमात्र पास हुन सक्थ्यो । झण्डै तीन घन्टा जतिको यात्रा पछि गाडी एउटा जंक्सनमा रोकियो, एक जना केटा आयो, र केनियन भाषामा के के भन्यो, पछि थाहा भयो, हाम्रो ड्राइभर जोशुवाले भने बाटो कुन जादा राम्रो हुन्छ भनेर सोधेका रहेछन् उनीसँग ।

हाम्रो टेक्सी कतिपय बाटोमा जान समस्या थियो । पानी परेमा पनि समस्या थियो । केटोले भनेकै बाटो गईयो किनभने प्रवेश गर्ने र निस्कने गेट चार पांचवटा छरे । हामी सोध्थ्यौं कति टाढा छ अब ? उसले भन्थ्यो अब धेरै टाढा छैन, आउनै लाग्यो, कच्ची बाटो शुरु भइसकेको थियो, कतै कतै त थर्किन थाल्यो, अनि छेउबाट छलाउन थाल्यो । अब गाडीको रफ्तार पनि ४०/५० को मात्रै हुन थाल्यो । अँझै फाँटमा घरपालुवा पशुहरू नै देखिन्थे, तर केही पर पुगेपछि हरिणका साना साना बथान बख्राका बथानमा चरेका देखिन थाले, अनि पो रमाइलो लाग्न थाल्यो त झन झन ! कतै कतै एक्लै चरेका, आँखाले हेर्न नभ्याउने फाटका फाँट छ । कतै कतै राघेपाटे जेब्रा पनि देखिन थाले तर खुला चउर छ, असमान्य कहीं कतै छैन, सामन्य अवस्थामा घरपालुवा बस्तुहरू आनन्दले चरिरहेका छन्, फाट्फुट् सानासाना झुप्रा घरहरूका बस्ती छन् । यी सबै मसैहरूका बस्ती अरे । हाम्रा तराइका चमार, दुसादकागोठाला जस्ता, काला जातिका मान्छे बाटो बाटोमा भेटिन्छन् । हाम्रा आँखा अँझ टाढा जादो छ कता हो ती जंगली जनावरका बस्ती भनेर ।

करीव १३०० बजेतिर, बल्ल मसाईमारा राष्ट्र्यि संरक्षण केन्द्र MASAI MARA NATIONAL RESERVE, OLOOLAIMUTIA GATE, मा पुगियो । त्यस संरक्षण क्षेत्रमा प्रवेश गर्न हामी विदेशीलाई प्रति व्यक्ति ६० डलर र गाडी को १००० शिलिङ्ग र चालकको २०० शिलिङ्ग तिरेपछि सोही दिनको १९०० बजेसम्म सो क्षेत्रमा जंगली पशुहरू अवलोकन गर्न पाउने अनुमति पाईयो । एउटा फोटो गेटमा खिचेर आधिकारिक जंगली जनावरका राज्यमा प्रवेश गरियो । दुई तीन मिनेटको बाटो जाने बित्तिकै, हरिणको बथान चरिरहेको देखियो, बाटो नजिकै, उसलाई कुनै नौलो लागेन न कुनै प्रभाव नै पर्यो हाम्रो ! यसो हेर्यो, पुन चर्न थाल्यो । पहिलो फोटोको रुपमा कैद गरियो । जादै गर्दा नजिकै अर्को बथान देखियो काला भैसी जस्ता, अलि पर जेब्राका बथान कति रमाइलो यो पशु लोकमा ? सामन्य भिरालो प्रशस्त हरिया घासका चरण, ठांउ ठांउमा पानी, साना पोथ्रे बुट्टा, खुला कति फरक, कति हेक्टर हो कति ? हामी जस्तै रमाउन हिडेका विदेशीका सेता गाडीमाथि हुडमा उभिएर, क्यामेरा, दुरविन, फिट गरेकाहरू पनि जताततै देखिन्थे अर्थात थुप्रै थिए । कयौं लाख फोटो कैद भइसके्कका होलान, यी जनावरका बथानका ।

जादै गर्दा निल गाई पनि देखियो, दुईटा लामा सिड., कैला चिल्ला, नजिकै गाडी गए पनि अलि पर गएर पुन चर्न थाल्ने । हरिणका साना साना पाठा आफ्ना माउसँग पुच्छर हल्लाउदै अघि पछि लाग्दा कस्को मन तानिदैन होला र ? कति चिल्ला, खाईलाग्दा कतिरमाइला, यिनलाई पौष्टिक आहारको के आवश्यक्ता ? कति आन्नदित, यी जनावरहरू कहीं कतै केही कमी छैन पशुका राज्य ! त्यो फाँट तान्जनियाराज्यसम्म फैलिएको छ रे । हाम्रो उपस्थितिदेखी तान्जनिया १९ कि.मी भनेर निर्देशन पनि देखाईको छ । अर्को अफ्रिकन राज्य तान्जनियाको पनि पशुका बास स्थान यही फाँट हो, यो पूरै क्षेत्र त सयौं वर्ग कि.मी होला खुला सीमाना हो यी दुवै देशबीच । अर्नाका बथान पनि रमाएर चरिरहेका थिए, त्यो दिन पानी परेर भर्खर घाम लागेको थियो, कतै बादलले छेकिएको थियो, अलि पर जादै गर्दा हात्ती बस्ने फाँट आयो, बुढो हात्ती सडकका दायां बायां चरेको देखियो, मान्छेका कम्मरसम्म आउने घाँसमा चर्दै गरेका साना छावा पनि साथमा थिए, बच्चा हात्ती तर दारा निस्किसकेका, एक जोडी छावा बाटो मुनी आपसमा सुडले तानातान गरी जिस्किरहेका देखिन्थे, हामीलाई स्वागत वा तमाशा के गरेका हुन थाहा हुन सकेन । यिनीहरू कहिले बाटो माथि पनि जान्थे तर जिस्कदै मानिस फोटो लिन व्यस्त थिए ।

यो फाँट नजिकै केनियाका साना विमान अवतरण गर्ने धावनमार्ग थियो । साना साना जहाज बस्ने उड्ने क्रम पनि जारी नै थियो । तर यी जनावरहरूलाई त्यसको कुनै पर्वाह थिएन, भय थिएन, भय त हामीलाई थियो र त हामीलाई गाडीबाट ओर्लने अनुमति थिएन, गाडीबाटै फोटो खिच्नु पर्थ्यो, यो जनावरका राज्य थियो । उनीहरू देखी हामी डराउनु पर्थ्यो, उसका आफ्ना राज्यमा कसको डर ? बरु मानवले उसका लोकमा हस्तक्ष्ोप गरेर उनीहरूको संस्कार, परंम्परा, आहारामा अवरोध गरेको छ । उनीहरूलाई मानवका उत्सुकता र मनोरजंनका साधन बनाई आम्दनी गर्ने माध्यम बनाएको छ । उनीहरूका इच्छा, र चाहना अनुसारका भोजन प्रकृतिले बनाइदिएको छ । भएका जमिन पुरै समथर छैनन, केही भिरालो, केही ओरालो, उकालो, पाखो घासले भरिएका छन् । लाग्छ प्रकृतिले सोचेर नै यसको निमार्ण गरेको छ । गहिरा खोल्सामा सफा पानी बगिरहेका, कतै कतै साना झांग्गिएका रुखहरू, कतै बाक्ला झाडी कतै, खुल्ला हरिया घाँसका चउर छ कतै, अग्ला बन्से घास कतै हात्ती जस्ता ठूला जनावर चर्न मिल्ने पांच/सात फिटे घास, कतै भने भुई घाँस जहा अर्ना, जेब्रा, हरिण, घोडगधा, निलगाई, मृग, दारी भएका भैसी जस्ता तर (भैसी हैनन ) पशुका बथान चर्न मिल्ने । जेब्रा र हरिण, मृगका बथान अरुपशुका बथानमा मिस्सिएर चरेका देखिन्थे । एउटै बथान पांचसय, हजारका हुन्थे, कोही चर्दै गरेका कोही सुतेका, कोही त उग्राइरहेका, कोही जुधिरहेका, स्वइच्छिक आहारा थियो उनीहरूका । जंगलका राजा सिहं हेर्न जाने भनेर अलि अग्लो भागमा हुईकियौ जताततै गाडी सजिलै जाने धेरै कच्चीबाटाहरू थिदै थिए ।

यो भागमा ठूला ठूला ढुङ्गाहरू पनि थिए । पूरै डाडा घुम्दा पनि सिंह देखिएन, हाम्रो गाईड कम चालक पनि देखाउन उत्सुक हुदै जताततै कुदाइरहेका थिए गाडी । उनले भने ती जेब्राले कता हेर्दै छन जता हेर्छन त्यतै सिहं हुन सक्छ । घुम्दै जादा नजिकै एक जोडी सुतुमुर्ग देखियो लामा लामा खुट्टा, उडन नसक्ने हिड्ने चरा, कतै गिद्धहरू पनि सिनु खाएर मस्तिरहेका देखिन्थे । जताततै जनावरका बथान कति हो कति ! हामी नेपालीहरूले जोग्राफी च्यानलमा हेरेका दुरुस्तै बास्तविक फोटो कपि पो छ त यहाँ त !

एउटा ठूला फाँट डुलेर ओरालिदै थियौं, एउटो कालो ढुङ्गाका ढिस्कमा सिंह जस्तो देखियो, भन्ने बित्तिकै चालकले गाडी हुईक्याएर नजिकै लगे, हामीले भन्यौ नजिकै जादा डर हुन सक्छ, उसले भने डर हुदैन बानी परिसकेको छ केही गर्दैन, उसले भन्यो सिंहीनी हो Female Lion, यो भाग्दैन बानी परेको छ । नभन्दै हामी नजिकै गएर गाडीको शिसा लगाएरै फोटो खिच्यौ. उसले यसो टाउको उठाएर हेरेर फेरि उस्तै गरी राख्यो, यस लोककी (राज्य ) रानी उभन्दा ठूला यो फाँटमा को छ ? उसलाई हेर्न हजारौ विदेशी दैनिक आउछन्, ऊ कतै जानु पर्दैन, उसलाई यकिन छ मानवबाट खतरा छैन, अनि को देखी डराउनु, अरु जनावर त उसका आहारा नै भए । उसका लागि त्यति टाउको उठाएर हामीलाई स्वागत गर्नु पनि काफी हो । उसलाई केही कमी छैन, कुन पशुको मासु, कसरी शिकार गरी, कतिखेर, भोजन गर्ने ? उसको इच्छामा निर्भर छ, कुन भाग मासु खाने वा शिकारमात्र गरेर रगतमात्र पिउने ? उसले खाई नसेको मासु न स्याल गिद्धले पाउने हो, ऊ कोहीसँग निर्भर छैन, स्वतन्त्र छ, भोजन स्वइच्छिक छ, सधै भरी सकालै सकाल, न बाडीको डर न खडेरीको, न रोगले अकाल आउला भन्ने डर तेत्रा पशु कहिले खाई सक्नु ?

हामी केही समय रमिता हेरेर फक्यौं, उसलाई कुनै फरक परेन, हामी उसका आहारा थिएनौ, बरु पाहुना थियौं, यस्ता पाहुना पनि कति आए कति के पर्वाह, के गन्ती उसका दर्शन विना जंगल सफारी अधुरा हुन्थे, उसका संख्या पनि कमै छन्, यो पशुलोकका सम्राट, सम्राज्ञी, उसको लोक अँझै बलियो र सवल छ, अँझै कयौ वर्ष, वा युगसम्म उसको लोकमा परिवर्तन आउदैन किनभने उसको प्रतिद्धन्दी अन्य जनावरजातमा छैन । उसलाई खानाको कमी पनि छैन, कुनै दुख र भोक सहनु पनि पर्दैन ।

प्रकृतिले कति राम्रो ECOSYSTEM मिलाएको छ यो अर्थमा केनिया, तान्जनिया राज्य भाग्यमानी मान्नु पर्छ, कस्तो उपयुक्त संरचाना प्रकृतिको ? उपयुक्त जमिन छ भने, बातावरण, नगर्मी नजाडो न सुख्खा, न दलदल, न सम्ममात्रै न पहाडमात्रै, न पानीमात्र न अग्ला घासंमात्र, न जंगलैमात्र, नखोला कुलेशामात्र ? सबै प्रकारको बाताबरण पाइन्छ, रातो माटो कालोमाटो, घासें फाँट, पानीको कुलो, जनावर लुक्न सक्ने घाँस, सुख्खा ढुङ्गाको चट्टान । समयको अभावले गर्दा अवलोकन समय छोट्याउनु परेको थियो ।

फर्केर आउदै गर्दा बीचमा पर्यटकहरू बस्ने एउटा सानो क्षेत्र आयो क्युरियोका समान, चिया नस्ता पनि पाइने स्थान थियो, जसको नजिकै हिप्पो पोटामस ( बाक्लो छाला, उठेको थुतुनो, पानी र जमिन दुवैमा बस्ने उभयचर) जनावर पनि बस्ने स्थान छ । त्यहाँ जान एउटा काठको पूल हुदै जसको तल पानीको सानो खोलो छ, पुगेर उक्त जनावरको बास स्थानको पनि अवलोन गरियो । त्यो जनावर पनि अचम्मै को छ आहाल बस्ने तर टाउको पनि पानीभित्र लुकाउन सक्ने, भैसी पनि आहाल बस्ने जनावर हो तर टाउको पानीमा डुबाउन सक्दैन, त्यो दहमा गोही र कछुवा पनि सगैं बस्छन रे । हिप्पो पोटामस चर्न बाहिर आउछ, अरुबेला दहमा गई समूहमा डुबेर बसिरहन्छ । हाम्रो टोली केही फोटो खिचेर चउर हुदै क्युरियो पसलमा गईयो, अफ्रिकन संस्कृति र परिवेशसँग मेलखाने महंगा समान भए पनि केही साथीले किने पनि । यस पछि हामी जिराफ जसको घाटी विश्वमा भएका जनावरहरूमा लामो हुन्छ हेर्न गयौं ।

एउटा फाँट हुदै फर्किरहेका थियौ केही समय पछि नै तीनवटा अग्ला र लामा घाटी भएका राघेपाटे जिराफ बाटो माथि घाटी तन्काएर हेर्दै गरेको देखियो, अन्य अवलोकनकर्ताहरूको गाडी पनि नजिकै देखिन्थे । त्यो गाडी पनि नजिकै गएर अडियो । फोटोहरू लियौं, कति अग्लो, हामीलाई पो आश्चर्य लाग्थ्यो, उसलाई केको आश्चर्य, यस्ता कयौं मान्छे देखेको छ, बानी परेको छ फेरि उसकै लोक त हो, हामी नौला उसकालागि, उसले हामीलाई हेर्ने हैन, हामीले उसलाई हेर्ने हो । अन्य जंगली जनावरहरू पनि नजिकै पाखैबिच्छे बथानका बथान चरेका देखिन्थे । गन्ने हो भने भैसी जातका र घोडा जातका जेब्रा बढी होलान् । मसैमारा केन्याको मात्र हैन तान्जिनियाको पनि क्षेत्र हो त्यसैले उताबाट पनि जंगली जनावर हेर्न आउदा रहेछन् । समयले डांडो काट्न लागेको थियो झण्डै १७३० बजे हुन लागेकोले अर्को बाटो निस्कन शुरु गरियो ताकी १९०० बजेसम्म त्यो क्षेत्रबाट बाहिरिनु पर्थ्यो । हेर्दै आउदा निस्कने मूलगेटमा पुगियो, प्रवेशगरेको रिसिट देखाएर हाम्रो टोली बाहिरियो ।

अँध्यारो हुदैं थियो तर हरिण र जेब्रोको बथान भने उसका हाताबाट बाहिर आएर पनि घरपालुवा पशुका बथानमा मिसिएर चरिरहेका देखिन्थे । धेरै किमी बाहिरिदा पनि देखियो यस्ता जंगलीजनावरका बथान मिसिएर चरेका देखिन्थे, एक ठाउँमा त बाह्रसिङ्गे झण्डै हाम्रो गाडीमा ठोकिएको ? तुरुन्तै फर्कियो र बच्यो नत्र केके हुन्थ्यो, तीब्र गतिमा थियो गाडी र मसै क्षेत्रका बीचबाटोमा २१३० बजेतिर डिनर खान, बिहानकै नस्ता खाएकै बजारको एउटा होटलमा बसेर सबैले भेज खाना खायौ । अनि बिहानकै पक्की बाटो पर्कदै गयौ, बिहान अवलोकन गरेको VIEW POINTमा आईपुग्दा सुनसान भइसकेको थियो । २३३० बजेतिर नैरोबी पुगियो, बाटो बाटोमा जोशुवालाई फोन गरेर कहां आई पुग्यो भनेर गाडीमालिकले सोध्दै गर्थे, हामीले भाडा दिएका थिएनौ र राती पनि भइसकेको थियो गाडीमालिक आत्तिनु सोभाविक थियो । हामी कम्पाला बस बुकिङ्ग काउण्टरमा पुग्यौ., काउण्टर खुलै थियो, भोलि पल्ट २० तारिक ०८०० बजे पैसा बुझाउने गरी तीनवटा टिकट बुकिङ्ग गरियो सो बस १०.०० बजे कम्पाला छुट्ने थियो ।

त्यो रात कुनै पनि लजमा बिताउनु थियो, किनभने स्यानंटनसिटी होटलमा बुकिङ्ग गरिएको थिएन । वरपरका लजमा साध्यौ सबै जसो भरिसकेको रहेछ, पुन बिहानकै होटलमा पाइन्छ कि भनेर गयौ, बुकिङ्ग नगराएकोले फूल भएको भनेर खवर आयो, सामुन्नेको अर्को लजमा गयौ त्यहा पनि फूल रहेछ, २४०० बजे भइसकेको थियो, त्यही बेला टेक्सीमालिक आइपुगे, एकै छिनमा जोसँग भाडा तय गरिएको थियो ती पनि आईपुगे, पैसा भनेपछि यति अबेरसम्म पनि नसुतेर आईपुगेका ! यतिकैमा स्यानटनका पालेले आएर माथि बोलाएको छ भने । ती बिहान कै महिला रहिछिन, दुईरुम, तीन वेड व्यस्था भयो । हिजोको जति नै सिलिङ्ग तिरेर समान राख्यौं । टेक्सीवालालाई १५ हजार बुझायौ, खुशी नभए पनि चित्त बुझायो उसले । हामी आराम गर्न गयौ ।

२० तारिख विहान ०८०० बजे बुकिङ्ग काउण्टरमा गएर टिकट लियौं, यो कम्पनीका बस नैरोबी, जुवा( सुडान), किगाली ( रुवाण्डा), अरुसा, दारएसलाम, कम्पाला (युगाण्डा)सम्म जादो रहेछ । अफ्रिकाका कति मुलूकमा बसबाटै यात्रा गर्न सकिने उपयुक्त बसहरू, बाटो, र पद्धतिको विकास भएको छ, सीमामा १ घन्टाभन्दा बढी ल्ँँग्दैन, EXIT / ENTRANCE भिजाछाप लगाउन र त चलेको छ थलमार्ग, शस्तो र खचाखच पनि ।

होटेलमा फर्केर ०९०० बजेतिर ब्रेकफास्ट खायौं त्यो होटलबाट बिदा भएर पुन बस काउण्टर आयौं । बस लागिरहेको रहेछ, कम्पालाकै झै लाममा चेकजाच सकेर बसमा प्रबेश गर्न दियो । यो कम्पाला कोच पनि ठूलो रातो बस थियो, Kampala Coach LTD लेखिएको थियो । केनियाको पाचसय शिलिङ्ग बाकी भएकोले नजिकै केही बस्तु किन्न जादां एउटा पुस्तक पसलमा एउटा पुस्तकमा आँखां How to Stop Worrying And Star Living भन्ने पुस्तक किनेर पुन बसमा आइयो । समयमा नै बस कम्पालाकोलागि प्रस्थान गर्यो । त्यस दिन दिनभरि रमाइला दृश्य हेर्दै बेलुका पहिला बसेकै होटेल काल्टन बस्ने निधो भइसकेको थियो । बिहान १० बजे छुटेको बस बेलुका १० बजे पुग्छ भनिएको थियो । त्यो बस कालिता कोचभन्दा पनि अँझ सजिलो रहेछ, र नैरोबी शहर छोड्दै बस अघि बढ्यो । त्यही बाटो जुन आउदा राती भएको कारण देखिएकोथिएन, चौडा, पक्की सडक, दांया बाया बस्ती, खेती, पशुपालन । प्रशस्त फैलिएको उब्जाऊ भूमि, जताततै मकै नै मकै, छरिएका र रंङ्गिएका बस्ती, केही उठेको पठारी भूभाग, केही स्थानमा मात्र लगाएको मकैबाली कमसल र ओइलाएको देखिन्थ्यो अन्यथा बाली राम्रो र भरिलो देखिन्थ्यो ।

केही पर पुग्दा खेरी गहूँका र जुनेलोको खेती पनि देखियो ।कालो रङ्गको भेडा को बथान अनि आलुका खेती, बाटो बाटोमा हरिया मकै देखिन्थे । आलु र हरिया मकै बस विसौनीहरूमा बेच्न राखिएका थिए । गोलभेण्डा, सख्खरखण्ड, प्याज, पनि बेच्न राखिएका थिए । कतै ठूला ठूला चक्ला प्रणलीका खेती कतै त्यस्तै चउर जम्मै हरिया रमाइला फाँट । कतै अग्ला अग्ला रुख भएका बन त कतै रेलमार्ग सडक मुनीबाट लगेका, बैकल्पिक बाटाहरू सगसगै पाइन्थ्यो । कतै भने निमार्ण हुदै गरेका मूलसडक, जहा बैकल्पिक कच्ची सडक प्रयोग गर्दै हाम्रो यात्र छोटिइरहेको थियो । बाटामा कयौं १८ र २२ चक्के ठूला ट्र्क सामान भरी लिएर गुडेको देखिन्थ्यो भने साना आउने जाने गाडीका सख्या पनि कम थिएन । त्यो बस बीचका स्थानीय बिसौनीहरूमा रोकिदैन थियो तर बाटाछेउका बिसौनीहरूमा यात्रु प्रतिक्षारत देखिन्थे । यी लगाएका बालीहरू पनि एकनासका थिएनन, कतै बाला लागिसकेका गहू थिए भने कतै भर्खर उम्रेका, कतै आलुका ड्याङ्ग त कतै पाक्न लागेका मकै जहिले पनि ताजै पाइने । फरक यति मात्र हो कि नेपालमा बाटो नजिकै, अँझ मिचेर घरबस्ती बनाइन्छ, बाटाका छेउछाउ फोहर गरेर दुर्गन्दिद हुन्छ भने त्यहा त्यस्तो छैन बाटाभन्दा टाढा गाउ बस्ती देखिन्छ । सफारङ्गका छाना भएका एक तले वा भुईतले घरहरू र बस्तीहरू भेटिन्थे । जहा बिसौनी थिए त्यहामात्र मानिस उभिएका देखिन्थे । पशुहरू पनि बाटाका नगिज पाईदैन थे, हाम्रादेशमा त मूल सडकमा पशु बसेर उग्राइरहेका हुन्छन् । त्यति तीब्र गतिमा कुदाउदा समेत एउटा गाडी पनि दुर्घटना भएको देखिएन । आफ्नो गतिमा आउने र जाने भइरहन्थे, अफ्टेरो र कच्ची बाटो आउनासाथ चालकले थाहै नपाउने गरी गति सीमित गरिहाल्थे ।

उखुका पनि फाँट कम थिएनन तर त्यति सप्रेका भने देखिएन । खेत कतै पनि भेटिएनन बरु घैया जस्ता बाली देखिए । जताततै गाडी जान सक्ने पठारी भूभाग प्रकृतिले कसरी मिलाएर दिएको केनियालाई ? यहाँ कमी के छ ? भन्नु पर्दा दुईटा कुरा देखिन्छ । ती हुन् महिलाका कपाल र मानिसका छाला । यदि यिनीहरूले हाम्रा जस्ता कटीसम्म आउने कालाकेस्रे कपाल र गोरोछाला पाउने हो भने र महिलाका बनोट अलिकति मिलाई दिने हो भने विश्वकै नमूनाका रुपमा आउथे होलान् । जमिनको कमी छैन, उब्जाऊ त्यतिकै छ, मानिसलाई अत्यावश्यक पर्ने बाटा ( यातायात), बत्ती, संचार, स्वास्थ्यकेन्द्र, शिक्षाकेन्द्र सबै देखिन्छ र हाल नभई नहुने सुरक्षा व्यवस्था भने मानिसले नै बनाउने हो जुन त्यो देशमा हाल छ । सामान्य जीवनकालागि चाहिने पानी, बनजंगल, अन्न, पशु को त कतिहो कति । त्यसो त खेती गर्ने औजारहरू पनि बिकसित तथा यन्त्रहरूबाटै खेती गरिएको जस्तो देखिन्छ, यन्त्रबाटै गहू काटेको पनि देखिन्थ्यो । मानिसलाई आवश्यक पर्ने गास बास कपास( आधारभुत कुरा) भए पछि आपसमा झगडा र मारकाट हुने पनि कुरा भएन त्यसैले पनि शान्ति भएको होला त्यहाँ । अति रमाइला बस्ती, पेशा र परम्पराहरको अवलोन गर्दै १६०० बजेतिर Eldoret City भन्ने शहरको मुबारक केफ्टेरिया अगाडि हाम्रो बस जम्मा २० मिनेटकालागि रोकियो । सबै जना ओर्लिएर फ्रेस भईयो नजिकैको एउटा होटलमा । धेरै जसो चिया नास्ता खान व्यस्त भए, हामी चिया खान बस्यौं । यो शहर पनि ठूलो रहेछ, थुप्रै पक्की भवनहरू जताततै पक्की सडक, यो पनि यहाँको कुनै जिल्ला होला सोधिएन । समयमै बस गुड्यो, १८०० बजे Bungoma शहर हुदै गयो, मौसम पनि खराब थियो, हल्का पानी परेको थियो उखुका गाडी आउने क्रम र एक दूईओटा ट्याक्टरको टेलर पल्टिएको पनि भेटियो, सांझ हुदै थियो । खानेले मोफतका उख निकालेर खाइरहेका थिए, केही छाता ओडेर ओहर दोहर गर्थे भने कोही आफ्ना उखुका रेखदेख गरिरहेका थिए ।

१९३० बजे बल्ल बसियाभन्ने युगाण्डाको सीमामा पुगियो, एक घन्टामा केनियाको EXIT र युगाण्डाको ENTRY छाप लगाउने काम सकेर युगाण्डा प्रवेश गरियो । बस छुट्दा करीव २०३० बजि सेको थियो, अनुमान गरियो नैरोवीको बुकिङ्गकाउण्टरमा भनेको कुरा झुटा हुने भयो, राती १०.०० बजे पुग्छ भनेको बस त्यो समयमा त बसिया सीमामा पो छ । बस गुड्यो अन्धेरो थियो बाहिर केही देखिदैन थियो तर त्यो बाटो आउदा हेरिसकेका थियौं । २३३० बजे बल्ल कम्पाला पुगियो, अर्थात झण्डै अर्को दिन हुन लागिसकेको थियो बसपार्कबाट टेक्सी लिएर सैण्डल सीटी पुग्दा । पहिला जति नै डलर तिरेर पहिलेकै कोठमा बस्न भनियो, अनि अरु नेपालीहरू पनि आएका रहेछन, नाम हेर्दा न्यालाका माधव खत्री, आनन्द मराठा, अल्फासेरबाट सानुराम भट्टराई गएका रहेछन् । हामीले भन्यौ हाम्रै साथी हो । त्यो होटेल नेपालीका साझा हुन लाग्यो, सबैले त्यसैलाई रेफर गर्छन्, र घुम्न जाने त्यही गएर बस्छन हामी समेत तीन चार समूह बसिसकेको थियो त्यसमा । भाग्यमा भए अँझ कति नेपाली जान्छन्, उसको आम्दानी पनि राम्रै हुने भयो । हामी आएको थाहा पाएर ती नया साथीहरू केही जानाकारी लिन आए हामीले केही जानाकारी दियौ पनि उनीहरूको बिहान ०७०० बजेको बस रहेछ हामी राती १२ बजे आएकाले बिहान उठ्ता उनीहरू गइसकेका रहेछन् ।

पहिलो भाग – https://www.majheri.com/node/15105
दोस्रो भाग – https://www.majheri.com/node/15208
तेस्रो भाग – https://www.majheri.com/node/15395

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *