Skip to content

निबन्ध

अविस्मरणीय पश्चिम यात्रा

फरक परिवेशमा मनमा अनेक कुतूहलता लिएर यात्रा गर्दाको मज्जा बेग्लै हुन्छ । जीवन सोचे झै छैन र त सोचे जस्तै बनाउन प्रयासरत रहन्छ मान्छे ।

Read More »अविस्मरणीय पश्चिम यात्रा
proscar

सप्तरीको आलोकमा साहित्य सन्ध्या

  • by

राजधानीमा साहित्य सन्ध्याको तीन सय ९८औँ शृंखला चलाइरहँदा यसको उमेरले ३६ वसन्त पार गरिसकेको छ । साहित्य सन्ध्याको प्रस्थान विन्दु अर्थात् यसको जरो कीलोको स्मरण यस आलेखमा गर्ने प्रयास गरेको छु ।

Read More »सप्तरीको आलोकमा साहित्य सन्ध्या

राजविराज बसाइका थरीथरीका अनुभव

  • by

(क) सप्तरीमा पनि आफ्नो साहित्यिक–सांस्कृतिक परम्परा थियो । त्यस परम्परालाई स्थानीय स्कुल तथा कलेजका शिक्षक–प्राध्यापक तथा विद्यार्थीहरूले अघि बढाउँदै आएका थिए । पञ्चायती शासन आरम्भ भएपछि त्यसमा गतिशीलता आएको र त्यहाँ खासखास अवसरमा साहित्यिक–सांस्कृतिक कार्यक्रम हुँदै आएको कुरा मैले त्यहाँ गएर बस्न थालेपछि थाहा पाएको थिएँ ।

Read More »राजविराज बसाइका थरीथरीका अनुभव

घरायसी कामकाज

  • by
NandaLalAcharya-09


गाउँघरमा लुम्रे नामले चिनिएको ऊ कमलो मनको छ । भरदिन सहरमा पसिना बेच्छ । दिन सिद्धिनासाथ घर फर्कन्छ । पत्नीले दिएको रुखोसुखो खान्छ । विस्तरामा पल्टन्छ ।

Read More »घरायसी कामकाज

सुन्दर नगरी पोखरा

  • by
GopalKhanal


सुन्दरको अर्थ राम्रो, आकर्षक, मनोरम, बेस वा उत्तम हुन्छ । नगरीले सानो सहरलाई सङ्केत गर्छ । सुन्दर, शान्त विशाल नेपालका थुप्रै सुन्दर परिवेशहरू मध्ये पोखरा पनि एक हो ।

Read More »सुन्दर नगरी पोखरा

लीलाध्वज थापाः एक शब्दचित्र

२०३१ सालको कुरा । थिएँ म मदनपुरस्कार पुस्तकालय, जगदम्बा टाइप फाउन्ड्री र मदनपुरस्कार गुठीको सेरोफेरोमा ।

जगदम्बा प्रेसमा काम गर्नु पर्ने । प्रूप पढ्थेँ । दिउसो एक बजे ठिक्क चिया खाने छुट्टी हुन्थ्यो । त्यही बेला पारेर लीलाध्वज थापा आउनु हुन्थ्यो । उहाँ जगेडाको कर्मचारी । के कारणले जगेडामा पर्नु भो भन्नु हुन्नथ्यो । हरिहरभवनमा हाजिर गरेर नित्य आउनु हुन्थ्यो चिया खाने बेला पारेर । मेरै टेबुलको अर्को कुर्सीमा बस्नु हुन्थ्यो । हाम्रा कुरा चल्थे ।

नेपाली राजनीति र छताछुल्ल हामी

चुनावी शिलशिलामा मान्य नेताहरूज्यू भोट माग्दै माग्दै गाउँ गाउँ टोल टोल हिड्न थाल्नुभएछ । उहाका कार्यकर्ताहरू अघि-अघि पछि-पछि, यो गर्छौं त्यो गर्छौं, हामीलाई भोट दिएर जिताउनुस, सबैको दुख को निवारण गर्छौ भन्दै नारा लाउदै घर घर हिड्दै रहेछ्न ।

त्यसैमध्येका एकजना नेता पनि आफ्ना कार्यकर्ताहरुका जत्थाकासाथ जनताकै उत्थानका लागि देशैको लागि मैले जेल नेल खाएर गरीब दुखी असहायहरुको लडिरहेको छु कृपया हाम्रो पार्टीलाई यानेकि मलाई भोट दिएर जिताउनुस भन्दै घर घर दैलो दैलो हिडिरहेका रहेछ्न ।

कस्तो अचम्म !

केही वर्षअघि कुनै एक दिनको कुरा हो । बेलुकाबेलुका हुँदै थियो । म घरमा बाहिर खाटमा एउटा कुनै किताब पढेर बसिरहेको थिएँ । यसै बेला एक जना अपरिचित व्यक्ति घरमा आउनु भो र मलाई नै सोध्नुभो—
“होम सुवेदीको घर यही हो ?”
“हजुर हो हो यही हो । भन्नुहोस् । किन होला ?”
“किन नि, अब खाएपछि तिर्न जानेको छैन । हामीले पनि व्यवसाय गर्नुपर्छ । कसरी चलाउनु यसरी चारचार महिनासम्म उधारो खाएको पैसा नतिरेपछि ?”

पर्वतको यात्रा एक विवेचना

पर्वत म जन्मेको र हुर्केको जिल्ला भएकोले पर्वत जानु आउनु मेरो लागि कुनै नौलो थिएन र होइन पनि । यसपटक पनि मलाई पर्वत जानुपर्यो । एकातिर कोरोनाको महामारीले गर्दा घर छाडेर हिड्नु त्यति सहज थिएन तापनि हाम्रा चाडपर्व, धर्मकर्म आदिको कारणले गर्दा बाध्यतानै परेपछि कार्तिकको २५ गते यात्रा तय गरियो ।

YamnathPaudel

राजविराज : मेरो सम्झनामा

जीवन एक यात्रा हो, कर्मशील मानवले कर्तव्य पुरा गर्न यात्रालाई निरन्तरता दिनै पर्छ । यात्रा विनाको जीवन खल्लो तथा निरस हुन्छ । जीवनमा मैले धेरै यात्रा गरेको छु । २०५० देखि २०६५सम्मको मेरो जीवनको यात्राक्रम हालको २ नम्बर प्रदेशमा पर्ने सगरमाथा अञ्चलको सदरमुकाम सप्तरी जिल्लामा भएको थियो । १५ वर्षदेखि गरेको यात्राका केही स्मरणहरू मेरो जीवनका अभिन्न अंग बने ।

हण्डर र ठक्कर

  • by
NandaLalAcharya-09

हामी हण्डर र ठक्कर खाएर चिउरा भइसक्यौँ । तिमी भने दिनानुदिन टुसाउँछौ । हामी अँझ चाम्रँदै होचिन्छौँ । तिमी भने उम्रेर झ्यागिन्छौ । तिम्रो बुद्धि पलाइरहेझैं छ । हाम्रो शुद्धि हराइरहेझैं छ ।

Read More »हण्डर र ठक्कर

‘लोग्ने’भन्दा ‘लोग्नेमान्छे’ गजब

भन्नु होला ‘लोग्ने’ र ‘लोग्नेमान्छे’ उस्तै हो तर होइन । ‘लोग्ने’ भनेको स्वास्नीको पोइ र ‘लोग्नेमान्छे’ भनेको आमाबुवाको छोरो हो । जबसम्म छोरो भइन्छ तबसम्म ‘लोग्ने’ भइँदैन । जब ‘लोग्ने’ भइन्छ तब छोरो रहिन्दैन ।

‘लोग्नेमान्छे’ शब्द ‘लोग्ने’ र ‘मान्छे’ अलग–अलग शब्द संयोजन भएर बनेको समस्त शब्द हो । बिहेअघि पुरुषलाई दिइने यो शब्द बिहेपछि सम्बन्ध विच्छेद गरी ‘लोग्ने’ र ‘मान्छे’ अलग–अलग बन्न पुग्छन् । ‘मान्छे’ भन्ने शब्द अर्थसहित पोइल जान्छ र ‘लोग्ने’ शब्दले मात्र आफ्नो स्थान समाउँछ ।

पसिनाको रङ

श्रममा खुलेको मृदुल सरगम सुनिरहेछु । कलकल बगिरहेछ जीवन, छलछल चलिरहेछ जीवन । कलकल बगिरहेको जीवन पिइरहेछु । मस्त उमङ्गमा जिइरहेछु । दुःखका विद्रुप छायाँहरुले बिदा लिँदा छन् । जीवन मोहनिन्दार देखिँदो रहेछ । पसिनाले लथपथ छु र पनि सुखी छु । विहानीको पाँच बजेदेखि बेलुकीको आठ बजेसम्म श्रमरत छु, हाडगोडा मिहेनत गरिरहेछु र पनि सन्टुष्ट छु । पाँच बजे घरबाट निस्केको मान्छे आठबजे घर फर्किँदा पसिनाले लथपथ हुन्छु । पसिनाले शरीर भिज्छ, लुगा भिज्छ गर्मीमा प्रत्येक रात नुहाउँछु । एक ताजगीमा विश्राम गर्छु । पुनः सवेरै उठेर कर्मपथमा डट्छु । मेरो शरीरबाट कतिमाना पसिना बग्यो होला ? अनुमान लगाउन सक्तिन । तर पसिनाले एक मस्ति दिइरहेछ ।

स्त्री

एउटा पुरानो सबैजनाले सुन्नु भएको कथा आज पुन: म हजुरहरुलाइ दोहोर्याउन गहिरहेको छु ।
एउटा शहरमा एकजना बूढो मान्छेको मृत्यु भएर सबैजना लाशलाइ लिएर सतगतका हेतु घाट तर्फ लादै थिए विच बाटैमा एकजना अपरिचित मान्छे अगि अगि हिड्न थाल्यो र एक्कासि मृत्युवरण गरेको मानिसको खुट्टा समातेर भन्नलाग्यो कि मर्ने मान्छे सङ्ग मैले दशलाख रुपैया लिनु थियो जब सम्म मैले पाउने पैसा म फिर्ता पाउदिन म लाशलाइ एक कदम अगाडि लान दिन्न।

अनाम पाठशालामा एकदिन

अप्रिय सानु,

तिमीले तिम्रो शैक्षिक विगतका बारेमा जान्न चाहेका रहेछौ । ढिलै भए आज लामो समयपछि तिमीलाई तिम्रो शैक्षिक विगतले आकर्षित गरेछ । खुसी लाग्यो । तिम्रा शैक्षिक विगतका बारेमा सम्पूर्ण कुरो त म पनि जान्दिनँ तर पनि स्मृतिको धमिलो चित्रमा अवशेषका रुपमा बाँकिरहेका केही भग्न इतिहासबाट सम्भव भएसम्मका विगत टिपेर पठाउँदै छु । तिमीलाई काम लागे प्रयास सफल भएको मान्नेछु ।

रामराज्यमा सीता

एकजना नेताजी नारी सभामा कस्सिई कस्सिई भाषण गरेको सुनेँ– “नारी जाति उठ्नुपर्छ । नारी जाति जुटनुपर्छ । यो देशमा रामराज्य ल्याउनुपर्छ । अबको समाज नारीको निम्ति रामराज्य बन्नुपर्छ । नारीहरुले कति उत्पिडन सहेर बस्ने ? नारी जातिले कहिलेसम्म अपमान र अवहेलना सहने ? अब नारीहरू साँच्चै जाग्नुपर्छ र समस्त महिलाको रामराज्य स्थापना गर्नुपर्छ ।” मैले उनका एकध भाषण अन्य सभा समारोहमा पनि सुन्ने मौका पाएको छु । उनी यस समाजका एक राजनीतिक प्राणी हुन । सबैले उनलाई एक प्रबुद्ध अध्ययनशील व्यक्तिको श्रेणीमा राख्दछन् । कतिले त उनलाई सुझबुझपूर्ण व्यक्तिको रुपमा भारी प्रंशसा पनि गर्दछन् ।

RoshanYadav

प्रेम

आजको परिवेश भिन्न छ । म यो बन्द कोठामा एउटा कुनामा सिरक ओडेर भित्ताको सहारामा छु । के गर्नु र सहारा दिने अरु कोही भएन । बत्तीले आफ्नो उज्यालो दिने काम गरिरहेको छ । लक्ष्मीनगर, यो सुनसान वातावरणमा कयौं रात यही भित्ता, बत्ती र टेबलमा रहेकी उनीसँग भलाकुसारी गरेर बिताएको छु । ऊ सदैव मेरो साथको लागि लडिरहेकी हुन्छे, ऊ मेरे छेउमा आउँछे र मलाई सान्त्वना दिन्छे । निदाउन नसकेको देखेर होला ऊ पनि चिन्तित छे । किनकि भोलि उसलाई धेरै कुराहरू बुझाउनु छ मलाई ।

एकपल्ट हारेँ तर जित्छु

प्यारा नानीबाबुहरू !

यस वर्षे भेलमा न्यानो अभिवादन ।

प्यारा नानीबाबुहरू ! अरू कुरा जोड्नु अघि तलको माँ दिव्या अर्थात् आश्माजीका गीतिशब्द गुनगुनाउँदै कलम दगुराएँ है त !

फूल किन फुल्छ बाबै फूल किन फुल्छ
थाहा नै छ उसलाई भरे मर्नुपर्छ ।

कट्फर जिन्दगी

तासमा मात्र होइन, जिन्दगीमा पनि हुने रै’छ –कट्फर ।

‘खानका लागि बाँच्ने कि बाँच्नका लागि खाने ?’ वहुधा मानिसहरू अल्झने भनेको यसैमा हो । आफ्नो जीवन कुन र कस्तो शैलीमा बाँच्ने भन्ने छुट सबैलाई हुन्छ । मानिस बन्धनमा होइन स्वतन्त्र भएर जिन्दगी जिउन चाहन्छ । सफा नीलाकाशमा स्वच्छन्द वेग हान्दै उड्ने चरी पंक्षीजस्तै हुने रहर उमेरमा जसकसैको हुन्छ । तर जब उमेरका सरहद नाघेर मानिस बुढ्यौलीका फालकमा आइपुग्छन् अनि उसलाई जीवनको माने मतलव थाहा हुँदो रहेछ । उमेरमा अल्छी र बुढेसकालमा जाँगरिला मानिसहरू धेरै देखिन्छन् । सायद् तिनीहरूले भोगेर सिकेको हुनुपर्छ ।

फेसबुक पूराण

त्वमेव लमी च प्रेमीप्रेमिका त्वमेव, त्वमेव साथीश्च सर्वस्व त्वमेव
त्वमेव डबली बिज्ञापनं त्वमेव, त्वमेव सर्व म फेसबुक देवदेव

प्राचीन हिन्दू पूराणभन्दा बिल्कुलै भिन्न कलियुगे फेसबुक पूराणको महिमा माथिको मन्त्ररुपी स्तुतिले स्पष्ट पार्दछ । हामी एकछिन आँखा बन्द मनन गरौं त, यदि यो ब्रह्माण्डबाट सूर्य आकस्मत गायब भए के होला? पक्कै पनि जतासुकै अन्धकार हुन्थ्यो । बनस्पति जगत क्लोरोफिल बनाउन नपाएर नाश हुन्थ्यो ।