Skip to content

निबन्ध

फेसबुक पूराण

त्वमेव लमी च प्रेमीप्रेमिका त्वमेव, त्वमेव साथीश्च सर्वस्व त्वमेव
त्वमेव डबली बिज्ञापनं त्वमेव, त्वमेव सर्व म फेसबुक देवदेव

प्राचीन हिन्दू पूराणभन्दा बिल्कुलै भिन्न कलियुगे फेसबुक पूराणको महिमा माथिको मन्त्ररुपी स्तुतिले स्पष्ट पार्दछ । हामी एकछिन आँखा बन्द मनन गरौं त, यदि यो ब्रह्माण्डबाट सूर्य आकस्मत गायब भए के होला? पक्कै पनि जतासुकै अन्धकार हुन्थ्यो । बनस्पति जगत क्लोरोफिल बनाउन नपाएर नाश हुन्थ्यो ।

सुन्दर

“तपाई सुन्दर वस्तु केलाई ठान्नुहुन्छ ?”

संसारमा सुन्दर वस्तुहरुको निसर्गलाई सबैले मन पराउँछन् । सुन्दरतापट्टि द्रष्टाका लोचनहरू एकाकार हुँनुलाई स्वभाविक मानिन्छ । राम्रो, सौँम्य, सरस, मञ्जुल जुनसुकै सजीव वा निर्जीव वस्तु नै किन नहुन् ? तीहरुउपर हामी प्रेममय भाव मात्र ब्याक्त गर्दैनौँ, फर्किएर कौतुक दृष्टि पनि लगाउँछौँ । यो हामी मानिसको सजीवता हो । यति नहुँदो हो त फूल प्रजातिको लालीगुराश होस् या सुनाखरी त्यति धेरै अभिरता बोकेर मानव दृष्टिको बुभुक्षाको कवलमा रमाउँन्नथ्यो कि !

कोबिड-१९ अनि मेरो लकडाउन

कोरोना भाइरस वा कोबिड-१९ नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन,तर हालसालै यो भाइरसले बिश्वमा महामारीको रुप लिइसकेको छ ।सन् २०१९ को डिसेम्बरमा यो भाइरसको संक्रमण भएका बिरामी चीनको उहानमा पहिलोपटक देखिएका थिए। यसपछि तीव्र रुपमा यसको संक्रमण फैलँदै आएको छ।यस भाइरसले मुख्य:त मानिसमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास सम्म गराउन सक्दछ।

मेरा गुरुहरु

प्रिय गुरुबर,
नमस्कार !

म शिबपुरीको बेशीमा लुकेको सहरको परदेशीको तर्फबाट । र मैले आज करिब एक दशक पछि बिहानै एक्कासि ४२0 भोल्टको लकडाउनले मुटु हल्लाए पछि दिमागमा यो माला बनाउदै छु । र यो माला लाउन योग्य ठहर्छ ठहर्दैन ! यहाँहरुले नै मूल्यांकन गरी लाउनु होला ।

रचनाका भरियाहरु

कुनै पनि कुरा नभोगी राम्रो जानिन्न रहेछ । चालिस वर्षअघि जब म पति भएँ अनि मात्र पतिका बारेमा राम्रोसँग बुझ्न थालें । त्यो बेलादेखि नै पतिहरुको कायाकैरन लेखूँला भनेको बल्ल आज मात्र पतिहरुका चरित्रहरू पतिका अघि बिस्कुल लागेर आए भनेपछि पतिकैरन बुझ्न कति लाग्दोरहेछ आफैं बुझ्न सक्नुहुन्छ । सबै पतिको त कसले सकोस् वर्णनको गथासो पुरान हाल्न केही म जस्ता पतिको भने अब म थालें कायाकैरन उतार्न । पतिहरुका प्रकार अनेक रहेछन् ।

अदृश्यरूपमा आउने आक्रमणकारीलाई रोक्ने उपाय ः प्राणायाम

दोहोरो परेकोले हटाउन सकिएन । कृपया,हटाछुर्इ िदनु हुन विनम्र अनुराेध गर्दछु । अस्तु

देश बिकासमा विद्यार्थीको भूमिका

देश बिकासमा विद्यार्थीको भुमिका भन्ने शिर्षकमा चर्चा गर्नु भन्दा पहिला,हामिले बुझ्नु पर्छ कि देश र विद्यार्थी भनेका के हुन्?यिनिहरु बिच कस्तो सम्बन्ध छ?देश(राष्ट्र वा मुलुक) भनेको राजनितिक भुगोल अथवा अन्तरास्ट्रिय राजनिती अनुसार निश्चित सिमारेखा भित्रको भौगोलिक भुभाग हो। देशलाई कुनै व्यक्ति जन्मेको, बसोबास गरेको वा नागरिकता पाएको जमिन पनि भनिन्छ।त्यस्तै विद्यार्थी (शिष्य) भनेको ज्ञान आर्जन गर्ने ब्यक्ति हुन्।यिनिहरु मा स्कुले बालक देखि कलेजमा पढ्ने युवा सबै समेटिन्छन् र घरमै स्व अध्यन गर्ने ब्यक्तीलाई नि विद्यार्थी भन्न सकिन्छ।

पोखरी डिलको बोट

तराई-मधेशतिर अचेल पोखरीमा यसरी पौडी खेलेको दृश्य विरलै देख्न पाइन्छ । मानवजन्य क्रियाकलापले जल पनि प्रदूषणमुक्त रहेन । फेरि अव्यवस्थित गाउँबाट सहरतिर बसाई सर्नेहरूको लर्को वर्षौदेखि जारी छ । गाउँघरमा गरीबी व्याप्त छ । महँगाई ढाड सेक्नेगरी बढ्यैको बढ्यै छ । महँगीको मारले गाउँघरका भूमिहीन र ज्यालामजदूरी गर्नेहरूले जुँगाको रेखी नबस्दै आफूसँगै आफ्ना नाबालक सन्तानलाई लिएर भारतको दिल्ली, बम्बै, पंजाब, कश्मीर सस्तो मजदूरी गर्न हानिनु एउटा परम्परा बस्यो । अनि साना बालकहरूले आफ्ना बालसखा पाउनै छाडे ।

पाँच दिने हाइकुको महाकुम्भ

नेपालमा गाणतन्त्र नामक तत्व प्रभुहरुको आशीर्वादमा झिकाइएपछि धेरैलाई मुख्य राजा उपराजा सहायक राजा हुने मौका मिलेको हो । यस्तैमा म एक नगरपिताको सपनाका बारेमा केही सुनाउन लागिरहेको छु । आज्ञा भए सुनाउँछु । जो आज्ञा ।
अँ यता गाणतन्त्र आएपछिको नेशै भरि नगर भए अनि नगरपिता पनि । सबै नगरपिताहरूले गरिखाइरहनु भएकै छ । म यस्तै एक नागरका पिताको कैरनमा छु ।

विचारा मजदुर, निष्ठुरी ट्रेड यूनियन

  • by

ट्रेड यूनियन नेताहरु त्यस घरका अभिभावक हुन भने मजदुरहरु परिवारका सदस्यहरु हुन । महामारीको जोखिमबाट निम्त्याएको सास्तीबाट मजदुरहरु बिचलित हुँदा अभिभावकले परिवारका सदस्यहरुको संरक्षण गर्नु पर्ने हो । मजदुरहरुको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा उनीहरुको स्वास्थ्य, सुरक्षाका विभिन्न निकायहरुसंग समन्वयात्क भुमिका निर्वाह गर्नु पर्ने हो ।

आमा

गएको जहाँ भए पनि फर्किएर आउँदा आँगन नपुग्दै बोलाइने पहिलो मान्छे आमा । थकानमा आमा आराममा आमा, हारजीत, सुख–दुःख, हाँसो-रोदन, पीडा–शान्ति अनि जीवनको हरेक पाटोमा आमा ज्वोरोले आलस–तालस भएर लडेको बेला पानी पट्टि बोकेर छेउमा बस्थिन आमा । सायद आमाले पानी पट्टी निचोर्दा ज्वोरो पानी भएर चुहिन्थ्यो क्यार हट्थ्यो ज्वोरो अनि सञ्चो हुन्थ्यो शरीर ।

‘लकडाउन’ बन्दको मानसिकता !

  • by

आफ्नो घर अगाडिको बाटो छेकेर आफू चाहिं दिनभरि सात गाउँ डुलेर अन्तको हालखबर ल्याएर साँझ घर छेउकै पसलमा बसेर यहाँ यस्तो भएछ, त्यहाँ उस्तो भएछ भनेर गफ दिएकै भरमा आफू सुरक्षित महशुष गर्नु कतिको बुद्धिमानी होला ।

साँझको समय कोठा अगाडिको बाटो हल्लाखल्ला सुनियो । के भएछ भनेर बाहिर निस्किएँ । टोलका युवाहरू भेला भएर कोही बाँस ओसार्दै थिए, कोही बाटो साना साना खाल्डा बनाउँदै थिए । एकछिन त्यही बसेर हेरिरहें ।

भर्नाको लफडो आएको छ

छोरीको दाँत उम्रनु कता हो कता घरमा देउसी भैलो खेल्नेहरुको जस्तै लावालस्कर लाग्न थाल्यो छोरी माग्नेहरुको । उहिलेको बेलामा भए ता बिहेकै लागि केटी माग्नेहरु आएका भन्न सकिन्थ्यो होला तर अहिले यसरी मेरी छोरी माग्न आउनेहरु आफ्नो बालक वा जवान छोराका लागि बुहारी माग्न आएका भने थिएनन् । अलिक जमाना फेरिएको छ । तर पनि भान हुन्थ्यो यी सबै कन्यार्थी वरहरुका आफन्त नै हुन् । एउटा टोली घरबाट निस्कन पाएको छैन, अर्काे टोली थपक्क घरमा आइपुग्छ, अर्काे निस्कन पाएको छैन, अर्काे लगत्तै आइपुग्छ । कस्तो कचेडा हो यो, अनि कस्तो घनचक्करको लफडा हो यो !

धन्यवाद कुमारजी

माघ २५ गते दिउसो बार बजेतिरको कुरा हो । एक साहित्यिक मार्यक्रममा थिएँ अचानक मोबाइलको रिङ्ग बज्यो । मैले सेभ नगरेको नम्बर रहेछ । अनि नाम देखिएन । यसैले मैले टेलिफोन उठाएँ र बोले-” हजुर !”
उताबाट केही आवाज ता आयो तर कार्यक्रममा अलिक कडा माइक बजेकोले सुनिएन । फेरि सोधें मैले- “को हो थाहा पाउन सकिनँ । एकै छिन पख्नु है ।” यति भनेर म अलिक आवाज कम आउने ठाउँमा गएर साेधें- “को बाेल्नु भो ?”
“म कुमार सि‌खडा सर ।” उताबाट आएको आवाज अहिले स्पष्ट सुने‌ं र बुझें पनि ।
“लाै, कसरी नि कताबाट तपाइँ ?”

हातेमालो केन्द्रद्वारा सञ्चालित दिवा सेवाका बालबालिकाहरूको एक चिनारी

काठमाडौं, बुढानीलकण्ठ, पासिकोट क्षेत्रमा बौद्धिक अपाङ्गता भएका वालबालिकाहरू घरमै कोचिएर बस्ने बाध्यतालाई मध्यनजर गरेर यस केन्द्रले स्थापनाकाल देखि नै केही गर्ने मनसाय राखेको यहाँहरुलाई स्मरण गराउन चाहञ्छु । केन्द्रले निम्न आर्थिक अवस्था, यातायातको असुबिधा, अभिभावकबाट आफ्नो बालबालिकाको समस्या पहिचान गर्न नसकेको अवस्था आदिको कारणले गर्दा यस ठाउँमा नै दिवा सेवा सञ्चालन गर्नु पर्ने बाध्यता भएको छ । सामान्य बालबालिका हुर्के, बढेपछि आफै खाने, एक्लै वा समूहगतरुपमा विद्यालय जाने आउने तथा आफ्नो सुरक्षा आफै गर्न सक्छन् भने उल्टो यस्ता बालबालिकाहरुको सम्पूर्ण रेखदेख व्यवस्था गर्नु पर्ने हुनाले यो कदम चाल

एउटा त्यो मिठो पल

क्षितिजपारि बिलिन भएर पृथ्वीको गर्भभित्र पस्न लागेको सन्ध्याको सूर्यदेवलाई आफ्नो नजर अर्पण गर्दै ऊ आफ्नो बिगतको जीवन यात्रालाई दृष्टिपात गर्दै छ एक दर्शकले चलचित्र हेरे झैं । उसका हृदयका पानाहरुमा बिस्तारै बिस्तारै अतितका घटनाहरू कोरिँदै जान थाले ।

एक दिन आफ्नो सधैं घुमिरहने बगैंचामा एक युवती अर्थात् विद्यार्थीमाथि उसको नजरको वर्षा भयो । अनि छिनभरमै मानसपटलमा हलचल ल्याइदियो, अनि त कहाँ भेटुँ कहाँ देखूँ त्यो मनमा उर्लेर आएका भावनाहरुलाई कसरी पोखुँ जस्तो हुन थाल्यो ।

सिर्जनानगरको ऐतिहासिक यात्रा र अक्षरले जुराएको मित्रता

बोझिलो, निरसिलो, विरक्तिएको समयमा पीडाको पहाड बोकेर जीवनगति हाँक्दै गर्दा यात्राका क्रममा यिनै अक्षरहरूलाई साथी बनाएर मनका भावनाहरू शब्दको माध्यमबाट पोख्ने गर्थें । सुनिदिने कोही थिएनन् तर पनि दुखद होस् वा सुखद मेरा आफ्ना प्रिय यिनै थिए, यिनैसँग खेल्थेँ, रमाउने गर्थें । आँसु झर्दा फेरि त्यही कलम समाउने गर्थें । यसरी दिनहरू बितेका थिए ।