पिटे पनि आमा जाती, पोले पनि घामै जाती छ
देश भन्नु देश नै हो, यो त सधैं शिरमाथि छ
देशमै बस किन जान्छौ बिदेशी भर्तीमा?
माना रोपे मुरी फल्छ नेपाली धर्तीमा
दिनभरी घाम साथी, घाम ढले जून साथी छ
देश भन्नु देश नै हो, यो त सधैं शिरमाथि छ
नसोध के दियो देशले, बरु सोच के दिऊ देशलाई *
तिम्ले हाम्ले नबनाए कस्ले बनाउन्छ यसलाई
देश भक्ती खेर जान्न देशबासी आत्मा साक्छी छ
देश भन्नु देश नै हो, यो त सधैं शिरमाथि छ
१ बैशाख २०५८, लम्जुङ नेपाल
bp122@york.ac.uk; bp.aalok@gmail.com
———————————————————————————————–
* जे. एफ. केनेडी, १९६१

Yes, I Love the poem you
Yes, I Love the poem you written which shows your inner hear about your mother land. Just keep it up your feeling forever and please try to do something as you said in your poem. OK. I want to see you as a good person and good son of MOTHER NEPAL
.
I love my nepal too.
Dev Raj Lamichhane
Adelaide, Australia
devlamichhanee@gmail.com