Skip to content

हिमालको काखमा छ

  • by


हिमालको काखमा छ सानो मेरो गाउँ
पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ

कालो कालो बादलमा केश फिजाउँछु
कलकल बग्दै म यो देश भिजाउँछु
प्रभातमा टल्किएको मोती जस्तो शीत
यो माटोमा रोपेकी हुँ मैले चोखो प्रीत

यो देशमा ल्याउँछु नयाँ नयाँ रंग
रमाउँदै गाउँछु म कोइलीको संग
मेरो हाँसो संगालेर फूल मगमगाउँछ
मेरो रुप सिंगारेर जून जगमगाउँछ

रात पनि रिझाउँछ मेरो नयनमा
नयाँ दिन उदाउँछ मेरो वदनमा
बतासमा हराउँदै गए पनि पर
स्वर्ग जस्तो नेपाल हो मेरो माइतीघर

शब्द – किरण खरेल
स्वर – तारादेवी
संगीत – शिवशंकर मानन्धर

Leave a Reply

Your email address will not be published. Required fields are marked *