पराई घरको कथा हैन यो घरभित्रकै ब्याथा हाम्रै हो
सुन है!
हिमालको काखमा सुख शान्ति थियो
मर्यादाको मियो सल्केर बल्यो
सुनसान रातमा दनदनी आगो
मृत्युको जहर फैलिए जस्तो गाउँबस्तीमा डँढेले
समयको झेली खेलैले देश दुख्यो गाउँ ठाउँमा
समयको झेली खेलैले देश दुख्यो गाउँ ठाउँमा
ऐया!
लथारिनु पर्ने, पछारिनु पर्ने बिना कारण सधैं चोट खानु पर्ने
नखा’को विष लागी नै र’ने हरपल हर साँझ मरि’रनु पर्ने
कुन दैवको श्राप लाग्यो
अचम्म के भो हाम्रो घरैमा सिस्नो उम्र्यो दैलो दैलोमा
सिमानामा टक्क अडेर छातीभरि देश बोकेर
रोए है!
पैतलादेखि हत्केलासम्म वेदनाको छाल नफुटुञ्जेलसम्म
चर्केर छाती उर्लिए व्यथा चुपचाप जङ्घार तर्ने बेला
भक्कानो छाडी रुँदै
मुग्लान पसे हाम्रै दाजुभाइ पूर्वै जाने रेल चढेर
मन वचनमा प्रिती साँचेर बैर भाव साँच्चै त्यागेर
सोचे है!
नभए देश कहाँ पाउछौं स्वर्ग यो गुदी कुरा मनैमा गुन
शान्तिभन्दा पर छैन अर्को बुद्ध प्रेमले मिले बरिलै
छुन्न लौ बेलैमा होश पुर्याऊ
सुन्दर शान्त देश रचेर पुर्खैको आशीष सम्झेर
हाँसी खुसी मिली बाँचेर पुर्खैको आशीष सम्झेर
शब्द, स्वर, संगीत – अमृत गुरुङ (नेपथ्य)
