सम्साँझैमा काग कराइरह्यो
खै के के खबर ल्याउने हो
मुर्च्छना मरेको गीत सुन्दासुन्दै
म थाकिसकें
लौ के के खबर ल्याउने हो!

समयको कुरुप छायाँ हिमालैमा परे जस्तो छ
दुनैको रगतमा त रोल्पाको घाउमा
सिरानीमा फूल सिउरी निदाउन म सक्तिन
आदर्शका कुरा म केही नि बुझ्दिन
छताछुल्ल पोखिएका दुख पीर अंगाल्दै
आऊ सँगै बसेर एक अर्कालाई बुझौं
यो उदासी क्षण मधुर गीत गाऊँ

नियतीका खेलहरू मैमाथि झरेजस्तो छ
के भो यो जगतमा लौ बेला गो फगतमा
बिरानीमा सुसेलेर सु्ताउन म पाउँदिन
संघर्षका कुरा म भेउ नै पाउँदिन
जताततै अल्झिएका विपना संगाल्दै
आऊ सँगै मिलेर नयाँ संसार बुनौं
यो बिरानो क्षण अमर प्रीत लाऊँ

शब्द, स्वर, संगीत – अमृत गुरुङ (नेपथ्य)
एल्बम – भेडाको ऊन जस्तो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *