Skip to content
eriacta

हराएछन् आशाहरू कम्पित भएछ मन
लाचार भएर बाँच्यो निस्सार जीवन

मुहारका जलप कायाको समर्पण
रुधी खोज्छ रुधीनै के रहेछ मोहन

रित्तिएको छ मन छैन कुनै चयन
ब्यापार गर्छन् सब सम्बन्धको छ जलन

परीवेस छ आफ्ना स्वाद छ आफ्ना
देख्दैन केही आफू बिना संसारमा

किन बाधाहरू आउँछन् मन नै खाइदिन्छ
चाहनाका बजारमा तन नै हराउँछ

रोपेर प्रीतहरू पलाउदैन रंगहरू
आउँदैन मनमा ती उमङका तरंगहरू

दर्शन छैन केही जीवनको आ–आफ्नै भर्सन छ
गर्नु के छ, हुने के हो आ–आफ्नै मर्दन छ

छैन केही सुनाउने बुझाउने केही कुरा
भन्नु न भन्नु दोधारर्कै यहाँ सब कुरा

– नारायण उपाध्याय
राजविराज ६
हाल युएसए, ओकलोहोमा

जन्म २००६
नेपाली, हिन्दी, मैथिलीमा लेखन
प्रकाशित कृति प्रेमिल अनुभूतिहरू
फुटकर लेख रचनाहरू प्रकाशित गोरखापत्र, शिलान्यास, संकेत, आँखा, शिब्लिंग, सरिता, संकलन, गोरेटो, जन्वाणी, हिमालय टाइम्स, पंचवाणी पत्रिकामा

फेसबूकमा सगरमाथा साहित्य, बिराट
नगरका साहित्यकार, मञ्जरी, साहित्य सुधा, साहित्य संसार, साहित्य स्पर्श, साहित्यिक लेखन
लेखन सानै ऊमेर वाट
विभिन्न नाम वाट लेखन नारायण उपाध्याय्
नवराज द्रोही, द्रोही, वराला, उपाध्याय

Leave a Reply

Your email address will not be published. Required fields are marked *