संसारभरि खोज्दा पनि भेट्नै गाह्रो पर्छ
एकै छिन सम्झिँदा नि मेरो आँसु झर्छ
तिमी कतै यतै छ्यौ कि देखेजस्तै लाग्छ
मनभित्र नियाल्दा नि दुःख सबै भाग्छ ।
हाँस्थ्यौ तिमी दुःख लुकाई पीर निलिदिन्थ्यौ
असीमित इच्छा तिम्रो मुठीभित्र लिन्थ्यौ
महान हौ प्यारी आमा सन्तान भए धेर
जति सन्तान हुँदा पनि फालिनौ है खेर ।
दुःख कष्ट कति सह्यौ छोराछोरी भन्दै
कति रात बिते तिम्रा अनिदोमा उम्दै
सपनीमा भए पनि आउन एक रात
तिम्रो काखमा शिर राखी रुन्छु एकै साथ ।
सुरेश क्षेत्री
इमाडोल ललितपुर
