Skip to content

विचारात्मक निबन्ध

मेरो पहिलो प्रेम

पहिलो प्रेममा पक्कै पनि साह्रै रमाइलो, डर,अनि विभिन्न अठोटहरू बाधिएका हुन्छ्न । ऊ निकै राम्री लाग्छिन भने आफू उसलाई यदि दुई तर्फी माया हो भने मात्रै । जुन दिन पहिलो मायाको सुरुवात हुन्छ अनि, उनी मेरै जिन्दगी र म उनको जिन्दगीको कहानी सुरु हुन्छ । जतिबेला उनकै याद आउँछ भने मलाई उनको । अनि दुई चार दिन यस्तै चलिरहन्छ जबसम्म कसैको नजर लाग्दैन, जब नजर लाग्छ, पहिला भनेको जिन्दगी पनि कता भाग्छ, भाग्छ आफूलाई त्यो केटी नराम्री लाग्छ भने केटीलाई केटा नराम्रो । यस्तै हो प्रेम!!

यो विकृतिलाई अब के गर्ने ?

मेरा एक जना अति नै घनिष्ट मित्रले मलाई थाहै नदिई “लौ बस्नु बाइकको पछाडि” भनेर मलाई लिएर कतै जानुभो । दशैंका भेडाजस्तो लागें म उनका पछि । गन्तव्य कता थियो मलाई केही थाहा थिएन । तर उहाँले भनेपछि नमान्ने मैले कुरै आएन । खुरुखुरु उहाँको बाइकको पछि बसेर उहाँले जता लानुहुन्छ त्यतै गएँ ।

आधा घन्टाको यात्रापछि म पुर्याइएँ एक यस्ता घरमा जहाँ ठुलो भीडभाड थियो । ओहो म ता कुनै राजनीतिक चुनावको प्रसारमा कुनै नेताको घरमा पो आएँछु कि ? अथवा कसैलाई सम्मान गरिने कार्यक्रममा पो आएँ कि ? या कुनै साप्ताहिक पूराण लागेको ठाउँमा पो आएँ कि ?

कलिलो क्रन्दन र कसिलो गाँठो

‘यदि स्वर्गमा पुग्ने इच्छा छ भने बालक बनेर हेर’– एङ्गेलले भनेका छन् । जुन देशका बाल ओठमा मुस्कान र अनुहारमा खुसीका रङहरू झल्किन्छन् त्यहाँको आगतमा उन्नति निमोठिएको हुँदैन । बालबालिका सुन्दर राष्ट्रनिर्माता हुन् । राज्यको बागडोर सम्हाल्ने भोलिका होनहार समाज रुपान्तरणका हस्ति हुन् । देशको स्वर्णिम भविष्य रेखा कोर्ने स्वप्ना र खुबी आजका कलिला मस्तिष्कमा हुन्छ । सङ्गत गुनको फल बालकले पाएका हुन्छन् । बाल सर्वाङ्गीण विकासका पक्षमा देश उभिए भोलिको सुन्दरतालाई हेर्ने अवसर पाइन्छ । तसर्थ, बालमनोवैज्ञानिक शैक्षिक दमनरहित शिक्षाको वातावरणमा अब शिक्षक र शिक्षावेत्ता सजक बनून् । साथीले कक्षाकोठामा मनोवैज्ञानिक दमन नगरोस्, घर, टोल, समाज र विद्यालय क्षेत्र स्वतन्त्र बन्न सकून्– बालअधिकारका निम्ति ।

कालजयी कला

कला कालजयी हुन्छ भनिन्छ । यसको अर्थ कलामा काललाई जित्न सक्ने शक्ति हुन्छ भनेको होला । कला कालजयी हुन्छ भन्ने कुरासित एउटा मूर्तिकारको मिथक कथा गाँसिएको छ । एकचोटि एउटा नामुद मूर्तिकारलाई कालदेखि साह्रै रीस उठ्यो । ऊ ज्यादै सिपालु मूर्तिकार थियो र ऊ लामो आयु बाँच्न चाहन्थ्यो, र कलासाधनाबाट अरु बेजोड सिर्जनाहरू समाजलाई सुम्पिन चाहन्थ्यो । तर कालले उसलाई खबर पठाइसकेको थियो । म फलानो मितिमा लिन आइपुग्छु । तिमीले जति काम गर्न बाँकी छ गरिसक्नू । मृत्युको यो खबर उसलाई नमीठो लाग्यो, अब उसले काललाई टार्ने विषयमा अनेकौँ पटक सोच्यो । कालसित प्रत्यक्ष मुकाविला गर्ने ऊसित कुनै शक्ति पनि थिएन, उपाय पनि थिएन ।

साथी बन्छ कसरी?

साथी कसरी नबन्दा हुन् ? मन नमिल्ने मात्रै भेटिन्न, मन मिल्ने पनि भेटिन्छन्, मन नमिले मगजको एकरुपता चाहिन्छ । विचार नमिल्नेहरू भेटिएलान्, विचार मिल्नहरू पनि भेटिएलान् । अनि जसतसो साथीको नाता जोड्दै जान्छन् । केही साथी भन्छन्, केही साथी बन्छन्, केही फेसबुकमा साथीका रुपमा अड्किन्छन्, कोही त्यही फेसबुकबाटै चिनिन्छन् । साथी, साथी हुन्, केही टुट्छन्, सक्किगो ।

सहमतिको विवाह राम्रो

मानिसको स्वभाविक प्रकृया भित्र पर्ने, जन्मेपछि नामाकरण, चूडा कर्म (कपाल मुण्डन), पाश्नी (नामाकरण), अन्नप्राशन, बर्तबन्ध, विवाह बाणप्रस्त (बनबास) त्यसपछि मृत्यु आदि कर्महरू हुन् । त्यस मध्यका महत्वपूर्ण कर्म विवाह हो । हुन त यसलाई हलुका रुपमा लिनेहरू पनि कम छैनन् । विवाह आउँछ जान्छ, भएन भने पुन गरिन्छ, खुट्टा भए जुत्ता कति कति भन्नेहरुको जमात ठूलै छ । यी कर्महरू आ-आफ्ने संस्कृति अनुसार गरिने प्रचलन भए पनि आजभोलि भागी विवाह (love marriage)ले प्रस्रय पाएको छ । जन्मेको दिन देखी मृत्यु अर्थात पृथ्वीमा आएको र छोडेसम्मको अवधी नै जीवन हो । मानव जीवन सुखमय वा दुःखमय बनाउन विवाहले ठूलो भूमिका खेल्दछ । अरु कर्महरू एकल हुन्छन् तर यो कर्म जोडी (युगल)मा हुन्छ, दुई फरक संस्कारका परिवारमा जोडिने हुँदा हलुका रुपमा लिनु र हेरिनु हुँदैन ।

वर्तमानमा जिउने कला छ नयाँ वर्षमा

उकाली ओराली पार गर्दै २०७३ साल पनि वितिसक्यो । २०७४ सालदेखि हरेक पल आशा गरे अनूरुप मङ्गलमय होस् यही शुभ–कामना गरौं । नूतन वर्षको स्वर्ण रश्मीले छरेर गगन आल्हादित होस् । समुच्च विश्व नै हर्षित, प्रमुदित र उत्साहित होस् । हृदय सरोवर होस् । वन्धुत्व सर्वत्र छाओस् । जनजनमा उल्लास आओस् । यस्तो खुसी आओस् जसले भेदभाव तोडिदेओस् । नवल लालीले सारा जगतलाई उन्मादित गरिदेओस् । आयो नयाँ वर्ष तपाईंको दैलोमा, ढकढकाइरहेछ बारम्बार ढोकामा । वितेका वर्षका भारी विसाई ल्याइसक्यो नयाँ प्रेम उमङ्ग । दुबै हात फैलाई स्वागत गरेको छु नव वर्ष तिमीलाई । ईंश्वरलाई पनि धन्यवाद दिएको छु । आउनुहोस् सबैजना नयाँ वर्षको पहिलो कु

सबभन्दा सजिलो काम

आजभोलि कसैले सबभन्दा सजिलो काम कुन हो भनेर सोध्यो भने म सजिलै भनिदिन्छु –अरुको आलोचना गर्नु, अरुको कुरा काट्नु । वास्तवमा हामी दिनदिनै आलोचनामुखी हुँदै गएका छौँ । त्यो पनि स्वआलोचना होइन पराईआलोचना । हर्दम अरुको कुरा गर्नमा हामीलाई रस आउँछ । अरुका दोष र दुर्वलता खोतल्नमा मजा लाग्छ । आफ्ना कमीकमजोरी ढाकछोप गरेर अरुका आन्द्राभुँडीको बिस्कुन सुकाउन आनन्द लाग्छ । हामी आजभोलि अरुका ससाना दोषलाई लेन्सले ठूलो बनाएर हेर्ने छिन्द्रान्वेषी भएका छौँ । आफूभित्रका औँला छिर्ने छिद्रहरू हेर्दैनौँ । अरुका रौँ छिर्ने छिद्र खोजी बस्छौँ । अर्काका प्वालमात्र हेर्ने बानीले आफ्ना प्वालहरू देख्तैनौँ । दिनदिनै छ्याँन्द्रा छ्याँन्द्रा भएर आफू कति ठाउँ चुहुने भएका छौँ त्यसको रत्तिभर हेक्का छैन । त्यसैले आफ्नो दोष लुकाएर अरुको दोष देखाउने काममा हामी सिपालु हुँदै गएका छौँ ।

त्राहीमाम ! (लघुनिबन्ध)

ए आमा ! तपाईंले कस्तो छिमेकी जोड्नुभयो ? ऊ हाम्रा लैना गाई–भैंसी ललाईफकाई लग्छ । नदिए धम्क्याउँछ । त्यत्तिले नपुगे छक्याउँछ । र, जसरी होस्, आफ्नो पारेरै छाड्छ । दूध–घिउ आफू खान्छ । मोही–मल भने चर्को मूल्यमा हामीलाई दिलाउँछ । हाम्रै खेतबारीको धान लग्छ, चामल बनाएर हामीलाई नै बेच्छ । हामै्र खोलाको पानी भर्छ र पानीको जार हामीलाई नै थम्याउँछ । हामीबाटै मोटो रकम कुम्ल्याउँछ ।

लगानी (लघुनिबन्ध)

ए गीता म्याडम ! तपाईँले ठानेजस्तो नेतानेतृ बन्न सजिलो छैन । अनेकन् सोपानहरू उक्लेपछि मात्र त्यस स्थानमा पुगिन्छ । त्यसका लागि कर्म गर्नसक्नुपर्छ । बिनाकर्म नेतानेतृले सुखानुभूति पाएका छैनन् । हाम्रा नाङ्गा आँखाले देखेको सत्य होइनन् । अखबारसँग झोक्किए पनि र टेलिभिजनसामु मुस्कुराए पनि एक्लै हुँदा उनीहरू बेचैनका साथ दिन गुजार्छन् । षडयन्त्रको तानाबुना बुनेर जो जति अर्कालाई पछार्न बल गर्छ, उत्ति नै धेरै पटक स्वय म पछारिँन्छ ।

जीवन एक सुन्दरता र मृत्यु एक सत्यता

हरेकले आफ्नो जन्मसँगै मृत्यु पनि लिएर आएका छन् । त्यही मृत्यु कसैका लागि चाँडो त कसैका लागि ढिलो आइदिन्छ । हर जो कोहीलाई पनि मृत्युसँग डर नै लाग्छ तर यसको अर्थ आत्महत्या गर्नेहरू निडर र बहादुर हुन् भन्ने पनि हैन । आत्महत्या त जीवनको बोध गर्न नसक्नेहरूले, मानसिक संकुचनका रुग्णहरूले जीवनप्रति गर्ने अपराध हो, त्यसैले त धार्मिक ग्रन्थहरूमा पनि ‘आत्महत्या महापाप हो ‘ भनी लिपीबद्द गरिएको छ ।

दाइजो

गाउँले र ठुलीका आफन्तहरूका कुरा सुन्दा दिमाग निकै तातिएर आयो यो ठुलीको बिहे हो कि व्यापार ? यो ठुलीका बाआमाको खुसी हो कि बिस्मात ? अनि यो ठुलीको बिहे हो कि गाउँले र आफन्तहरूको ? भएभरको ऋण गरेर यत्रो मान्छेहरू बोलाएर आफू कङगाल भएर किन बिहे गराइदिनु पर्यो ठुलीको ? आफूसँग जे छ त्यसैले काम चलाए हुदैन र गाउँलेहरूलाई आफन्तहरूलाई किन देखाउनु पर्यो ।?

हाम्रो बानी र किताब

हामी प्राय:जसो सबैजना सबैभन्दा पहिले र बढी शिक्षालाईभन्दा ती अन्य विभिन्न खाले कुरालाई प्राथमिकता दिन्छौं । अर्थात् हामी किताब पढ्नभन्दा अन्य बाहिरी कुरामा बढी मात्रामा जोड दिन्छौं जस्तै : खेल्न, टिभि हेर्न, साथीभाइसँग गफ गरी फजुलमा घुम्न मन पराउँछौं । यदि अभिभावक र शिक्षकले राम्ररी यसो गर उसो गर भनी सम्झाउँदा हामीलाई त्यो प्रवचन झैँ लाग्छ अनि एक कानले सुनी अर्को कानले उडाउने गर्दछौं । बरू लाग्छौं गेम खेल्न, फेसबुक चलाउन र गीत सुन्नतिर । कसैले करै लगाएर पढ् भनेमा पाँच मिनेट पढ्न बस्दा पाँचश घन्टाझैँ लाग्छ ।

पावर, मनि र सेक्स

हिन्दीमा एउटा घतलाग्दो मुहावरा छ –‘तुँ करे तो रासलीला, हाम करे तो क्यारेक्टर ढिला ?’ यसमा निहित आसयले भन्न खोजेको कुराको अन्तर्यमा पावर र सेक्स मिश्रण छ ।

संसार नै पावरको प्रतिफल हो । जैविक, भौतिक र नैतिक सफलतामा पावर जोडिएको हुन्छ । वयश्क नरनारीको घर्षणपछि नयाँ जीव जन्मन्छ । यो सबै प्राणी जगत्मा लागू हुन्छ । जागिर, ठेक्कापट्टा, उद्यम र सबै किसिमका सेवामुखी (?) मुखुण्डाधारी मानिसहरू पावरका पछि लाग्छन् । सबैभन्दा बढी पावर राजनीतिमा केन्द्रित थियो, छ र हुन्छ ।

भाव, अभाव र प्रभाव

हरेक सचेत मानिस तीन चिजले आफ्नो व्यक्तित्व निर्माण गर्दछ –भाव, अभाव र प्रभाव । यी तीनवटै चिज सर्वप्रथम उसले आफ्नो परिवारबाट ग्रहण गर्दछ । साथीभाइहरूबाट सापट लिन्छ । विद्यालय वा विश्वविद्यालयमा गएर सिक्छ । हेरेर, भोगेर र गरेर सिक्छ । शिक्षाका आधुनिक सिद्धान्तमा पनि ज्ञानीहरूले यिनै तीन तत्वलाई सूत्र बनाएर भनेका छन् ।

सिक्न या नयाँ ज्ञान हाँसिल गर्न पुरानो कुरालाई बिर्सनु पर्छ । धोक्रो खाली नपारी नयाँ सामल राख्ने ठाउँ कसैको हुँदैन ।

नववर्ष

क्रमशः वितिरहेको जिन्दगीमा एउटा नयाँ दिवस आउँछ भने, चारैतिर नयाँ आल्हाद आउँछ भने, सर्वत्र सबैले अभिनन्दन गर्छन् भने हो ! त्यो हो नयाँ वर्ष । गाउन मनलाग्छ गीत नयाँ भने, मुग्ध पार्ने प्रभात जो पदार्पण गर्छ भने त्यो हो नयाँ वर्ष । आशाको नवीन अध्याय सुरुवात हुन्छ भने, सुन्दर आयोजना रोजको आह्वान हुन्छ भने, नयाँ विश्वास सर्वत्र छाउँछ भने त्यो हो नयाँ वर्ष । प्रकृतिदेवीको रङ्गमञ्चका कठपुतलीहरूको राम्रो धेरै राम्रो जिन्दगीको मञ्चन हुन्छ भने त्यो हो नयाँ वर्ष । नयाँ प्रभात लिएर, नयाँ सोपान लिएर दृश्यपान गर्ने रहर जो जाग्छ भने त्यो समय हो नयाँ वर्ष ।

जीवन, कोरिया र आत्महत्या

मान्छेले किन मृत्युको बाटो रोज्छ ? जब कि एउटा कमिलाले टोक्दा आ…ईया ! भन्ने मान्छे | एउटा काँडाले घोच्दा मात्र पनि अतालिने मान्छे तर किन मान्छेले जीवनको थोरै असहज मोड आउने बितिकै सहज तरिकाले आफ्नै देहको हत्या गर्न तयार हुन्छ ?

नाइँ भनौं

संसारै विचित्रको छ । सभ्यता यतिबिघ्न विकसित भैसक्यो कि मानिसहरू पुनः नाङ्गिने स्थितिमा आइपुगे । कोही फेसनलाई घटाउँदै नाङ्गिदै छन् भने कोहीचाहिँ जनावरका भुत्लाको व्यापारिक फेसनमा भएको कार्य प्रयोगका विरुद्धमा नाङ्गिदै गएका छन् । समाचारको दुनियाँलाई अपडेट गर्ने क्रममा मैले हालसालैको नयाँ पत्रिकाभन्ने अखबारमा बेलायतमा एकहुल मानिसहरू साइकलमा नाङ्गै सवार भएको देखेँ ।

एउटा तुलनाः थुप्रेको र मेरो जिन्दगीका माझ

कुरा थाल्नु अघि अलिकति परिचयको खाँचो पर्न सक्छ । म भनेको एक सादा जीवन बाँचेको मान्छे हुँ । नेपालीको औसतमा पढेलेखेको र सरकारी सेवाको प्रथमश्रेणी सरहको सेवामा जीवनका साठी वर्ष बिताउन लाग्दै गरेको व्यक्ति हुँ । अब केही वर्ष मात्र छ अवकास पाउन । यी मेरो जिन्दगीका साठी वर्ष कुनै नकाम गरेर बितेनन् । सादा दिनचर्या, कर्मप्रति एकनिष्ठा, जागिरप्रति वफादारी, परिवारप्र्रति जिम्मेवारी, छोराछोरीको पढाइ लेखाइमा सजगता, भ्रष्टाचारको नामै नलिने लगभग निस्कलङ्क । मेरो जिन्दगी यस्तै छ । यी मेरा कुरामा कसैलाई पत्यार नलागे मेरो घर हेरे भइहाल्छ । मेरो लवाइ, खवाइ हेरे पनि भइहाल्छ ।