मेरो पहिलो प्रेम
पहिलो प्रेममा पक्कै पनि साह्रै रमाइलो, डर,अनि विभिन्न अठोटहरू बाधिएका हुन्छ्न । ऊ निकै राम्री लाग्छिन भने आफू उसलाई यदि दुई तर्फी माया हो भने मात्रै । जुन दिन पहिलो मायाको सुरुवात हुन्छ अनि, उनी मेरै जिन्दगी र म उनको जिन्दगीको कहानी सुरु हुन्छ । जतिबेला उनकै याद आउँछ भने मलाई उनको । अनि दुई चार दिन यस्तै चलिरहन्छ जबसम्म कसैको नजर लाग्दैन, जब नजर लाग्छ, पहिला भनेको जिन्दगी पनि कता भाग्छ, भाग्छ आफूलाई त्यो केटी नराम्री लाग्छ भने केटीलाई केटा नराम्रो । यस्तै हो प्रेम!!

मेरा एक जना अति नै घनिष्ट मित्रले मलाई थाहै नदिई “लौ बस्नु बाइकको पछाडि” भनेर मलाई लिएर कतै जानुभो । दशैंका भेडाजस्तो लागें म उनका पछि । गन्तव्य कता थियो मलाई केही थाहा थिएन । तर उहाँले भनेपछि नमान्ने मैले कुरै आएन । खुरुखुरु उहाँको बाइकको पछि बसेर उहाँले जता लानुहुन्छ त्यतै गएँ ।
कला कालजयी हुन्छ भनिन्छ । यसको अर्थ कलामा काललाई जित्न सक्ने शक्ति हुन्छ भनेको होला । कला कालजयी हुन्छ भन्ने कुरासित एउटा मूर्तिकारको मिथक कथा गाँसिएको छ । एकचोटि एउटा नामुद मूर्तिकारलाई कालदेखि साह्रै रीस उठ्यो । ऊ ज्यादै सिपालु मूर्तिकार थियो र ऊ लामो आयु बाँच्न चाहन्थ्यो, र कलासाधनाबाट अरु बेजोड सिर्जनाहरू समाजलाई सुम्पिन चाहन्थ्यो । तर कालले उसलाई खबर पठाइसकेको थियो । म फलानो मितिमा लिन आइपुग्छु । तिमीले जति काम गर्न बाँकी छ गरिसक्नू । मृत्युको यो खबर उसलाई नमीठो लाग्यो, अब उसले काललाई टार्ने विषयमा अनेकौँ पटक सोच्यो । कालसित प्रत्यक्ष मुकाविला गर्ने ऊसित कुनै शक्ति पनि थिएन, उपाय पनि थिएन ।
मानिसको स्वभाविक प्रकृया भित्र पर्ने, जन्मेपछि नामाकरण, चूडा कर्म (कपाल मुण्डन), पाश्नी (नामाकरण), अन्नप्राशन, बर्तबन्ध, विवाह बाणप्रस्त (बनबास) त्यसपछि मृत्यु आदि कर्महरू हुन् । त्यस मध्यका महत्वपूर्ण कर्म विवाह हो । हुन त यसलाई हलुका रुपमा लिनेहरू पनि कम छैनन् । विवाह आउँछ जान्छ, भएन भने पुन गरिन्छ, खुट्टा भए जुत्ता कति कति भन्नेहरुको जमात ठूलै छ । यी कर्महरू आ-आफ्ने संस्कृति अनुसार गरिने प्रचलन भए पनि आजभोलि भागी विवाह (love marriage)ले प्रस्रय पाएको छ । जन्मेको दिन देखी मृत्यु अर्थात पृथ्वीमा आएको र छोडेसम्मको अवधी नै जीवन हो । मानव जीवन सुखमय वा दुःखमय बनाउन विवाहले ठूलो भूमिका खेल्दछ । अरु कर्महरू एकल हुन्छन् तर यो कर्म जोडी (युगल)मा हुन्छ, दुई फरक संस्कारका परिवारमा जोडिने हुँदा हलुका रुपमा लिनु र हेरिनु हुँदैन ।
ए आमा ! तपाईंले कस्तो छिमेकी जोड्नुभयो ? ऊ हाम्रा लैना गाई–भैंसी ललाईफकाई लग्छ । नदिए धम्क्याउँछ । त्यत्तिले नपुगे छक्याउँछ । र, जसरी होस्, आफ्नो पारेरै छाड्छ । दूध–घिउ आफू खान्छ । मोही–मल भने चर्को मूल्यमा हामीलाई दिलाउँछ । हाम्रै खेतबारीको धान लग्छ, चामल बनाएर हामीलाई नै बेच्छ । हामै्र खोलाको पानी भर्छ र पानीको जार हामीलाई नै थम्याउँछ । हामीबाटै मोटो रकम कुम्ल्याउँछ ।
गाउँले र ठुलीका आफन्तहरूका कुरा सुन्दा दिमाग निकै तातिएर आयो यो ठुलीको बिहे हो कि व्यापार ? यो ठुलीका बाआमाको खुसी हो कि बिस्मात ? अनि यो ठुलीको बिहे हो कि गाउँले र आफन्तहरूको ? भएभरको ऋण गरेर यत्रो मान्छेहरू बोलाएर आफू कङगाल भएर किन बिहे गराइदिनु पर्यो ठुलीको ? आफूसँग जे छ त्यसैले काम चलाए हुदैन र गाउँलेहरूलाई आफन्तहरूलाई किन देखाउनु पर्यो ।?
हिन्दीमा एउटा घतलाग्दो मुहावरा छ –‘तुँ करे तो रासलीला, हाम करे तो क्यारेक्टर ढिला ?’ यसमा निहित आसयले भन्न खोजेको कुराको अन्तर्यमा पावर र सेक्स मिश्रण छ ।
क्रमशः वितिरहेको जिन्दगीमा एउटा नयाँ दिवस आउँछ भने, चारैतिर नयाँ आल्हाद आउँछ भने, सर्वत्र सबैले अभिनन्दन गर्छन् भने हो ! त्यो हो नयाँ वर्ष । गाउन मनलाग्छ गीत नयाँ भने, मुग्ध पार्ने प्रभात जो पदार्पण गर्छ भने त्यो हो नयाँ वर्ष । आशाको नवीन अध्याय सुरुवात हुन्छ भने, सुन्दर आयोजना रोजको आह्वान हुन्छ भने, नयाँ विश्वास सर्वत्र छाउँछ भने त्यो हो नयाँ वर्ष । प्रकृतिदेवीको रङ्गमञ्चका कठपुतलीहरूको राम्रो धेरै राम्रो जिन्दगीको मञ्चन हुन्छ भने त्यो हो नयाँ वर्ष । नयाँ प्रभात लिएर, नयाँ सोपान लिएर दृश्यपान गर्ने रहर जो जाग्छ भने त्यो समय हो नयाँ वर्ष ।
मान्छेले किन मृत्युको बाटो रोज्छ ? जब कि एउटा कमिलाले टोक्दा आ…ईया ! भन्ने मान्छे | एउटा काँडाले घोच्दा मात्र पनि अतालिने मान्छे तर किन मान्छेले जीवनको थोरै असहज मोड आउने बितिकै सहज तरिकाले आफ्नै देहको हत्या गर्न तयार हुन्छ ?