Skip to content

विचारात्मक निबन्ध

भूकम्प एक विम्ब अनेक

वारपाकलाई केन्द्रविन्दु बनाएर गएको महाभूकम्प ; बहत्तर साल, ऋतुराज वसन्तको वैशाख शनिवारको, बाह्र बजे, नेपालका लागि कालोदिन, विपद मडारिएको विपरित समय, सङ्कटको विद्रुपक्षण, यस क्षेत्रमा बस्ने यस पुस्ताको मानवका लागि सबैभन्दा भयानक र दर्दनाक दिन । करिव आधिकारिक रुपमा नौ हजार मान्छेको ईहलीला समाप्त भएको र वीसौहजार व्यक्तिहरू घाईते बनाएको शक्तिशाली भूकम्पको पीडादायी कम्पनबाट नेपालका एघार जिल्ला प्रत्यक्ष प्रभावमा परि क्षतविक्षत बन्नपुगे भने करिव २५ जिल्ला प्रभावित हुनपुग्यो ।

महिलावादप्रतिको दृष्टिकोण

नेपालका “महिलावादी”हरू मध्धेकी एक शशक्त “महिलावादी” नेत्री डाक्टर रेनु भण्डारीको एउटा भनाईले सरक्कै ध्यान तान्यो । उहाँलाई कुनै मन्त्रीले आफूलाई “महिलावादी” होइन “महिला अधिकारवादी” भनेर परिचय बनाउन सल्लाह दिएछन; यसको जवाफमा उहाँको भनाइरहेछ, “म एक महिलावादी हुँ र म त्यसै भनिनमा गर्वको अनूभूति गर्दछु ।”

नारी अस्तित्वको बयान

”हामी ती नारी जाति हौँ, जसले हजारौँ बर्षदेखी मानवीय सन्तुलन कायम गर्दैआएका छौँ | मानव जातिमा हाम्रो सँख्या धेरै छ तापनि हामीले छायाँको रुपमाबाँच्नु परेको छ |”

मान्छे छुन नहुने सन्दर्भमा

मान्छे मान्छे वीच भेदभाव हुनु कुनै नौलो कुरा होइन । छुवाछुतको कुरो चलेकै हो, भोगेकै हो, कतै कतै अँझै पनि भोग्दैछन् । ऊ ठूलो जात, म सानो जात, म उँचो मान्छे, ऊ निचो मान्छे, उसको घरभित्र म पस्न हुंदैन, मेरो घरमा ऊ पस्न हुन्छ, हाम्रोले त्यो पधेंरोमा पानी भर्न हुंदैन, तिम्रोले यो मन्दिरमा पूजा गर्न हुंदैन, यस्ता वाद विवाद यी कानले कति सुने कति १ त्यस्तै लोग्ने (पुरुष) मान्छे, महिला (स्त्री) मान्छे वीचमा पनि छुवाछुत चलेकै हो जस्तो परसरेकी (छुई भएकी) महिला चार/पांच दिनसम्म छुन हुदैन । फेरि चोखिए पछि छुन हुन्छ, पकाएको खान हुन्छ यस्ता चलन प्रचलन थिदै थ्यो, छदै छ, केही खुकुलिएको छ । अर्थात बाटो, पधेरो छोईदैन आज भोलि १ सुकेका अन्न–पात, नभिजेका लुगा–फाटा, माझेर सुकेका भाडा–कुडां नछोइने मानेर चलनमा ल्याएका छन् ।

मनको बहकाउमा

संसार अनौठो छ । मान्छेहरू अनौठा छन् । कसैलाई मायाको भोक छ । कसैलाई अनौठो सौख छ । मलाई माया गर्ने मान्छे, मलाई घृणा गर्ने मान्छे, मेरो जीवनलाई बिचरा भन्ने र यहीँ जीवनसँग जल्नेहरू पनि धेरै भेटें मैले ।

ला…. मैले यो के लेखेँ ? किन लेखेँ ? अब के लेख्नु ? केही पनि थाहा छैन । तर मेरा मनबाट निस्किएका यी शब्दहरू यसै खेर जान्छन कि जस्तो लाग्छ । भोलि पर्सी डायरीमा समेट्छु भन्ने बिचार पनि आउँछ तर त्यति बेला त त्यो प्रतिलिपि मात्र हुन्छ । “यसको असली मजा त यसैमा छ नि !” जस्तो पनि लाग्छ तर यी पानाहरू कति सिरक्षित रहलान भन्न सकिन्न ।

युवा तिमी

युवा तिमी सुन्दर कल्प वृक्ष
प्रतिष्पर्धी को छ तिमी समक्ष
रातो छ तिम्रो मुटु माझ रक्त
छन् पाखुरी सक्षम छौ शसक्त (उपजाति छन्द)

मानिस जब जन्मन्छ, ऊ बाल अवस्थामा हुन्छ । अनि बिस्तारै किशोर अवस्था पार गरेर ऊ युवावस्थामा प्रवेश गर्दछ । १६ वर्ष देखि माथि चालीस वर्षसम्म छदाँको अवश्था (उमेर)लाई युवावस्था भनिन्छ । यो अवस्था मानिसको लागि एउटा महत्वपूर्ण र अति नै उर्वर अवस्था हो । मानालाई के सितन् मुरीलाई के नाम्लो भन्ने हाम्रो बुढा — पाकाहरूको उखान पनि यही अवस्थाको लागि प्रयोग गरिन्छ ।

बाटो

कृष्ण धराबासीको ‘आधाबाटो’ र उनकी धर्मपत्नी तथा आधाबाटोकी एक पात्र सीताजीले लेख्नुभएको आत्मावृतान्त ‘मैले हिँडेको बाटो’ पढेपछि मलाई लाग्न थाल्यो जीवनको यात्रामा पनि एउटा बाटोको आवश्यकता हुँदो रहेछ । हुन त बाटो बिनाको यात्रा सायद हुादैन क्यारे । दैनिक जीवन भोगाइ प्रकृया एउटा यात्रा र भोगिने समय बाटोको रुपमा रहादो रहेछ । धराबासीजी र सीता जीको लेखहरूको व्याख्या विश्लेषण गर्न यो लेख लेखिएको भने पक्कै होइन ।

कवि र ‘स्पेस’

कविता लेख्न कविलाई स्पेस चाहिन्छ । उहिल्यैका कविहरूका स्पेस जंगल, गुफा र आलिसान दरबारहरू हुन्थे । त्यसपछि फूल, हिमाल र समुद्रका किनारहरू स्पेस भए ।

नारी

खुट्टा भएर पनि हिड्न अरुले जोड़ दिनु पर्छ भने त्यहा आत्मबल र आत्म विश्वासको कमी छ भन्ने बुझ्नु पर्छ । जबसम्म आफूले आफैलाई चिनेर आफ्नो सोच, बिचार, कर्म, शिद्धान्त आफ्नै ब्यवहारमा लागू गरिदैन भने पहिचान र अधिकार खोज्नुको के अर्थ? नारी अधिकारको नारा लाएर मात्र नारी स्वतन्त्रता र नारीले पहिचान पाउने होइन । अरुले अधिकार आफ्नो हातमा राखी दिएर पाउने कुरा पनि होइन । समाजमा नारी अधिकार, नारी स्वतन्त्रता, नारी पहिचान, ……जस्ता मूल नारा लिएर हिड्ने नारीहरू पनि त्यो आवाज उठाउन सानो कष्ट र दुःखले पक्कै त्यो ठाउँमा आएका होइनन ।

बालुवामा अल्झिएको जीवननदी

आज म एउटा सूफी कथाको नदीसँग आफ्नो जीवन तुलना गर्दैछु । सूफी कथाले भन्छ, एउटा सानो नदी सागर भेट्न हिँड्यो । आखिर नदी सानो होस् यो ठूलो सागर भेट्ने चाहना सबैको बराबर हुन्छ; चाहे त्यो मेरो घर आँगनको सिमखोलो होस् या सप्तकोशी दुवै सागर भेट्ने प्यास बोकेर लगातार कुदिरहेका छन् । नदीको अभिष्ट लक्ष्य र अस्तित्व नै सागरसँग मिलन हुनुमा छ ।

यसरी सागरसँगको मिलनमा हिंडेको नदी एकदिन एक बिशाल रेगिस्तानमा पुगेर अल्झिन्छ । त्यो वालुवै बालुवाको मरुस्थल नदीको निम्ति घिचलीलनसक्नुको समस्या बन्यो । आफ्ना सागर छुने आकाँक्षाहरू सेलाए ।

लेखन अर्थात् जादु, कला, शिल्प

लेखन आफैंमा एउटा कला हो, शिल्प हो, शैली हो र संवेदना हो। लेखकको प्रतिविम्ब पनि हो। यो फरक कला हो, जो सिकाएर सिकिँदैन र पढाएर जानिँदैन।

नेपालको आर्थिक–सामाजिक रूपान्तरणमा सहकारीको भूमिका

पृष्ठभूमि

विभिन्न वर्ग, पेशा वा क्षेत्रका सर्वसाधारण जनताले सामुहिकरूपमा सदाचार, सुविधा, आर्थिक हित, शिष्टाचार र नैतिकता कायम गर्न र गराउनका लागि सहकारीको अवधारण आएको हो ।किसान, मजदुर वा साना पुँजीपतिहरूले साझा रूपमा सानो पुँजीबाट सबैलाई उपयोगी हुने वस्तु उत्पादन वा सेवा उपलव्ध गर्ने तथा पुँजी र श्रमअनुसार प्राप्त मुनाफा बाड्ने संस्था नै सहकारी संस्था हो । मूलत: सहकारी मुनाफा कमाउने भन्दा पनि लोककल्याणकारी क्षेत्रमा बढी समर्पित हुन्छ । यो संयुक्त पुँजी/श्रम लगानी गर्ने र त्यसबाट प्राप्त नाफा/नोक्सान समेत संयुक्तरूपमै बहन गर्ने प्रकृतिको हुन्छ । समाजमा विविध खाले आर्थिक समृद्धिका काम गर्नुका साथै नागरिकलाई सम्मानजनक तवरले जीवनयापन गर्न बल पुर्याउने काममा समेत सहकारीले भूमिका खेल्दछ ।

नेपालको अर्थतन्त्रमा सहकारी

किसान, मजदुर वा साना पुँजीपतिहरूले साझा रूपमा सानो पुँजीबाट सबैलाई उपयोगी हुने वस्तु उत्पादन वा सेवा उपलव्ध गर्ने तथा पुँजी र श्रमअनुसार प्राप्त मुनाफा बाड्ने संस्था नै सहकारी संस्था हो । मूलतः सहकारी मुनाफा कमाउने भन्दा पनि लोककल्याणकारी क्षेत्रमा बढी समर्पित हुन्छ । यो संयुक्त पुँजी/श्रम लगानी गर्ने र त्यसबाट प्राप्त नाफा/नोक्सान समेत संयुक्तरूपमै बहन गर्ने प्रकृतिको हुन्छ । समाजमा विविध खाले आर्थिक समृद्धिका काम गर्नुका साथै नागरिकलाई सम्मानजनक तवरले जीवनयापन गर्न बल पुर्याउने काममा समेत सहकारीले भूमिका खेल्दछ ।

पैसामा धर्मलाई लिलाम गर्नेहरू

आँखामा पट्टि लगाएर हिड्ने मानिसलाई त केही भन्नु छैन । जसले जन्म त चेतन मानव प्राणीको रुपमा लिए, तर चेष्टा मात्र पशु झैँ गर्दछन । जसरी पशुले बाटोमा हिड्दा कसैको खेत बारीमा लगाएको हरियो घासलाई सासले टिपुला झैँ घाटी लम्काउदै जति डोरी ताने पनि, कत्तिकै पिट्दा पनि आफ्नो मालिकलाई भनाइ सुनाउछ र नोक्सान पुर्याएर छाड्छ । त्यस्तै हिजो आज आफ्नो धर्मलाई अनेकौ नाम दिई जन्म दिने आमा बुवाको मर्यादालाई, संस्कारलाई कुल्चेर आफ्नो एस् आराममा खुनको आँसु रुवाउने सन्तान धेरै देखिन्छन ।

मौलिकता भुल्दै तीजको गीत

  • by

तीज आउन अँझै आधा महिनै बाँकी छँदै सञ्चार माध्यमहरूमा तीजका गीतहरू घन्किन थालेको छ भने तीज पर्वको उपलक्ष्यमा विभिन्न साँस्कृतिक एँव सामूहिक दर खाने कार्यक्रमहरूको समेत आयोजना हुन थालेको छ । यति मात्र हैन शहर बजारका ब्युटी पार्लर र चुरा पसलहरूमा सौभाग्यको प्रतिक मानिने पोते, धागो, चुरा र सिन्दुरका अतिरिक्त फेन्सी पसल र सुन चाँदी पसलहरूमा समेत महिलाहरूको आवत जावतले अहिले देखी नै तीजको रोमान्चक बढाइदिएको छ । धार्मिक मिथकसँग जोडिएको हिन्दु नारीहरूको महान् पर्व तीज आउनु पूर्व नै यसको प्रभाव शहर बजारमा मात्र हैन गाउँघरहरूमा समेत रौनकता छाइसकेको छ । टलिभिजनका स्क्रीनमा देखिएका गीतका प्रोमोहरूले अँझ तीजकै दिनको जस्तै आभाष गराएको छ । तर पछिल्ला केही बर्ष यता तीजलाई लक्षित गरेर बजारमा निकालिएका गीत संगीतहरू यसको मौलिकतालाईभन्दा पनि ब्यावसायिकतालाई बढी जोड दिन थालिएको छ ।

युवाहरूलाई फेरि पनि स्वदेशमा खतरा छ

साउनको पहिलो हप्तामा नेपालका संचार माध्यमबाट नेपाली युवाहरू विदेका कति छन् भन्ने कुराको खबर प्रसारण भएको छ । नेपालबाट प्रति दिन औसत ४०० युवाहरू विविध कारणले स्वदेश छाडेर विदेशिंदै गरेको तथ्याङ्क अघि आएको छ । आजकै मितिमा हेर्दा पनि युवायुवतीहरू नभएको मुलुकका रुपमा नेपाल देखिन थालिसकेको छ भने यही अवस्था रहे केही वर्ष पछि नेपालमा युवायुवतीको अनिकाल लाग्ने कुरा पक्का भयो ।

तिम्रो मालिक

यो पुरै विश्वमा अशान्ति मच्चिएको बेला कहा तिमी आफनो घरमा शान्ति खाज्छौ । त्यसमा पनि तिमी त मेरो ममाको नोकर, तिमी त अरुको चाकरी गरेर आफ्नो परिवारलाई सन्तुष्ट राख्न चाहन्छौ । यसलाई त म मनको लड्डु घिउसित खानु जस्तै मान्छु ।

हुन त म एयटी मामालाइृ भेट्न आएकी भान्जी मात्रै मैले एक दिन भए पनि तिमी घुक्र्याएर खानुपर्ने तर किन गर्थे र म त्यसो मेरो मानवता बज्रिएको मन छ । त्यसैले होला तिम्रो बारेमा यति धेरै सोच्दै ।

युवा आकाङ्क्षा र आजको संसार

  • by

जीवनमा जो पनि एक पटक न एक पटक युवा हुन्छ तर उमेरले । युवा हुने थोरै हुन्छन्, सोच र कर्मले । युवा त्यस वर्गको नाम हो- जो सत्यको भक्त हुन्छ, न्यायको हिमायती मानिन्छ ।

मरणीदेवीदेखि बिन्दूकुमारीसम्म : नेपाली नारीको सकस

वि.सं २०५८ ताका महोत्तरीकी मरणीदेवी साहलाई बोक्सीको आरोपमा मरणासन्न हुने गरी भकुरियो । जबर्जस्ती मलमूत्र ख्वाउने, जिउँदै जलाउने, मुखमा एसिड हुत्याइदिने जस्ता आततायी घटनाहरू यो मुलुकमा २०५८ साल यता मात्रै हुन शुरु गरेका होइनन् । तर अघिका त्यस्ता घटिया घटनाहरूलाई कुनै खास घटना होइन, एउटा स्वाभाविक नियति मानिन्थ्यो । गाउँको कुनै ठूलोठालुका आँखामा कोही आईमाई बिझायो भने बोक्सीको बात लगाइदियो … टन्टा खलास् । ठालूले बोलेपछि बोल्यो बोल्यो, सारा गाउँ जुरुक्क उचालिएर त्यो बिचरीलाई तातै निल्न आउँथ्यो ।