भूकम्प एक विम्ब अनेक
वारपाकलाई केन्द्रविन्दु बनाएर गएको महाभूकम्प ; बहत्तर साल, ऋतुराज वसन्तको वैशाख शनिवारको, बाह्र बजे, नेपालका लागि कालोदिन, विपद मडारिएको विपरित समय, सङ्कटको विद्रुपक्षण, यस क्षेत्रमा बस्ने यस पुस्ताको मानवका लागि सबैभन्दा भयानक र दर्दनाक दिन । करिव आधिकारिक रुपमा नौ हजार मान्छेको ईहलीला समाप्त भएको र वीसौहजार व्यक्तिहरू घाईते बनाएको शक्तिशाली भूकम्पको पीडादायी कम्पनबाट नेपालका एघार जिल्ला प्रत्यक्ष प्रभावमा परि क्षतविक्षत बन्नपुगे भने करिव २५ जिल्ला प्रभावित हुनपुग्यो ।

मान्छे मान्छे वीच भेदभाव हुनु कुनै नौलो कुरा होइन । छुवाछुतको कुरो चलेकै हो, भोगेकै हो, कतै कतै अँझै पनि भोग्दैछन् । ऊ ठूलो जात, म सानो जात, म उँचो मान्छे, ऊ निचो मान्छे, उसको घरभित्र म पस्न हुंदैन, मेरो घरमा ऊ पस्न हुन्छ, हाम्रोले त्यो पधेंरोमा पानी भर्न हुंदैन, तिम्रोले यो मन्दिरमा पूजा गर्न हुंदैन, यस्ता वाद विवाद यी कानले कति सुने कति १ त्यस्तै लोग्ने (पुरुष) मान्छे, महिला (स्त्री) मान्छे वीचमा पनि छुवाछुत चलेकै हो जस्तो परसरेकी (छुई भएकी) महिला चार/पांच दिनसम्म छुन हुदैन । फेरि चोखिए पछि छुन हुन्छ, पकाएको खान हुन्छ यस्ता चलन प्रचलन थिदै थ्यो, छदै छ, केही खुकुलिएको छ । अर्थात बाटो, पधेरो छोईदैन आज भोलि १ सुकेका अन्न–पात, नभिजेका लुगा–फाटा, माझेर सुकेका भाडा–कुडां नछोइने मानेर चलनमा ल्याएका छन् ।
युवा तिमी सुन्दर कल्प वृक्ष
कृष्ण धराबासीको ‘आधाबाटो’ र उनकी धर्मपत्नी तथा आधाबाटोकी एक पात्र सीताजीले लेख्नुभएको आत्मावृतान्त ‘मैले हिँडेको बाटो’ पढेपछि मलाई लाग्न थाल्यो जीवनको यात्रामा पनि एउटा बाटोको आवश्यकता हुँदो रहेछ । हुन त बाटो बिनाको यात्रा सायद हुादैन क्यारे । दैनिक जीवन भोगाइ प्रकृया एउटा यात्रा र भोगिने समय बाटोको रुपमा रहादो रहेछ । धराबासीजी र सीता जीको लेखहरूको व्याख्या विश्लेषण गर्न यो लेख लेखिएको भने पक्कै होइन ।
खुट्टा भएर पनि हिड्न अरुले जोड़ दिनु पर्छ भने त्यहा आत्मबल र आत्म विश्वासको कमी छ भन्ने बुझ्नु पर्छ । जबसम्म आफूले आफैलाई चिनेर आफ्नो सोच, बिचार, कर्म, शिद्धान्त आफ्नै ब्यवहारमा लागू गरिदैन भने पहिचान र अधिकार खोज्नुको के अर्थ? नारी अधिकारको नारा लाएर मात्र नारी स्वतन्त्रता र नारीले पहिचान पाउने होइन । अरुले अधिकार आफ्नो हातमा राखी दिएर पाउने कुरा पनि होइन । समाजमा नारी अधिकार, नारी स्वतन्त्रता, नारी पहिचान, ……जस्ता मूल नारा लिएर हिड्ने नारीहरू पनि त्यो आवाज उठाउन सानो कष्ट र दुःखले पक्कै त्यो ठाउँमा आएका होइनन ।
आज म एउटा सूफी कथाको नदीसँग आफ्नो जीवन तुलना गर्दैछु । सूफी कथाले भन्छ, एउटा सानो नदी सागर भेट्न हिँड्यो । आखिर नदी सानो होस् यो ठूलो सागर भेट्ने चाहना सबैको बराबर हुन्छ; चाहे त्यो मेरो घर आँगनको सिमखोलो होस् या सप्तकोशी दुवै सागर भेट्ने प्यास बोकेर लगातार कुदिरहेका छन् । नदीको अभिष्ट लक्ष्य र अस्तित्व नै सागरसँग मिलन हुनुमा छ ।
पृष्ठभूमि
आँखामा पट्टि लगाएर हिड्ने मानिसलाई त केही भन्नु छैन । जसले जन्म त चेतन मानव प्राणीको रुपमा लिए, तर चेष्टा मात्र पशु झैँ गर्दछन । जसरी पशुले बाटोमा हिड्दा कसैको खेत बारीमा लगाएको हरियो घासलाई सासले टिपुला झैँ घाटी लम्काउदै जति डोरी ताने पनि, कत्तिकै पिट्दा पनि आफ्नो मालिकलाई भनाइ सुनाउछ र नोक्सान पुर्याएर छाड्छ । त्यस्तै हिजो आज आफ्नो धर्मलाई अनेकौ नाम दिई जन्म दिने आमा बुवाको मर्यादालाई, संस्कारलाई कुल्चेर आफ्नो एस् आराममा खुनको आँसु रुवाउने सन्तान धेरै देखिन्छन ।
तीज आउन अँझै आधा महिनै बाँकी छँदै सञ्चार माध्यमहरूमा तीजका गीतहरू घन्किन थालेको छ भने तीज पर्वको उपलक्ष्यमा विभिन्न साँस्कृतिक एँव सामूहिक दर खाने कार्यक्रमहरूको समेत आयोजना हुन थालेको छ । यति मात्र हैन शहर बजारका ब्युटी पार्लर र चुरा पसलहरूमा सौभाग्यको प्रतिक मानिने पोते, धागो, चुरा र सिन्दुरका अतिरिक्त फेन्सी पसल र सुन चाँदी पसलहरूमा समेत महिलाहरूको आवत जावतले अहिले देखी नै तीजको रोमान्चक बढाइदिएको छ । धार्मिक मिथकसँग जोडिएको हिन्दु नारीहरूको महान् पर्व तीज आउनु पूर्व नै यसको प्रभाव शहर बजारमा मात्र हैन गाउँघरहरूमा समेत रौनकता छाइसकेको छ । टलिभिजनका स्क्रीनमा देखिएका गीतका प्रोमोहरूले अँझ तीजकै दिनको जस्तै आभाष गराएको छ । तर पछिल्ला केही बर्ष यता तीजलाई लक्षित गरेर बजारमा निकालिएका गीत संगीतहरू यसको मौलिकतालाईभन्दा पनि ब्यावसायिकतालाई बढी जोड दिन थालिएको छ ।