साहित्यिक छलफल
मधुपर्कको गौरवगाथा
कीर्तिमान कायम गर्न साच्चिकै कठिन हुन्छ । कीर्तिमान समय, घटना र निरन्तरताले पनि कायम गर्न सक्दछ । यसरी बनेको कीर्तिमान अन्ततः इतिहास बन्दछ । कुनै विगतको इतिहास भने कुनै जीवित इतिहास । सन्दर्भ मधुपर्कको हो । यसले पनि कीर्तिमान कायम गर्न सकेको छ । एउटा होइन, दुई वटा होइन । चार वटा कीर्तिमान मधुपर्कले कायम गर्न सकेको छ ।
गजल मुख्य विधा हो कि सहायक विधा ? [ गजल संवन्धी बहसमा भाग लिऔ ।] श्रृंखला – ३
[ तपाईले आफ्नो विचार पठाउनु भयो के छैन भने चाँडै पठाउनु होस ।
गजलले छोटो समयमै नेपाली माटोमा लोकपृयता हाँसिल गरेको छ । यो सर्व विधितै कुरो हो । के वुढा के तन्नेरी सवै जना आज गजलमा रमाउन थालेका छन । रम्न थालेका छन । गजलको सुगन्ध लिन लालायित छन । जताततै गजलीय माहौल वढ्न थालेको छ । हुन त यस विधामा अध्यावधी थुप्रै कमी कमजोरीहरु विध्यमान छन नै । पछिल्लो समयमा आएर थुप्रै सवालहरु उव्जिन थालेका छन । कमी कमजारी सवै विधामा हुन्छन । त्यसलाई सुधार्दै लैजानु पर्छ । ती सवाहरुको उत्तर खोज्नु आवस्यक देखिएको छ । गल्तिलाई सुधार्दै जानु नै वुद्धीमता पुर्ण व्यवहार पनि हो । यो तितो यथार्थलाई कसैले पनि नकार्न मिल्दैन । र नकार्ने छैनन भन्ने पनि हो । गजल संवन्धी बहसले संधै यही आसा पाल्दै आएको छ । र पालिरहने जानकारी पनि गराउन चाहान्छु ।
- « Previous
- 1
- 2
