Skip to content

धेरै लेखकहरूलाई

मैले मझेरीमा प्रवेश गरेको करीब ६ महिना भयो ।

यहाँ लेख रचनाहरु छपाउने कतिपय मित्रहरुले तलका अक्षर नचिनेको देखियो ।

विद्युत देख्दा
बिधुत लेखिएको भेटिन्छ

विद्या लेख्दा
विधा लेखेको पाइन्छ ।

विद्याधर लेख्दा
विधाघर लेखेको पाइन्छ ।

उद्देश्य लेख्दा
उधेशेय लेखेको पाइन्छ ।

अतः द्य ध द्द घ जस्ता अक्षरहरु धेरैले चिनेका हुँदा रहेनछन्।

अरु केही नचिने पनि देवनागरीका सबै वर्णहरु चिन्नुपर्ने सुझाव छ मेरो ।

4 thoughts on “धेरै लेखकहरूलाई”

  1. होमजीलाई उत्तर (वर्णविन्यास)
    होमजी,

    यस्तो समस्या/अनभिज्ञता/दोधार खुबै देखिन्छ । त्यसैले मैले नेपाली हिज्जे शुद्ध गर्ने सफ्टवेयर बनाएको छु । यहीं मझेरीमा हेर्नुहोस् (मझेरीको माथिल्लो भागको दाहिनेपट्टि लिंक छ) ।
    वा, यहाँ सिधै हेर्नुहोस् https://www.majheri.com/correct

    तपाईंले याद गर्नुभएको ‘गल्तीले लेखाइ’ र ‘शुद्ध लेखाइ’को लिस्ट पठाउनुभयो भने म यस सफ्टवेरमा थप्दै जानेछु ।

    ‘नेपाली’मा हैन ‘शुद्ध नेपाली’मा लेख्ने गरौं ।

    1. thanks
      यहाँले लेख्नु भएको उत्तर मलाइ नै लेखेको जस्तो लाग्यो । मलाइ यसबारे नभन्दै राम्रो होला । बरु बाँकी सबैलाइ सूचना गरेर शुद्ध भाषिक लेखनका लागि आग्रह गर्नुहोला भन्ने अनुरोध गर्ने धृष्टता गर‌े । धन्यवाद ।

  2. गल्ती शब्दहरू
    सायद मेरा पनि कतिपय शब्दहरू गल्ती हुन सक्छन
    बिशेष गरी मोबाईलबाट टाईपिंग गर्ने गर्दछु । र मेरो मोबाईलमा
    (नेपाली फन्ट) नभएर (इण्डियन फण्ट) मात्र भएको हुनाले केही शब्दहरूको घटीकमी छ, सकेसम्म सच्याएर पाण्डुलिपि
    तयार गर्ने गर्दछु । र बिशेष गरी हृदय देखि नै धन्यबाद भन्न चाहान्छु मझेरी डट कमका सम्पादक ज्यूँ लाई वहाँले कतिपय शब्दहरूलाई सच्याई दिनु भएकोमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *