Skip to content

कुखुराको खोर


कुखुराको खोरमा
मलसँगैको दुर्गन्ध
सेक्सी परफ्युमको
धनाधन आयात
अनि बोइलर
रुंग्न राखेको
बिछट्टको भाले
मस्तसँग काटेर
काले काले मिलेर
खान थाले ।

नुन पिरो को
हड्डी मासुको
अनि भुत्लाको गन्थन
कोदोको तीनपाने
जौको जलपान
भुस र सुलीको
कार्पेट बिछ्याएर
जुवा खुलेको बखत
दाउमा टिकिरहला र
जाबो कुखुराको खोर ?

2 thoughts on “कुखुराको खोर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *