अब त बतास घुमेर लहै माने डाँडाको छेवैमा
घरको माथि छानाको आकाश खुलेर हास्दैछ
जघन्य त्यो काम हुन्थेन होला अन्धकारमा
सुन्तलेघारी पासाकि बुहारी, झाँक्रीको मन्तरमा
सहनु पर्ने सहने जति, कठै! सहनशील बिचरी
पँधेरो छाडी जाओस है कत्ता डाँडापारि पोखरी
काँक्राको बियाँ दुइ पैसा दियाँ शुन्य छ हातमा
ति दिन बिते खप्परको भाग्य छ आज हातमा
अब त बतास थाकेर लहै तल बेंसिको कुवामा
घरको माथि छानाको आकाश मच्चेर नाच्दैछ
प्रणय गाथा अध्यारो च्याति उज्यालो नगरमा
हुल र मूल हल्ली र खल्ली खोलाको बगरमा
जरा र पात के भेदभाव आखिर रुख त एकै हो
के पर्यो फेरी बिश्मात पासा हाम्रो धरती एकै हो
पिठोको मिठो मिठाइ दिनु डुबाइ गाईको दुधमा
कुराउनी बाँकी कोरेर खानु है मंगलको बुधमा
