Skip to content


छाडेर जानु नै थियो त किन याद छोडी गयौ
के चाहेथेँ र मैले ? मलाई बर्बाद छोडी गयौ

फर्की नआउने भयौ निस्ठुरी अनन्तमा बिलायौ
मनको दरबारका सारा बत्ति निभायौ
ठिकै छ आज अन्धकारसँग
छाडेर जानु नै थियो त किन याद छोडी गयौ

सम्झना मेटाइदेऊ मेरो मलाई पागल बनाइदेऊ
रुदा आशु झरोस मेरो मलाई बादल बनाइदेऊ
ठिकै छ आज आशुसँग
छाडेर जानु नै थियो त किन याद छोडी गयौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *