टाउको झुकाएर टोकरी बिसाउन हात माग्यो उसले |पसिनाले लथपथ काला उसका गर्दन र गर्दन माथिका क्षेत्र अतिक्रमित थियो |पिडित थियो अनि विक्षिप्त , मेरा नजरमा |उसले लामो स्वाश फेरेर बिस्तारै गर्दन मडारन थाल्यो |एक चरण भुइँ तिरै घुमायो उसको शिर |टोकरिको र कपालको बिचमा बस्ने पराले चकटिको स्पस्ट डाम उसको कपालले ठाडो हुने चेस्टा नै नगरे जस्ता थिए |
बाणीका लागि अदम्य उसका प्रयास खेर गैरहेका थिए साएद |उसको उमेर कद काठी तिर पनि सहानुभूतीका प्रसस्त अधार हरु थिए |मोटर साइकल लडौंन खोज्ने येत्र तत्र ईटाढुंगा अनि कंक्रिट छरिएका ग्राबेल को नाममा घर भत्किएका चोकर हालेर नपेलिएको ओरालो बाटोमा |जेठ को प्रचण्ड गर्मि समय पौने ११ बजे तिर |टोकरी भरिको केरा ओजनको हिसाबले अधिकतमको अवस्थामा |जत्ति दिन ढल्दै जान्छ वजनको घटाई संगै दुखको मिटर पनि घटने प्रकृतिको | एक तमास “केरा आयो हजुर !!!”रट्दै उ हिड्ने गरेको दैनिकी |वाह! जटिल कर्मपथको इमान्दार पथिक | मलाइ दैनिक प्रभाव पारिरहने तर आवस्यकतालाई न्याय गर्न नसकिरहेको म|
उसका अथक दैनिक प्रयासले आखिर प्रभाव परि छोडे मलाइ |
म रित्तो दोकान खोलेर दिनभर ग्राहक अनुगमन गरि बसेको मान्छे |लगानी अभावले सुनौलो भविस्यको कल्पनामा व्यस्त |बर्तमानमा अभाव ग्रस्त |उसले बोकेर ल्याएका केराका आधा दर्जन भन्दा पनि बढी खरिद गर्न सक्ने क्षमता ले पनि हौस्याएका थिए आज मलाइ |दृढता सहित आधा दर्जन खरिद गर्ने उद्धेस्यले भित्राएको थिए मैले उसलाई |सम्भावित तर अप्रत्यासित ग्राहक बाट साएद उ चनाखो भएन | त्यसैले दुइ
पाइला अगाडी बढिसकेको थियो र बाक्ला चडका अवाज हरुले मात्रै फर्काएका थिए उसलाई |
चिरा चिरा परेका नांगा पैताला, डढेका काला कसिला पिडुला, घुडा माथि फर्काएका लुंगी अनि पसिना रंगिएको मैलो सट| अनि सुदुर भविस्य देख्ने बर्तमान दुइ आँखा |मान्छेका आँखा | भारी बिसाए पछी सुस्ताएको उ बिक्रि गर्ने उपक्रम भन्दा पनि बोझ बिसाउन पाउदाको आनन्द मा पर्यो |
मैले सोधे घर कहाँ हो?
भारत ,बिहार नेपालको सिमा नजिकैको ठाउँ |
मैले फेरी सोधे , साइकलमा किन नघिसारेको त सामान ?
दुर्घटनामा परेर साइकल घिसार्ने क्षमता गुमाएको रे उसले |तर शिरमा बोझ बोक्न भने सक्षम रहेछ उ |
मेरो सोधाइलाई समाप्त पार्यो उसले |सहानुभूति स्वरुप एक दर्जन केरा किने मैले |मलाइ उसको बोझ कम गरिदिने तिब्र इच्छा भयो तर बाध्यताले आधा बाट एक दर्जन मात्र किन्न सके मैले |
उ मेरो आमा संग पनि परिचित रहेछ |
आमाको दुर्घटना प्रति अझै दुखित् रहेछ उ |धन्यबाद भनेर मैले उसको बोझ कम गर्न के गर्न सकिन्छ सोच्नै नभ्याई उसले कर्म पथमा पाइला उठायो |मैले हैंसे गर्दै बिदा दिए |
संबिधान सभाको म्याद थप गर्न चार दल सहमत |एफ एम को समाचार अघि बढ्यो |भारतीय राजदुत भारत भ्रमण पश्चात दाहाल निवास पुगेर बार्ता गरे पछी अचानक चार दलको बैठक बसेको र सोहि बैठकले संबिधान सभाको म्याद तिन महिना थप्ने निर्णय गर्यो | म परिवारका सदस्यलाई
केरा भाग लगाउन थाले |
