उषाको किरण संगै हर दिन
हरेक अंग अंगका हर ऋण
डोको नाम्लो प्रकृतिका लिएर
संसय र दिवास्वप्न बिदा दिएर
असंख्य पात्र मध्यका उनि
गुरु ब्रम्हका अशल छात्र
खोला संगै बग्ने जीवन समय
हिंउ झैँ पग्लने गुणी महाशय
आशाको झिनो हाँगा समाती
थाहै नपाइ पुग्दैछन माथि
अनन्त उनका सोचाई सत्य
गरेरै छाडछन् कार्य फत्य:
ढलेको रुख उठाउनै पर्छ
नरोपे बिरुवा समयै मर्छ
अन्तरबिरोधले बाधा बढ्छ
नरोकी कर्म उसले पढ्छ
आजन्म सपना सपनै रहला
निद्राको बिपना पनि बुझ्नु पर्छ
हेलिएर बाढीमा पुग्दै पारि
हलुवाईको तातो हलुवा स्वारी
टलपल तारा आकाश भरि
बेलुका भयो अब निंद प्यारी
उखान हरुका गम्य आख्यान
सधै सुनाउथ्यो वरिपरी
खोइ कहाँ छ त्यो कर्मवीर ?
खोइ कहाँ छ त्यो कर्मवीर ?
