दर्शक आफैँ बदलिएलान् कि?


कविताले बजारबाट
प्रचार किन्न सकिनन्
बाद विवादले खेतहरू
मंसीरमा लहलहलाउलान कि ?

संगीतले रंगमंच
खेलकुदले जंगमंच
पुरस्कारहरू पवन भै
झण्डाहरू फर्फराउलान् कि ?

मूल्यहरूको मिठाइ
डायबिटिजको ओखती
सुनहरू पग्लिएर
बाटोघाटो बदलिएलान कि?

कथाले श्रोतामाझ
रौँ ठड्याउन सकेन
समाचारहरूको जगजगी
दर्शक आफै बदलिएलान कि?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *