कामको पछाडी शक्ति हुनै पर्छ |” बिना शक्ति कसैले केहि गर्न सक्दैन |”
बिरोधका यी मान्यता जीवनमा उसलाई अगाडी बढाउन उर्जा थियो |
तर नाम अनुसारको काम नभय पनि असर चाही पर्ने रहेछ |
उ बिरोध अनि बिद्रोह भन्दा सामर्थ्य अनि दृढता को हिमायती थियो |
तर संक्रमणको जमानामा उसका सामर्थ्य उसले अनुभव गरे भन्दा चौगुना थियो |
शान्तिले प्रेमको अभिलाषा सबै संग राख्छिन |प्रेमको अर्थ गहिरो थियो |
एक दिन उसंग प्रेमको प्रस्ताव राखिन |
बिरोधले स्वीकार्नै सकेन|
किनकि उसलाई लाग्यो ,उ प्रतिबद्ध भैसकेको थियो शक्तिकी बहिनि क्रान्ति संग |
र क्रान्तिको गर्भ भरिई सकेको थियो |
शान्ति को अभिलाषा पनि अपुरो हुदै अघि बढ्यो र शक्ति संग पनि पुगिन प्रेमको आशामा |
प्रेमको अर्थ गहिरो थियो |
शक्ति र बिरोध मा फाटो आयो |
आज उसको काम को पछाडी शक्ति छैन |” बिना शक्ति कसैले केहि गर्न सक्दैन |”
