परिवर्तन,
महात्मा गोविन्द
नेपालीहरूको जीवनमा
एक्लै गरेर छोड्यौ
म,
नतमस्तक रनभुल्ल
सायद थाहै पाउन सकिन ।
बेकारको जीवन
पीडाहरू झुठका
अंगाल्ने बानी परिसकेको
म सहनशील अलमल्ल
कठैबरी पनि भनिन ।
तर मेरा लागि अनि
मेरै मात्रका लागि
एक्लै गरेरै छोड्यौ
म,
कृतघ्नले,
त्यही पनि
धन्यवाद भनिन ।
म सायद लायक छु
आजको दासताकै
र त्यसैले तिमीलाई
पागल भनिरहेछु
अनि चाटिरहेछु जुठ्याँनमै ।
परिवर्तन,
महात्मा गोविन्द
नेपालीहरूको जीवनमा
एक्लै गरेर छोड्यौ
म,
नतमस्तक रनभुल्ल
सायद थाहै पाउन सकिन ।
