Skip to content

समीक्षा गर्ने कि ?


खोइ के भन्ने
अनि कसलाई भन्ने ?
भनेको सुनिदिने फुर्सत
यहाँ कसलाई छ र
सुनेर गरिदिनलाई
सही हो भनेर क्षणमा
गलत गर्ने आदत
शायद आयातित नहुन सक्छ …
र त्यो आदत
जन्मजात हामीले को बाट पायौ ?

यसर्थ हामी उसर्थ हामी
जसर्थ गरे नि
तसर्थ महान हामी
किमार्थ नझुक्ने
इतिहास साक्षी
कतिन्जेल राख्ने
फड्के दोबारेर
त्यही हो भनेर क्षीणमा
होइन भन्ने आदत
शायद बिकृति नहुन सक्छ
भिल्लको देशमा
स्वीकृति हामीले कोबाट पायौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *