Skip to content


मान्छे
मान्छे हुनुमा गर्व गर्नु पर्छ
मान्छे, अमान्छेको विभेद
आत्मामा खोज्नु पर्छ किनकि
मान्छेको मात्र आत्मा बिबेक हुन्छ
मूल्यांकनको कसीमा मान्छे
ब्यापारीको तराजु बन्छ भने
त्यो मान्छे कसरि मान्छे हुन्छ ?

मान्छेको सिंहदरबार
मान्छेको डलर
मान्छेको क्षेप्यास्त्र
मान्छेको कश्मिर
यदि गर्व गर्नु नै छ भने
सिंहदरबार / डलर / क्षेप्यास्त्र / कश्मिर
पाइतालाले कुल्चिएर
एकछिन मान्छेले -मान्छेको लागि सोच्नुपर्छ
अनि गर्व गर्नु पर्छ
गर्वमा त्यो अनुभूति हुनुपर्छ
जहाँ मात्र मान्छे हुन्छ

अमेरिका अमेरिकी हुनुमा गर्व गर्छन
नेपाल, नेपाली हुनुमा गर्व गर्छन
तर मान्छे, मात्र मान्छे हुनुमा गर्व किन गर्दैनन्
अमेरिका मान्छे हुनुपर्छ
नेपाल मान्छे हुनुपर्छ
अमेरिकाहरू र नेपालहरूको जोड पनि
मान्छे हुनुपर्छ
किनकि मान्छेको मात्र बिबेक, आत्मा हुन्छ
किनकि मान्छे मात्र सत्य हुन्छ
त्यसैले मान्छे अविजित हुन्छ
सर्बमान्य हुन्छ, अजर हुन्छ अमर हुन्छ
त्यसैले मान्छे
मान्छे हुनुमा गर्व गर्नु पर्छ |

प्रकाशित
त्रिवेणी साप्ताहिक .काठमाडौँ
२०५४ साल मंसिर २८ गते शनिबार
भगिरथ थापा (अनिल)

२०५४ साल मंसिर २८ गते शनिबार त्रिवेणी साप्ताहिक .काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *