शान्तिको निन्द्रा निदाउँदा मैले बुद्धलाई भेटेथे
सत्यको आँखा चिम्लदा मैले शिवलाई देखेथे
अशक्त रोगि घाउको पाप्रो निर्धन त्यो छाप्रो
खरको छानो एक मुठी मानो ,मनपेटै भो सानो
आकाशको भारि बिसाँउन मैले चुरोट तानेथे
गंजेड हुँदै स्म्याक तान्दा उकालो, झर्न सिकेथे
मनको खुशी चोरेर थाना आहै! हेर जानु पर्दैन?
हृदयको घर छोडे पछी शहर बजार, जित्नु पर्दैन
सुस्तरी बादल सरेर जाँदा त डाँडा पारि हामि नै
नभए बादल खसीझरी फुटथ्यो बिचरा नानिमै
नजन्म हुन्थ्यो, संसर्ग ,अनि व्यभिचारहरु संग
मिलन के हो अनि खुशी के हो? सदाचारहरु संग
आशाका बिस्कुन सुकाउँदा मलाई घामले च्यायेथ्यो
हतार गरि म हिंडे अन्तै तर आफ्नै गोरु ब्यायेथ्यो
पुर्पुरो सधैं सहन्थ्यो दोष हरे के कम हुन्थ्यो तब
ज्योतिषी पढ़न धाउदै छु विदेश?? ,गर्ने बेलाँ अब
