Skip to content

भगवान बनाइदिन्छु


जाऊ जान त तोडी मायाको बन्धन हृदयको चुम्बकले तानी दिन्छु
जादु होइन यो कुनै, छैन कुनै आश्चर्य यहाँ, आमालाई किनेर लेराऊ
म तिमीलाई, भगवान बनाइदिन्छु

सागरका गहिराइबाट मोती खोजेर ल्याई, सजाइदिन्छु
बैभवशाली तिम्रा वरिपरि पारखीहरूलाई झुम्माइदिन्छु
असीमित आकांक्षा पुरा गर्न जाऊ आकाशको शुन्यतामा
शुन्य खोजेर ल्याऊ म सयको हजार बनाइदिन्छु
जादु होइन यो कुनै, छैन कुनै आश्चर्य यहाँ, आमालाई किनेर लेराऊ
म तिमीलाई, भगवान बनाइदिन्छु

रहरका शहरबाट हेर खुसी किनेर ल्याई, बिछ्याइदिन्छु
बजारका धनाड्य ब्यापारीहरू तिम्रा पाउमा झुकाइदिन्छु
अस्तित्व रक्षा गर्न जाऊ आत्माको अन्तिम तहमा
मानवता खोजेर ल्याऊ म सत्यको संसार सजाइदिन्छु
जादु होइन यो कुनै, छैन कुनै आश्चर्य यहाँ, आमालाई किनेर लेराऊ
म तिमीलाई, भगवान बनाइदिन्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *