सोभ्नियोन विद्यालय तथा विश्वविद्यालयमा मेधावी थियो । ऊसँग सङ्गत गर्न मात्र पाउँदा पनि केटीहरु आफुलाई अहोभाग्य सम्झिन्थे । शिक्षकले सोधेका कठिनभन्दा कठिन प्रश्नहरु उसले सहजै उत्तर दिन्थ्यो । यसले गर्दा उसको विलक्षण प्रतिभा देखी शिक्षणसँस्थाले उसप्रति गर्व गथ्र्यो ।

यही कुरा विद्यालय तथा विश्वविद्यालयका दोस्रो भएकाहरु तथा अन्य विद्यार्थीहरुलाई जलन हुन्थ्यो । यसबाट कसरी पार पाउने अनि आफु कसरी उत्कृष्ट सावित गर्ने भनी उनीहरु पढेर भन्दा अनि विचार, बुद्धिले भन्दा पनि अनेकौ तीकडमका लाञ्छना लगाएर खुट्टा तानी आफु माथि जान प्रयत्नरत हुन्थे । उनीहरुले एउटा योजना बनाई ऊ विरुद्ध यस्ता हल्लाहरु व्याप्त गरे कि, “सोभ्नियोन केटी भनेपछि हुरुक्क हुन्छ , उसको जो केटीसँग पनि नाजायज सम्बन्ध हुन्छ , उसको आचरण ढिला छ , ऊ समाजलाई अपाच्य हुने कुरा गर्छ आदिआदि ।” भनी दिनहुँजसो ती विद्याथीहरुले भेटेजतिकाहरुलाई कानमा फुक्न थाले ।

एकदिन त्यस्तै भयो । शिक्षिकाले माया गरी सोभ्नियोनलाई धाप मारेको जब शिक्षकले देख्यो उसले माया गर्ने उक्त शिक्षिका देखी पारो तात्यो तर उसले यसको आक्रोस सोभ्नियोनलाई पोख्यो । त्यो एकजना शिक्षक अरु शिक्षकभन्दा अर्कै किसिमको थियो । उसले आफ्नो काम देखाउन सोभ्नियोनलाई आचरण सुधार्न चेतावनी दियो । अन्य विद्यार्थीहरुले पनि हो मा हो मिलाए । सोभ्नियोन निर्दोष अनि इमानदार थियो त्यसैले उसले ती शिक्षकका लागि जे पनि आफुले गर्नसक्ने कुरा गर्ने बतायाो । शिक्षकले सोभ्नियोनलाई भएभरको गाली पोख्यो । भए नभएको समाजलाई अपाच्य हुने गाली गर्यो । अनि सोभ्नियोनलाई बाचा बँधाई उसको एउटा कान्छी औँला गुरुदक्षिणा माग्यो ।

सोभ्नियोनले यसबाट आफ्नो आचरण सुध्रने भन्दै तुरुन्तै चक्कुले आफ्नो कुनै पीडाको पर्वाह नगरी शिक्षक गुरुलाई औँला चढायो । यही बेला यस्तो हावा फैलिएको थियो कि अहिासकजस्ता मेधावीहरु पनि चक्रव्युहमा फस्दै अङ्गुलिमाल बन्न बाध्य भइरहेका थिए । एक केस्रा समाजमा यस्तो हलचल हुँदा सम्पुर्ण ठाउँमा मेधावीहरुमाथि यस्ता विचलनको ग्रासले निलिरहेको थियो । यसको प्रभाव पनि सोभ्नियोनमा आइरहेको भान भएको थियो । उसले यसरी तत्कालै गुरुको आज्ञा शिरोपर गर्दा पनि शिक्षक शान्त भएन र शिक्षकले सोभ्नियोनको पढाइ पुरा भइसकेको, जे सोध्दा पनि अब्बलसँग आउने भएकाले अरु पढ्न नपर्ने बतायो र दीक्षित भएर आफ पारङ्गत भएको प्रमाणपत्र लिनका लागि सकेसम्म उसको जस्तै बढी व्यक्तिहरुको औँला ल्याउनुपर्ने बतायो । र यसको विकल्प अरु केही नहुने पनि बतायो ।

सोभ्नियोनले अरु जो जो व्यक्ति आवारा, लफङ्गा, गुण्डा, मवालीहरु जत्तिलाई आचरण सुधार्न पहिले चेतावनी दियो । त्यत्तिले पनि नभएर आचरण सुधार्न सिकायो । त्यत्तिले पनि असल नभएपछि उनीहरु सुध्रनै नसक्ने भएपछि तथानाम गाली गर्यो । गाली गर्दा उसलाई आकाशै खसेजस्तो भयो । आफुले के यस्तो गाली गर्नुपर्यो, कस्तो विडम्बना भनी अफसोच गर्यो । कस्तो दलदलको समाज ! योभन्दा अरु उपाय पनि थिएन, यस्तो रछान फोहोर सफा गर्न त अलिअलि छिटा त सहनै पर्ने रहेछ भन्ने बोध गरी तथानाम गाली गरी उनीहरुको कान्छी औाला काटेर माला लगाउन थाल्यो । वातावरण अलि खलबल भए पनि, प्रकृतिको कलरव सुरम्यतातिर जान लागेको भान भइरहेको थियो ।

हुँदा हुँदा देशका नागरिकहरुले सोभ्नियनलाई दुव्र्यवहार गर्न थाले । उनीहरुलाई सुधार्न नसकेपछि सोभ्नियोनले उनीहरुको आचरण सुधार्न औँला काटेर माला लगाउन थाल्यो ।

त्यही समयमा कविलाहरुसँग उक्त देशका नागरिकहरु बीच ठुलो युद्ध भयो । सोभ्नियोनले भने आफ्नो देशको सङ्कटकालमा नागरिक सुधार्नेभन्दा पनि देश बचाउनु पर्छ भनी जनतासँग जस्तो सुकै दुव्र्यवहार गर्नेहरु भए पनि सबैसँग मिलेर कविलाहरु विरुद्ध युद्ध लडे । सोभ्नियोनले नै नेतृत्त्व गर्नुपर्ने युद्ध भयो किनकी कविलाहरु सोभ्नियोनलाई मनपराउँथे । त्यसैले ती जनताहरुले सोभ्नियोनलाई नै सेनापति बनाए । दुबैपक्ष बीच घोेर घमासान युद्ध भयो । युद्धमा सोभ्नियोनको देशले हार्न बाध्य भयो । यदि सेनापति सोभ्नियोनलाई कविलाहरुले सजायँ दिएमा देश मुक्त गरिदिने बतायो । तब सोभ्नियोननै बलिदानका लागि अघि सर्यो ।

सोभ्नियोनप्रति अथाह, अगाढ स्नेह वर्साउँदै, देशका लागि बलिदानी दिएका भनी कविलाहरुले किस्तीमा गरगहना सजाएर ढ्याङग्रो ठोक्दै बाजागाजासहित गुफाभित्र लगे । त्यहाा उसलाई निर्वस्त्र पारे । अनि किस्तीमा भएका सुन, हीरामोतिका गरगहनाहरु लगाइदिए । उनीहरुको देवताकहाँ आधा घण्टाजत्ति मन्त्र फुके । उसलाई कालो पट्टी लाइदिए । सबैजना बाजा बजाई अट्टहासँग हाँस्न थाले । उसलाई देवताको मुर्तिमा ढोग्न लगाई दुबैहात पछाडि बाँधी घोप्टो पारी राखे । उनीहरुले देवतालाई चढाउन सोभ्नियोनको सबै अङ्गहरु परिपुर्ण छ कि छैन भनी जाँचे । जब कविलाहरुले सोभ्नियोनको एउटा कान्छी औँला छैन भनी थाहा पाए । उनीहरुले सोभ्नियोनसँग माफी मागे । आचरण सुधार्न उनीसँग सिक्नुपर्ने कुरा उद्घोषण गरे । बलिदिन ऊबाहेक उसैको देशका परिपुर्ण मानिस चाहिने बताए । सोभ्नियोनलाई सुन हिरामोतिसहित सुसज्जित गरी बाजागाजासहित ससम्मान उसको देशमा पु¥याए ।

यो देखी देशका नागरिकहरु सोभ्नियोनसाग नतमस्तक भए । पहिले जताजाँदा पनि चुरोट, आदि नशालु पदार्थका धुवाँले ढलाउन खोज्ने छुद्र जनताहरुको होश खुल्यो । कत्ति समयसम्म आचरण सुधार्न माग गर्दा छिःछिः दूरदूर गर्ने अ‍ैयासी अनि लफङ्गा भई मात्तिने स्वभाव भइसकेका सूरा दुव्र्यवहारी जनताहरु सबै उसका सामु अहिले पश्चात्तापका आँसु निकाली झुकिरहेका थिए । र सोभ्नियोनले कविलाहरुलाई भने कि “हाम्रो देशमा सबैको आचरण शुद्ध छ र कसैको पनि कान्छि औँला छैन ! हामी एकदम राम्रो आचरण भएकाहरु हौँ । यहाँहरुले मलाईजस्तै लगी परख गर्न सक्नुहुन्छ ।” पश्चात्तापले ती जनताहरु अब भने ज्यानको पर्वाह नगरी मर्नजान तँछाडडमँछाड गर्न थाले ।

कविलाहरुले यसका लागि अरु जङ्गली बस्तीमा जाने र तपाईंहरु सबै राम्रा आचरणका हुनुहुन्छ । अब हामीले हाम्रा सरदारलाई चित्त बुझाउन भए पनि यहाँहरु मध्ये जो सुकै केटा मान्छेलाई नाङ्गै पारी सोभ्नियोन महोदयलाई जस्तै परख गर्न वाध्य हुने बताए । र यदि सावित गर्न नसकिएमा यहाँको देशको गरिवी उन्मुलन गर्नका लागि सोभ्नियोन महोदयलाई जस्तै यी सुन हीरामेतिका वस्त्र क्षमा स्वरुप टक्र्याउने बताए ।

कविलाहरुले बाहादुर बहादुर व्यक्तिहरु थुप्रैलाई छानीछानी सोभ्नियोनलाई झैँ लगे र फेरि गरगहनासहित क्षमा मागी फर्काए । सोभ्नियोनले बहादुर बहादुरहरु सबैको पहिलेको त्यो शिक्षकको असमञ्जस्यको अनि जनताहरुको दुर्नाम व्यवहारका कारण कान्छिऔँला काटिसकेका थिए । यस्तो सोभ्नियोनको दूरदर्शीता देखी जनताहरु सबै अवाक भए । कविलाहरुले “ती सुन हीरामोति मणिमाणिक्यहरु तिमीहरुकै देशको खानीबाट हामीले निकालेका थियौ । हामी पहिले तिमीहरुभन्दा विकसित थियौँ । त्यो बेला हामीले ठुलाठुला यन्त्रहरुले यस्ता अमुल्य कुरा मात्र होइन, अरु पनि खनिजइन्धनहरु निकालेका थियौँ । त्यहाँ हामीले चिनो लगाइराखेका थियौँ । अहिले सरदारले लुटेर खाने नीति लिएका कारण यस्तो हामी पछि पर्यौँ । हामी अहिले सरदारको आज्ञा बमोजिम ढुङ्गे युगमा बस्न बाध्य छौँ । हामी विवश छौँ ।” भनी सोभ्नियोनका कारण यथार्थ कुराको जानकारी दिएको सम्झाए ।

ती सुन हीरामोति मणिमाणिक्य आदि सम्पत्तिबाट त्यो देशमा ठुला ठुला गगनचुम्बी भवनहरु बनाए , ठुला ठुला करखानाहरु बनाए , जताततै फराकिला लामालामा बाटाहरु सबैतिर बनाए, बाटाका किनारै किनारमा रङ्गिविरङ्गी फुलहरु फलाए । उनीहरुले चिनो लगाई गएर अधुरा छोडेका ठाउँ उत्खनन गरी र ईन्धन, खनिज पदार्थ, धातुहरु निकाली सारा विश्व नै एक गाउँ बनाई सारा विश्वमा चरमचुलीको विकास गरे । त्यत्तिबेलासम्ममा कविलाहरुको पनि होश खुलिसकेको थियो र उनीहरु पनि सोभ्नियोनको शरणमा आई चरमचुलीको विकासमा सहभागी भए , हातेमालो गरे । कविलाहरु पनि अरुको कुरा नमान्ने भएका कारण, अनि आफ्नो हात एउटा भए पनि माथि राख्नुपर्ने पहिले नीति लिएका कारण विकास भइसकेको आफ्नो देश पछि परेकोमा पछुताई अब त्यस्ता कहिल्यैे नगर्ने प्रण गरे ।

सबै देशको सल्लाहअनुसार सोभ्नियोनले गर्दा नै यो चरम विकास भएको निक्र्यौल एवम् ठोकुवा भइसकेको हुनाले सोभ्नियोनलाई सदाका लागि राष्ट्रसंघका प्रमुख बनाए र श्वेत न्यायको साम्राज्य भएको घोषण गरे र सबैले यसलाई सहर्ष भारी मतले समर्थन जनाए । सबै जनातहरु आआफ्ना अधिकारले परिपुर्ण भई राष्ट्र र जनताका लागि कर्तव्यपरायण भई सुखसयलसँग रहँदा भए ।

२०७७ असोज १५
प्रतिक्रियाका लागि [email protected]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *