एउटी नारी शिक्षित भए
परिवारलाई मात्र होइन
पिँढीलाई पनि शिक्षित बनाउन सक्छिन्
त्यसैले नारी विकास हुन्
नारीलाई दूर दराजमा होइन
पुरुषसँगै समानान्तरमा ल्याउनुपर्छ
नारीले संसार राम्रो बनाउन सक्छिन्
कठोर अत्याचार हुँदा
धेरैधेरै तलसम्म गिराउँदा
स्नेही भनेर
शान्तिका प्रतिक भनेर
सहनशीला भनेर
धेरै खप्की खाएर बस्नु हुन्न अब
नारी मौन मात्र हुनुहुन्न आज
इज्जतका खानी नारी नै हुन्
पुरुषले यसबाट सिक्नुसक्नुपर्छ
नारीले पनि आवाज उठाउनुपर्छ
नारीले सबैलाई मातृत्त्व प्रेमले हुर्काए
तर मातालाई सम्मान गर्दैनन् सन्तानहरु
नारीमाथि भेदभाव व्याप्त छ
यो दूषित पर्दालाई च्यात्नुपर्छ
नारीकै उत्प्रेरणाले
ठुलाठुला नेता जन्मिए
नारीकै रेखदेखमा
नारीकै हेरचाहमा
ठूलाठूला ऋषि–महर्षि भए
नारीकै आडमा
धेरै व्यक्ति माथि पुगे
तैपनि
पुरुष प्रधान समाज छ
पुरुष प्रधान इतिहास छ
नारी सङ्कुचित बनाइएकी छ
तर छैन नारीलाई स्थान
नारीकै आदर्शले पितृसत्ता थेगेको छ
तर नारीलाई नै दमन छ ब्याप्त
नारीलाई हेला नगर
दमन धेरै छन्
अबला होइनन् उनी
नारीकै ममत्त्वमा जिएका छन् सबै
नारीले परिश्रम गर्नुपर्छ
अवाञ्छित क्रियाकलाप रोक्नुपर्छ
अनि
उत्पीडन हटाउनुपर्छ
त्यसरी
आफ्नै खुट्टामा उभिन सकिन्छ
संसार नारीको पनि हो
जति पुरुषको हो
नारीको जगमा संसार सारा छ
यसको असली हकदार नारी नै हुन्
छोरी कसैको भूल होइन
उनी कसैकी गुडिया होइनन्
उनले जन्मनु अभिषाप होइन
नारी जन्मनु कुकर्मको भोग होइन
नारी नै सरश्वती
त्यसैले
नारी जहाँ हुन्छिन् त्यहाँ बिद्या हुन्छ
त्यस्तै
नारी नै लक्ष्मी
नारी जहाँ हुन्छिन् त्यहाँ बैभव हुन्छ
योभन्दा नारीले माथि उठ्नुपर्छ
आवश्यक परेमा डट्नसक्नुपर्छ
आलोचनासँग डट्नुपर्छ
नारीले काली हुनुपर्छ
शत्रुलाई चिन्नुपर्छ
अन्ययका विरुद्ध हुँकार गर्नुपर्छ
संहार गरी परास्त गर्नुपर्छ
असत्यको खेल धेरै छन्
सबै संस्कारका पर्दाबाट नहेर
सत्यसँग हेर
नारीले पनि हेर्न पाउनुपर्छ
नारी गान्धारी होइनन्
नारीलाई सम्मान गर
नारी आत्मा हुन्
नारीमा परमात्माको वास छ
नारीले के गर्न सक्दिनन्
नारी तिमी उठ
नारीले विजय हुनुपर्छ
आकाश छोएर देखाउनुपर्छ
आकाश छोएर देखाउनुपर्छ
२०१८ नोभेम्बर २८ बुधबार
विजु सुवेदी “विजय”
भकतजन मार्ग, कुलेश्वर
bijusubedi@gmail.com
