Skip to content

सर्वसाधारण, कोरोना र ठूलो चाड

लकडाउनको समयभन्दा अनि निषेधाज्ञाको समयभन्दा अहिले विश्वका प्राःय ठाउाहरुलाई कोरोनाले गाँजेको छ । निर्मूल भयो भनी पार पायो भनेका ठाउँहरुमा पनि दोस्रो चरणको महामारी भनी उनीहरु सजग भइरहेका छन् । यो भाइरसको प्रकृति, प्रवृत्ति बारे अझै वैज्ञानिकहरु निक्र्यौलमा पुग्न सकिरहेका छैनन् । रातदिन अनुसन्धानरत छन् । उपचारको औषधि पत्ता लगाउन अब थोरै समयमात्र बाँकी छ भन्ने समाचारहरु पनि बाहिर आइरहेका छन् । केही ठाउँमा भने पत्ता लागेर पनि परीक्षणपछि सार्वजनिकीकरण गर्ने भन्ने समाचार आइरहेका छन् । यस्तोमा सकारात्मक कुराको पर्खाइ गरेर सजग रहनुबाहेक अरु उपाय देखिँदैन ।

यस्तोमा हाम्रो देशमा सक्नेले परीक्षण गर्छन्, सामाजिक सञ्जालमा आफ्नो मैमत्त प्रदर्शन गर्छन् । नसक्नेलाई राज्यले परीक्षण गर्छ भनी सञ्चार माध्यमले फलाकिरहन्छन् तर फगत बोलीको मात्र । व्यवहारमा त्यो लागू नभएपछि सर्वसाधारण जनता हतोत्साही बन्न पुग्छन्, किनकी उनीहरुसँग यो महामारीको मन्दीको समयमा, खाना जोहो गर्ने सुद्ध पैसा हुँदैन । उनीहरुको १…१ पैसा अनमोल हुन्छ । यस्तोमा फेरि सञ्चार माध्यमले सकेसम्म खानाले ठेल्दा पनि इमिनिटी पावर बढी हुन्छ भनी गरीव जनतालाई हतोत्साही बनाइरहन्छन् । फेरि स्थानीय निकायको विज्ञापन पनि प्रशस्तै आउँछन् र भन्छन् कि “तुरुन्तै फोन गर्नुस् “यो यो नम्बरमा” सेवा दैलोमै हुन्छ, राज्यको यो नागरिकप्रतिको कर्तव्य हो ।”

जब यो भुक्तभोगीलाई पनि घरधनीले भाडा दिन लगाउन इल्लीविल्ली पारेपछि फोन गरेको थियो ती ठाउँठाउँमा जहाँ सरकारी निकायले मद्दत गर्छु भनेका थिए । उसका चिनेजानेका संघसंस्थाकाहरुले पनि कसैले पनि फोन उठाएनन् , सामाजिक सञ्जालको एसएमएसमा पनि कसैले प्रतिक्रिया जनाएनन् । जबकी उनीहरुले कोरोनामा यत्ति सेवा गरेँ उत्ति सेवा गरेँ भनी सामाजिक सञ्जालमा एनजिओलेसरि पैसा कमाउन विज्ञापन गरेजस्ता देखिन्छन् । महानगरपालिकामा सुद्ध फोन गर्दा कसैले उठाउँदा रहेनछन् । सरकारी वेभ साइटमा कमसेकम यस्ता सम्पर्क नम्बरहरु नराखी बरु “हामी यो यो कारणले विवश छौँ” भन्नुपर्ने । तर यो इमान्दारीता अर्को युगमा पनि होलाजस्तो लागेन । यस्तोमा सर्वसाधारण जनता झन् उदासिन हुनजाने देखिन्छ । मलाई लाग्यो सर्वसाधारण जनताहरुको धैर्य टुटिसक्यो, उनीहरु अब अर्को विकल्पको खोजीमा छन् र यी जनताहरुले अवश्य नै अर्को चुनावमा अनि जनताको आफ्नो ठाउँमा अवश्यनै यिनीहरुलाई ठेगाना लाउनेछन् ।

हाल अब कोरोनाको परीक्षण गर्ने हो भने प्रायःलाई लक्षण देखा परिरहेको छ । यो रोग लाग्दा हल्का ज्वरो आइरहने अनि खाना मीठो नहुने अनि धरै गाँजेको छ भने दिसा पनि धेरै पातलो हुने रहेछ । यसबाट बच्न सवभन्दा पहिलो कुरो त मानसिक स्थिति बलियो बनाउन सक्नुपर्छ । यो नै सबैभन्दा ठुलो औषधि हो तर सबैतिरबाट सहाराविहीन भएका सर्वसाधारणहरुलाई उनीहरुको अति न्युनतम कुराहरुमा राज्यले ध्यान दिएमा अनि उनीहरुको खोसिएको रोजीरोटीरोजगारीमा ध्यान दिन सकेमा अनिमात्र उनीहरुको मानसिक स्थिति मजबुत हुने छ । सर्वसाधारणले रोजगारी गुमाउनु नपर्ने स्थिति सिर्जना भएको खण्डमा यसबाट पार पाउन सजिलो हुने थियो तर अहिलेसम्म यो सत्ता सञ्चालकहरुमा यसप्रति कुनै कार्यक्रमहरु छैन, अनि अलिकति पनि हीनताभाव पनि छैन । यो अत्यन्तै दुःखद पक्ष हो ।

जहाासम्म यो रोग विरुद्धको सजगताको सवाल छ, मान्छेहरुमा अझै सजगता देखिन्न । सबैजना हुल बााधिएर झुम्मिनमा अझै व्यस्त छन् । सकेसम्म डिजिटलबाट सबै कुरा गर्नु आजको आवश्यकता हो तर केही खाना त जोहो गर्न नसक्नेहरुका लागि यो डिजिटल भन्ने कुरा पनि आकाशको फल आँखातरी मर भनेसरि छ । जस्तो जे भए पहुाच भएकाहरुमा पनि यत्ति पनि सजगता देखापरिरहरेको छैन ।

कोरोनाको महामारीबट बच्ने तीन मन्त्र छन्, यसबाट नै ज्यान अमृत प्राप्त हुन्छ । स्वास्थ्य सुरक्षका सचेत उपायहरुमा १ सफा सुग्घरमा ध्यान दिनु । २ सामाजिक दूरी कायम गर्नु । र ३ मास्कको प्रयोग गर्नु । तर यत्ति सिकाउन पनि आजका २१औँ शताब्दीमा दिग्गजहरुको वेवास्ता जताततै छताछुल्ल देखिएका छन् । यो नै महामारी फैलिनुको चूरो हो । सुरुमा रुघाजस्तो लक्षण सुरु हुनेबेला केही छैन भने तातोपानी, बेसारपानी वा तात्तातो नेपाली जडिबुटी अनि ज्वानो, गुर्जो, आदिले ठेलेर पनि यसबाट पार पाउन सकिन्छ । तर खानाकै जोहो गर्न गाह्रो पर्ने सर्वसाधारणले यसबाट कसरी लाभ लेलान् ? यो अर्को ज्वलन्त प्रश्न हो । भोको पेट सबैभन्दा ठुलो समस्या हुँदो रहेछ । राज्यलाई यसप्रति ध्यानाकर्षित गराउन चाहन्छु ।

निम्न मध्यम वर्गीयहरुले पनि सकिनसकी र्याल परीक्षण गरेर पैसा गुमाएर पौष्टिक खाना खाने खर्च घटाउनुभन्दा लक्षण देखा परेमा बरु त्यही पैसाले गेडागुडी, दूधजन्य पदार्थ सेवन गर्नु आजको समयको माग हो । अपितु मेरो लक्षण देखियो, मसँग सम्पर्कमा आएकाहरु सजग रहनुहोला भनी रवाफ प्रदर्शन गर्नुको कुनै तूक छैन ।

भनिन्छ नि हाम्रो आत्मा नै शरीरको दरवार हो । आत्मा सन्तुष्ट पार्न राम्रो काम गरौँ । यो नै सबैभन्दा ठुलो धर्म हो । आत्मा सन्तुष्ट हुन अरुलाई दुःख दिनु हुँदैन । यसैलाई आत्मसाथ गर्नु सबैभन्दा ठुलो कर्तव्य पनि हो । यसरी नै आत्मालाई आनन्द पारौँ । यही आत्मालाई खुसी पार्न चाडवाड भनी यसपाली हुल नवाधौँ ।

जाँडरक्सीमा मैमत्त नवनौँ । किनकी यो महामारीले कमजोर मानिसलाई तुरुन्तै खिल्लिविल्ली पार्न सक्दछ । विश्वलाई कारोनाले गााजिरहेको बेला पनि हामीलाई छुन नसक्नुमा हाम्रो पाचन शक्ति पनि हो । विश्वका प्रायः ठाउँमा जङ्क फुडको प्रचलन भएको दयनीय अवस्था भइरहँदा अर्को कारण हामी सँस्कृतिका धनीभएको देशका नाताले परम्परादेखि चलिआएका वैज्ञानिक रीतिरिवाज अनि अर्गानिक खाना खाने चलन त्यस्तै सर्वशक्तिमानप्रति अभेद्य आस्था हुनाका कारण पनि हो । यसले गर्दा हामीलाई कारोना अनि योजस्ता अरु भाइरहसहरुले असर पार्न नसकेको यथार्थ छर्लङ्ग पनि छ । धेरै पुराना खानेकुराहरु पनि नखाऔँ किनकी यस्ता खानामा हाम्रो शरीर दुर्वल पार्ने व्याक्टेरियाहरु प्रशस्त हुन्छन् ।

हाँसौँ, खेलौँ रमाऔँ मोजमस्ती पनि गरौँ तर मैले माथि उल्लेख गरेका आम सर्वसाधारण जनताहरुको जीवनस्तर माथि उठाउन हरेकले आआफ्नो तर्फबाट पहल गरिदिऊ । स्वास्थ्य सजगता पनि अपनाऔँ । राज्यसरकार पनि अब भाषण मात्र होइन यथास्थानमा तत्कालै तुरुन्तै फलको गन्तव्यतिर लाग्ग्नुपर्ने टड्कारो आवश्यकता भएको छ । सबैलाई म यत्ति भन्न चाहन्छु आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकारको पनि ख्याल राखिदिनुहोला र उहाँहरुको अधिकार नखोसिदिनुहोला ।

यी माथिका कुराहरुलाई मध्यनजर गर्दा हामीले हाम्रा वैज्ञानिक परम्परा पनि जोगाउनु आवश्यक छ । अनि हामीले यसलाई समयको मागअनुसार अझै परिस्कृत गरी थप प्रभावकारी बनाउँदै लैजानु् पनि पर्दछ । जस्तो कि एक उदाहरणका लागि मानिस मर्ने बेला किरिया बस्ने कुरा । यो अहिलेको आइसोलेशन सँग मिल्दो छ । यसैबट प्रष्ट छ कि हामीले हाम्रा पहिलेका चलनहरु किन गरेका रहेछौँ भन्ने भुल्न थाल्यौँ । अब यस्ता गूढ रहस्यहरुबाट लाभ लिन विदेशीले देखाइदिने होइन हामी आफैले यसबाट गोताखोरसरि हीरामोतीका देनहरु हाम्रा जनजीवनमा प्रशस्त लाभका लागि मार्गप्रशस्त गर्नुपर्ने देखिन्छ ।

पहिलो यो हाम्रो ठूलो चाडको सेरोफेरोमा अनि दोस्रो कोरोनाले गाँजेको यो समयमा अनि त्यस्तै थिलथिलो भइ बसेका यी दुई कुराबाट अनभिज्ञ सर्वसाधारणजनताहरुप्रति सहानुभूतिका कर्तव्यभावहरु सबैजनाले लाभ प्राप्त गरुन् भन्दै पोखेको छु । यसलाई सबैजनाले मनन गरिदिनुहुनेछ भन्ने आशा एवम् विश्वास लिएको छु । साथै आफ्ना अनुभव अनि थोरै यसबारे कहरहरु पनि पोखेको छ्ु । यसलाई सबै जनाले मनमुटुले मनन गरी समाधानतर्फ हात बढाइदिनुहुन विनम्र अनुरोध पनि गर्दछु ।

सत्य, त्याग र बलिदानको निष्ठा, सत्यको विजय भएको उपलक्ष्यको यो हाम्रो महाचाड घाँटी हेरी हाड निल्नुपर्छ भन्दै यसपालीका हाम्रा चाडपर्वहरु अनि दशैँ पनि यही अनुसारको मनाइदिनुहोला भनी शुभकामना व्यक्त गर्दछु ।

२०७७ कार्तिक ९
प्रतिक्रियाका लागि bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *