Skip to content


पापी पेटको प्रश्न हुने सबैलाई कामै प्यारो
अराएर खाई पेल्नुहुने सबैलाई दामै प्यारो

सुस्तसुस्त भो राज्यका सबै सन्यन्त्र
अल्छी छ जाडोमा सबैलाई घामै प्यारो

लकडाउनले प्राइभेट जागिर सब चट भो
भोको भो पेट तब सबैलाई मामै प्यारो

गरीब मरे मरुन् आफू मरेपछि पनि
धार्मिक भनाउँदो सबैलाई धामै प्यारो

दुनियााको प्रवृत्ति देखी हैरान भो त्यसैले
मायाप्रेम त्यो बर्सिने सबैलाई गामै प्यारो

२०७७ कात्तिक १३
बिजु सुवेदी विजय
प्रतिक्रियाका लागि bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *