Skip to content

नारी तिमी अघि बढ

कति अँध्यारामै रम्ने बानी गर्ने
उज्यालोका पाटा पनि धेरै छन्
हेर्नैै पर्छ त्यहाँ तिमीले
घाम छ, जुनेली उज्यालो रात छ
पुरुष जत्तिकै प्रकृतिकै वरदान छ
नारीको समाधानका लागि
एनजिओहरु छन्
जागरण कार्यक्रमहरु छन्
डलरको खेती खुबै गर्छन्
नारीका समस्या ज्युा का त्युँ नै छन्
त्यसैले
आफैँ उठ्नुपर्छ
एक नारीका लागि सबै जुर्मुराउनु पर्छ
सबैको हक त्यहीँबाट आउँछ
कुनै कुरामा कमी छैन
गम्भीर मात्र बन्ने होइन
समस्यासँग जुझ्ने बानी हुनुपर्छ
हातमा हात मिलाउनुपर्छ
काधमा काँध मिलाउनुपर्छं
सहरकी दिदबिहिनी मात्र नारी होइनन्
ग्रामीण आमा पनि नारी नै हुन्
उनलाई पनि त्यत्ति नै हक छ
जत्ति तिमीलाई छ
कानुनमा न्याय छ
सबैलाई ज्ञान छ
आज कुन्नि के भएर
कहिँ कतै पनि
स्वतन्त्रता छैन
समानता छैन
सामाजिकता छैन
पितृसत्ताको विभेद व्याप्त छ
रुढिवाद छ
अन्यौल छ
दुराचार छ
कतै बोक्सी बनाइएकी छ
कतै छाउगोठमा पिल्सिएकी छ
जताततै सबभेद व्याप्त छन्
नैतिकताको मानाँङ्क छैन
अत्याचारको पराकाष्ठा छ
कसैले केही गर्दैन
उपचार हमीले नै गर्ने हो
समाजलाई हामीले नै बढाउने हो
त्यसलाई चिर्नुपर्छ
जरैदेखि उखेल्नुपर्छ
त्यसैले
शिक्षित भएर मात्र हुँदैन
सचेत हुनु पर्छ
शिक्षामा सचेतताको उमङ्ग जोड्नुपर्छ
प्रविधिको विकास छ
सबैको हातमा कलम मात्र होइन
कम्प्युटर छ
इन्टरनेट छ
सामाजिक सञ्जाल छ
वेभसाइट छ
आवाज उठाउने ठाउँ पनि व्याप्त छन्
आफुले पीडा पाए पनि
सहन हुन्न भन्ने सिक्नुपर्छ
हर ठाउँमा सिकाउनुपर्छ
एउटा राम्रो आवाजलाई
सशक्त आवाजमा बदल्नुपर्छ
आवाजलाई बुलन्द पार्नुपर्छ
राम्रो सँस्कार दिनुहोस् आमा
आउने पिँढीलाई विश्वास गर्नुहोस्
तपाईले अभिभावकलाई आदर गरे जसरी
सचेत हुनेछन् तिमीमा आजका नारी पनि
जिन्दगी एक सङ्घर्ष हो
यो त झन् सामाजिक सङ्घर्ष हो
घाउ हुँदा ऐया भन्न सिकाउनुपर्छ
एक एक गर्दै
अनि पो पीडा बुझ्ने आउँछन्
त्यसैमा हातेमालो जोड्नुपर्छ
उपचार हुन्छ अवश्यै
समाजमा फोहोर व्याप्त छ
सुरुवात आफैँबाट गर्नुपर्छ
बाधा अड्चन आउँछन्
कालो मेघ वर्षेपछि
आकाश सारा सफा हुन्छ
यो प्रत्येकले बुझ्नुपर्छ
यो प्रत्येकले गर्नुपर्छ
समाज सुन्दर हुन्छ
यसरी नै समाज विकास भएको हो
समाज बिकास हुँदै जान्छ
तिमीमा नै यो सामर्थ्य छ
तिमीले अघि बढ्नैपर्छ
तिमीले पाइला चालिदेऊ
नारी तिमी अघि बढ
नारी तिमी अघि बढ

२०१८ नोभेम्बर २७ मङ्गलबार
विजु सुवेदी “विजय”
भकतजन मार्ग, कुलेश्वर
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *