जब म हिड्छु तब कतै रुक्दिन ।
आँधी सुनामी क्यैसँग कबै झुक्दिन ।।
शिर निहुराई आत्मसमर्पण गर्दिन,
खुलेआम हिँड्छु त त्यसैले कतै लुक्दिन ।
घरले मलाई मनको नाता टुटायो,
साथीत्त्वमा हिँड्छु ज्यानदिनै चुक्दिन ।
साथसाथ हिँड्ने बानी छ मेरो,
साथीविना एक्लैएक्लै कतै पुग्दिन ।
हाँसीहाँसी हिँड्छु दर्दलाई जित्छु ,
हतोत्साही बनी विह्वलपन भै सुक्दिन ।
२०७७ माघ १०
बिजु सुवेदी विजय
प्रतिक्रियाका लागि bijusubedi@gmail.com