Skip to content

ks

एक बचन बोल मात्रै

  • by

एक बचन बोल मात्रै, फर्केर आइदिन्छु
भए नि कोहीसँग, तर्केर आइदिन्छु

ढुकढुकी बन्न मात्रै, पाए तिम्रो मनको
चाहिदैन नाना-भाँती, बर्केर आइदिन्छु

हल्ला गरेर भन तिमी के पाउछौ

  • by

हल्ला गरेर भन तिमी के पाउछौ
भत्किएको घरको छानो किन जलाउछौ ?

म त मर्छु तिमी लाख जुनी बाँच है
म त झर्छु तिमी फूलसरी हाँस है
झुटो रैछ जिन्दगी यो झुटो रैछ तिम्रो माया
कसम कसम तिम्रो कसम चिनेनछु आफ्नै छाया

दुखेन यो मन कहिल्यै

  • by

दुखेन यो मन कहिल्यै पहिले दुख्यो आज जति
बन्द यो ओठ छ होश गुम छ आँशु त कतिकति ?

ओईराएँ भएभरको माया हृदय रित्त्याएर
कठोर् रैछ मुटु तिम्रो रहेनछ माया एक रत्ति

“छरिएका कविता” मा अभिव्यक्तिएको देशप्रेम

  • by

यस समाजमा रातलाई दिन र दिनलाई रातका रुपमा हेर्ने र आफ्नो स्वार्थको घैलो टन्न भर्ने व्यतिmहरुको कमि छैन । हामी उज्यालोका उपासक हौँ । रात नवितीकन उषाको आगमनको इच्छा राख्नु भुल हुन्छ । रातको सन्त्रासयुक्त कहर काटेपछि मात्र दिन पाउने रहर पूरा हुन्छ । यस्ता रातका उपासकहरुबाट राष्ट्रलाई नबचाए राणा शासकले, पञ्चायती निरंकुस व्यवस्था र शासकहरुको कुर्सीमोह एवं हानथापले पछि पारिएका हामी कहिल्यै अघि सर्न सक्दैनौँ । हृदयदेखि नै मन, वचन र कर्मले राष्ट्रप्रति प्रेम दर्साउनेहरुको ताँती पनि हामीकहाँ लामै छ । त्यस ताँतीमा काव्यात्मक क्षमता सहितको कलम लिएर उभिएका समकालीन पुस्ताका एक चर्चित साहित्यकार हो- रामविक्रम थापा ।

अस्वीकृत पुरस्कार

  • by

‘बधाई छ – यो सालको … पुरस्कार तपाईको नाममा घोषणा गर्न पाउँदा हामीलाई सीमाहीन खुशी लागेको छ !’

‘‘आभारपूर्वक धन्यवाद” – आश्चर्यचकित मनस्थितिमा उसले दूरभाषयन्त्रबाटै प्रत्युत्तर दियो ।

‘‘यो छयासीवर्षे उमेरमा … फेरि यस्तो विकट पहाडी गाउँमा बस्दो सम्पर्कहीन म जस्तो बबुरोलाई ! कसले, कसरी सम्झिएर राजधानीको यस्तो पुरस्कार मेरो भागमा पर्यो ?”

हात खुट्टा सग्लो भए (केही मुक्तकहरू)

  • by

हात खुट्टा सग्लो भए गरिब हुन्न कोही
जस्तो ज्ञानी भए पनि सरिफ हुन्न कोही
आफ्नो भाग्य भोग्नै पर्छ दरिलो बन्नु सधै,
खुशी लिन्छ दू:ख बाड्न सरिक हुन्न कोही ।

मेरै यादले सपनीमा कराउँछ्यौ

  • by

मेरै यादले सपनीमा कराउँछ्यौ रे अचेल
लेकबेँसी गर्दा गर्दै टोलाउँछ्यौ रे अचेल ।

बिछोडको बियोगमा मुर्छा पर्दै एक्लै बस्दा
याद आउँदा तस्बिर हेरी हराउँछ्यौ रे अचेल ।

तिम्री स्वास्नी

  • by

एउटा सामान्य सेमिनारबाट नै उनले मलाई राम्रोसँग चिनेका रहेछन् । हुन त त्यसभन्दा अगाडिबाट नै उनले मलाई चिन्नको लागि धेरै प्रयास गरेका रहेछन् । आफू चिनेको र भेटेको प्रत्येक व्यक्तिसँग मलाई चिनाइदिने अनुरोध गर्दा रहेछन् । त्यस अवसरमा कतिले चिनेको छैन भनेर उनलाई निराश पार्दा रहेछन् त कतिले ‘भइहाल्छ नि, उहासँग मेरो राम्रै सम्बन्ध छ त्यसैले तपाईलाई उहासँग परिचय मात्र होइन तपाईको चाहना अनुसार घनिष्ठ मित्रता कायम गराइदिने छु’ भन्दै उनलाई भुल्याउने गर्दा रहेछन् ।

यति छिटै जिन्दगीका पाटाहरू फेरिएछन

यति छिटै जिन्दगीका पाटाहरू फेरिएछन
थाहै नपाई गन्तव्यका बाटाहरू फेरिएछन

हृदयलाई बिच्छ्याएर माया प्रेम सजाएको
स्नेहालु त्यो आँगनीका माटाहरू फेरिएछन

कतार बसाइ र मेरा अनुभूतिहरू

  • by

देशको राजनीति उथुलपुथल र केही आफ्नै नितान्त व्यक्तिगत बाध्यताले घरदेश छाडी परदेशको यो खाडीमा पाइला टेकेको पनि कति छिटै छ वर्ष पुग्नै लागि सकेछ । पछाडि फर्केर हेर्दा कहाली नै लाग्ने भैसकेछ ।

हाल देशको राजनीतिले केही आशा लाग्दो किरणहरू छर्दै गरेको अवस्थामा मेरो जीवनले पनि निराशपनलाई केही हदसम्म भए पनि पन्छाएको पाएको छु । यतिखेर म जिन्दगीको परिभाषा बुझ्न सक्ने भा’छु ।

बाठा मच्छडहरू

  • by

प्रिय मित्र भुनेश्वर,

वाल्यसखाको न्यानो सम्झना !

म यहाँ सुखी र खुशी छु । त्यहाँ तिमी पनि कुसल मङ्गल छौ भन्ने कुरामा आशावादी छु । यो लक्ष्मणेले किन चिठी लेखेछ भनौला । एउटा विशेष कामले नै चिठी लेख्न बसेको हुँ । त्यो विशेष कामका वारेमा अहिले नै बताइहालेँ भने ममाथि अन्याय हुनेछ, मेरो अन्तस्करणमा खलल पुग्नेछ भन्ने पक्का छ ।

रक्सीमाथि दुई टुक्रा

  • by

१)
सपना बोकेर आइदिने रातहरूलाई एउटा सलाम
सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम
सजिलैसित जिउने एउटा मीठो निहुँ पाइएको छ
रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम ।

उन्को छायाँ बनी बाच्ने चाह

  • by

उन्को छायाँ बनी बाच्ने चाह युगौ-युगसम्म ल
मन्को चोखो माया गाँस्ने चाह युगौ-युगसम्म

दु:खै दु:ख झेल्दै कति हिड्नु एक्लो यात्री बनी?
भुली लाखौ पिर हास्ने चाह युगौ-युगसम्म

नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा सहकारीको भूमिका

  • by

पृष्ठभूमि

इतिहासका पानाहरू पल्टाउँदा समाजका विभिन्न क्षेत्र र पक्षमा देखिएका समस्याहरूमध्ये प्रायः ठूलोबाट होइन, सानैबाट झाङ्गिएर क्रमशः विशाल भएका देखिन्छन् । चाहे राष्ट्रिय समस्या वा सामाजिक/सामूहिक तथा पारिवारिक समस्या नै किन नहोऊन्- तिनको जड प्रायः सानोबाट सुरु भई क्रमशः विशाल रूप लिँदै ध्वंस-विध्वंसको स्थितिसम्म पुग्ने गरेका देखिन्छन् । यसरी समस्याले सानोबाट पदार्पण गरेर ठूलो रूप लिँदै धेरै किसिमका गम्भीर क्षतिहरू व्यहोर्नु परेको छ । इतिहासका यस्ता थुप्रै घटनाक्रमहरू नेपाली जनतामाझ ताजै छन् ।

आखिर सबै संसार मास्ने हुन्छन्

  • by

आखिर सबै संसार मास्ने हुन्छन् अभागीको
पिर ब्यथा मनका कस्ले, सुन्छन् अभागीको ।

जो ओराली लागेको छ त्यसैलाई खेद्दै सबले
बिना काममा फसाउँदैजाल, बुन्छन् अभागीको ।