Skip to content

ks

न तिमी रहन्छौ, न म रहन्छु

  • by

न तिमी रहन्छौ, न म रहन्छु घमण्ड, इर्ष्या नगर प्रिय
परिक्षा दिन आएका हामी भोलिलाई दुःख नभर प्रिय

हाम्रो सपना जल्यो त के भयो शरीर जलेर जान्छ भोलि
यी रमिते माँझ क्षणिक सुख भोगेर तल नझर प्रिय

प्रेम जीवन मात्र हैन मृत्यु पनि

  • by

प्रिय मित्र,

कान हुनेसँग शब्द सुनाइन्छ, मन हुनेसँग मन साटिन्छ । अहिले तिम्रा लागि भनी शब्द सुनाउनुको कुनै अर्थ छैन । तिमीकहाँ मेरो मन पठाउने ध्येयले निरर्थक शब्दहरूको लहर बनाउँदै छु । घर जलिसकेपछि दमकल आउनुको कुनै मूल्य हुन्न । मन बुझाउने प्रयत्नस्वरूप मन खोल्दै छु । सिकेका सबकहरू फैलाउँदै छु । एक छोरी र एक छोराले घेरिएकी, काखमा तिम्रो अनुहार हेर्न नपाएको गर्भे टुहुरो छोरालाई लिएकी, रूञ्चे र श्वेत वस्त्रमा प्रस्तुत भएकी, बेल्टारको कुनै घरको आँगन पोलेर भित्र्याएकी तिम्री धर्म पत्नीको दिनचर्या केवल घाम ताप्नुछ, तिम्रै यादमा आँसु बगाउनुछ र पछुतोका शब्दहरू जोडेर एक्लै, एक्लै बरबराउनुछ ।

घुँडा टेकी साथ माग्नुभन्दा

घुँडा टेकी साथ माग्नुभन्दा पराई हुदैछु
माया भनी पछि लाग्नुभन्दा पराई हुदैछु

आँशु बगी ताल जम्दा याहाँ पाईन साथ त्यो,
मर्यादाको रेखा नाग्नुभन्दा पराई हुदैछु

दुई मुक्तक (आजभोलि, जीवनदेखि)

  • by

मैले भनेँ –
आजभोलि निकै सस्तो भएको छ मेरो नाम
मुस्लिमले अल्लाहको ठाउँमा जपे जस्तो राम ।
जस्तै बोटमा फुलेपनि सुगन्धित भै झुलेपनि
बाटोमुनि फुल्ने फुलको मन्दिरमा छ र के काम ?

पर्खिएर तिम्रै बाटो

  • by

पर्खिएर तिम्रै बाटो हेरी बसेँ गाउँमा प्यारा
कस्तो छ नि तिम्लाई अचेल बिरानो यो ठाउँमा प्यारा ।

गाँस बास कमाई गरी खाने बाटो छैन देशमा
जानु पर्यो बिदेशीको आखिर आज पाउँमा प्यारा ।

मेला पर्म अईचो पैचो गरी टार्छु बरु छाक
मेरो लागि आफ्नो जीवन नराख न दाउमा प्यारा ।

वारिपारि दुई आँखा

  • by

वारिपारि दुई आँखा भयो हेरा हेरी
फूलसँग भँवराको मायाँ बस्यो फेरि

सधैं सधैं एक्लै रहँदा छुट्टिएर मुटू
दिन रात सम्झनाले खाने कुटु कुटू
फेरि आज मन भित्र चल्यो आँधी बेह्री
फूलसँग भवँराको मायाँ बस्यो फेरि

सबैका लागि सधैंका लागि त्रुटिरहित नेपाली लेखनका नियमहरू

भूमिका

आमा त्यो आउँछ र ?/‘हो बा, त्यो आउँछ ।
त्यो विहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुण्डिएको, शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ,/त्यसैले ऊ अधर्मसित लड्नेछ ।
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।’
(गोपालप्रसाद रिमालको ‘आमाको सपना’बाट)

अभिषप्त जीवन

  • by

१.
कुनै युग !
बोकेर महादेवको श्रपित जीवन
थाकिनन् गोमा ब्रम्हाणी
पार लगाइन जीवनलाई जसोतसो
सुखद अन्त्यको घाटमा
शास्त्र भन्छ.–
सत्ययुग थियो त्यो ।

20130126_GitaThapa-01

मझेरी भलाकुसारी, अंक १४ (गीता थापा दोषी)

सन्देश दिने, अन्याय अत्याचार बिरुद्द बोल्न साहस दिने, केही शिक्षा दिने उपयोगूी रचना गर्न रुचाउँछु । हाम्रो देश र समाजको लागि अहिले यस्तै उपयोगि रचनाहरूको खाँचो छ जस्तो लाग्छ ।
अरुको रचना पनि पढ्ने बानी बसालौ ।
साहित्य भनेको जीवन र जगत बुझाउने सुन्दर माध्यम हो ।
अहिलेसम्म हामी विदेशी लेखकको प्रशंसक भएर बाँचेका छौ । अब हामीले आफ्नै कला र साहित्यलाई माया गर्नुपर्छ र विश्व बजारमा पुर्याउन सहयोग गर्नुपर्छ भन्न चाहन्छु ।

सधैं हुन्छ र रात ?

  • by

सधैं हुन्छ र रात ? अब त उज्यालो छाउनैपर्छ
प्रकृतिको नियम छ दु:खपछि सुख आउनैपर्छ

जति गर्नु गर्‍यौ थिचोमिचो अन्याय अत्याचार
कानुनी राज्य भए अब त निसाफ पाउनैपर्छ

अशान्तिको आगो सधैँ दन्किएर

अशान्तिको आगो सधैँ दन्किएर देश डुब्यो
सीमानामा वैरीहरू तन्किएर देश डुब्यो

आफ्नो औकात बिर्सिएर ठूलाठालू बन्दै हिड्ने
च्याऊ जस्ता नेता सबै सन्किएर देश डुब्यो

स्वागत छ आफ्नै घर

  • by

डाँफे गीत मधूर, सुनाउँछ जहाँ, डाँडा पखेराहरु,
झ्याउँकीरि कराउँछन् रातमा, दिन्‍मा चखेवाहरु,
टल्कन्छन् टलक्क हिमाल चुचुरा अग्ला ति कैलाशमा,
झुल्कन्छन् रवि पूर्वमा दिइ छटा, नेपालका गाउँमा ।

हाम्रा ताल, नदी, पहाड हरिया, भन्ज्याङ्ग सोताहरु,
छन् राम्रा झरना, बगेर शिरमा, खूशी यि खोंचाहरु ।
आँखाले पनि देख्दछन् पर अझै, ती सम्म वारीहरु
ठूला जङ्गल सालका लदवदी, बाक्ला ति घारीहरु ।

जीवन अनि जगत बुझेर

  • by

जीवन अनि जगत बुझेर अघि बढ्नुहोस
समयसँगै मान्छेको बिचारहरू पढ्नुहोस

संकट बने पर्खाल, हारेर हुन्न कहिले नि !
मिल्नेछ सफलता त्यो, हिम्मत कसी लड्नुहोस

किन यिनलाई पत्याउनु

  • by

किन यिनलाई पत्याउनु देश डुब्ने भैगो
कति हाम्लाई अत्याउनु देश डुब्ने भैगो

खप्नु सम्म खपी सक्यौँ, सधैँ झुक्याएर
कहिले सम्मन् रत्याउनु देश डुब्ने भैगो