ks
जाडो बढेको रात (लघु-कथा)
पुरानो ग्राभेलिङ् गरेको सडकको बाटोमा म सधैँजसो एउटा पुरानो स्कुटी हाँकेर अफिस जाने गर्थें । चौबाटो सडकको पल्लो छेउमा पिपलको रुखमुनि हसिलो अनुहार गरेकी एउटी बुढी आमा (सायद उमेरमा त्यति बुढी होइनन कि ?) उनलाई हेर्दा येस्तो लाग्छ कुनै पिर चिन्ता नै छैन । एउटा पोकोमा अडेस लगेर सधैजसो बसिरहेकी हुन्थिन । मैलो टालेको कपडा लाएकी छेउमा प्लास्टिकको झोलामा केही फ्याकेका कपडाहरू, बासीभात पाउरोटीका टुक्राहरू छेउमा राखेकी हुन्छिन ।
आकांक्षको चिता नाटकको सङ्क्षिप्त अवलोकन
परिचय
कालिका एफ. एम.को बार्षिकोत्सबमा माधव बहादुर पोख्रेललाई देख्ने मौका हिडदाहिड्दै मिल्यो र आकांक्षको चिता नाटक सप्रेम उपहार पनि प्राप्त भयो तर उहाँ र मेरो बीचमा राम्रो परिचय भने हुन सकेन । यस अवसरमा साहित्यकार हयग्रीव आचार्यज्यूले यस कृतिको समालोचना गरिदिनु होला भन्ने शब्द हिड्दा हिड्दै प्रकट गर्नुभयो । धेरै दिन भयो कृति प्राप्त गरेको तर यसमा मेरो नजर जान समय लाग्यो । आज यसको अध्ययन र यसमा मेरो धारणा राख्ने कामको थालनी भएको छ ।
पत्र एक : प्रसङ्ग अनेक
प्रिय विनोद,
अटुट सम्झना !
यता हामी स–परिवार कुसलमङ्गल छौँ । त्यता तिमी पनि कुसल छौँ र कुसलताका साथ दैनिक जीवनचर्या चलाइरहेका छौ भन्ने कुरामा विश्वस्त हुँदै पत्र लेख्न बसेको छु । निश्चय नै यस पत्रले लामो आयाम लिन सक्छ, धैर्यतापूर्वक पढेर प्रतिउत्तर लेख्ने छौ भन्ने आशामा छु । साथै, यसै पत्रमा अर्को पत्र गाँसिएर आउन सक्छ । अर्कै प्रसङ्ग समेत घुस्न सक्छ ।
मझेरी भलाकुसारी, अंक १३ (बुद्धि मोक्तान)
सत्य कुरा नै लेखाइमा परुन भन्ने चाहन्छु ।
सामान्य गाउँमा पनि एउटा पुस्तकालय होस, … साहित्य समाज होस्, जस्ले … कार्यक्रमहरू गर्ने, गाउँ ठाउँ अनुसारको राष्ट्रिय भाषा, स्थानीय भाषा, जात जाति भाषा जुनसुकैमा सिर्जना सिर्जित गरी वाचन गर्ने, सुन्ने, सुनाउने गरियो भने …
मझेरी भित्रको महानता बुझेर संसारको जुन सुकै कुनाबाट नेपाली साहित्यलाई माया गरेर लेख्नु हुने सबै आदरणीय लेखकहरूको, म पाठक हुँ… सिर्जनशिल र कर्मशिल भएर बाँच्नु नै साहित्यिक जीवन हो ।
–बुद्धि मोक्तान

आऊ साथी पढेर ठूलो मान्छे बन्नु छ
ताज महल सपनाका, ठडाइदिन्छ सहरले
पत्थरले हाने पनि सोचेँ कुनै फूल थियो
ठूलो सानो कथा त सबैसँग हुन्छ
न श्रीमतीको माया न सालीको प्यार ।
मायालु मलाई अँगाल फेरि यो पल आउँछ आउँदैन
गहभरि संगाले सम्झनाहरू झर्न दिइन