उसको निम्ति तिमी हाँसे पनि
म, त् तिम्रै निम्ति हाँस्ने छु
अरुकै निम्ति तिमी बाँचे पनि
म त् तिम्रै निम्ति बाँच्ने छु ..
मेरो जीवन उराठ्ले छाए पनि
तिम्रो जीवन बहरले छाओस्
मैलेदेको माया कुवासरि सुके पनि
उसलेदेको माया सागरसरि होस्
म त् यसै भन्छु प्रिये तिम्लाई
तिम्रो मनमा मलाई नसाँचे पनि
म त् तिम्लाई धड्कनमा साँच्ने छु
तिमी उसको निम्ति बाँचे पनि
म त् तिम्रै निम्ति बाँच्ने छु
तिम्रो नजरमा म त् काँडा भए पनि
मेरो नजरमा तिमी फूलै हुने छौ
र यदी कुरा थाहा छ साथी मलाई
तिमी मलाई सम्झी नरोए पनि
उसलाई सम्झी जरुर रुने छौ
र त् भन्छु म,तिमीमेरो नभए पनि
म त् सँधै सँधै तिम्रै हुने छु
तिमी अरुकै निम्ति रोए पनि
म त् तिम्रै निम्ति रुने छु
तिमी उसको निम्ति मरे पनि
म त् तिम्रै निम्ति मर्ने छु
पिरतीको यो भयानक खेलमा
सायद जितमेरै पो थ्यो कि
तर म तिम्रै निम्ति हर्ने छु
तिम्ले मलाई माया नगरे पनि
म त् सँधै तिम्लाई माया गर्ने छु …..
राज लामा
हाल- दोहा कतार
लम्जुंग सिम्पानी-९ बगैचा
