जब तिम्रो यादको फूल फूल्यो मनमा
तब उही दिन उही रात खेल्यो मनमा
बिददैना यो दिनपनि न’बित्छ यो रात
बस तिम्रै मिठो यादहरु झेल्यो मनमा
मन्दमन्द हावा संगै उड्न मन लाग्छ
खै’केलेहो कुन्नि जोडले ठेल्यो मनमा
छौ’भने आऊ यतैबरु,मलम पट्टि बोकी
तिम्रै झझल्कोले’अत्ति,पोल्यो मनमा
घायल भएको छ मन,बढ्दो छ रोग
शायद’तिम्रै सुन्दरताले,टोल्यो मनमा
राज लामा
हाल-दोहा कतार
लमजुंग सिम्पानी-९ बगैचा
