संघर्षको अंगालोमा, बाँची राख जिन्दगी !!
सुख-दुःख यस्तैरहेछा, हाँसी राख जिन्दगी !!
सृजनाको चौतारीमा, असन्तुष्टि थुप्र्याएर !
अतृप्तताको छहारीमा, बासी राख जिन्दगी !!
निस्पट्ट अन्धकारमा, यादले टुक्राऊदै जाँदा !
निस्ठुरीको नाउँहरुमा, गाँसी राख जिन्दगी !!
सागरको छाल नयनमै, सुकाएर सँधै तिमी !
परेलीको छेउ पानी भै, टाँसी राख जिन्दगी !!
आफन्तकै रङबिरङमा, नाशी राख जिन्दगी !
भूकम्पझै तिमी चार्किदै, भासी राख जिन्दगी !!
D.v.lama
हाल-दोहा कतार
लम्जुंग सिम्पानी-९ बगैचा
