हराउछ त् तिमीभित्रै मेरो मन मैले के गरूँ र
भएको छु तिमीबिना’एक्लो पन मैले के गरूँ र
तिम्रो यादबिना बित्दैन यो,मेरो कुनै दिनहरु
तिम्लाई सम्झी पागलहुन्छ,तन मैले के गरूँ र
नयन भरि आँशुहरु दिएर ,जसले बिर्सी गयौ
उसैलाई धेरै माया लाग्छ,झन् मैले के गरूँ र
धेरै मीठोमीठो वात गर्थ्यौ,योछातीमा टाँसेर
यैछाती बिर्सेर रोज्यो तिम्ले,धन मैले के गरूँ र
भत्काएर झोपडी घरमेरो,महलमा गयौ तिमी
तिम्रोनजरमा मत भएछु,धुलोकण मैले के गरूँ र
राज लामा
हाल-दोहा कतार
लम्जुंग सिम्पानी-९ बगैचा
