Skip to content

सायद यिनीहरूबीच मित छ


रुँदारुँदै मेरो जीवन बित्छ क्यारे
यस्तै यस्तै मायामा रीत् छ क्यारे

माया र आँशुमा अति घनिष्ट देखें
सायद यिनीहरूबीच मित छ क्यारे

एउटा माया छुट्दा, दुई आँखा रुने
अँझै बाँकी मनमा, प्रीत छ क्यारे

झर्दाझर्दै सुक्ने आँशुले, पोल्यो मन
प्रीतमा आगो जस्तै, शित छ क्यारे

टाढा रहेर ‘नि छुन्छ, तिम्ले यो मन
तिम्रै नाउमा बिरह, गीत छ क्यारे

हाल-दोहा कतार
लम्जुंग सिम्पानी-९ बगैचा

First published in Majheri on 2010-05-23 13:11:13 +0545

2 thoughts on “सायद यिनीहरूबीच मित छ”

  1. नखोज्नु है मलाई जन्मभुमिको
    नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा म त उजाड मरुभुमिमा हर्राई सकेछु नसम्झिनु है मलाई कुनै खुशियालीमा म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु सलाम दिन अली salam_din2001@yahoo.com

  2. फुल भनौ जिन्दगी ओइलिएर
    फुल भनौ जिन्दगी ओइलिएर झरिदीन्छ
    काडा भनौ जिन्दगी मुटु बिचमै रोपिदीन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *