Skip to content

छाती मुटु छाडेर अन्तै मन चर्न थालेको छ !!


छाती मुटु छाडेर अन्तै मन चर्न थालेको छ !!
खोज्दै निहुँ मलाई दीग दर पर्न थालेको छ !!

प्रिय तिम्रो ख्याल राख्छ, हरपल यो मनले !
मलाई भन्दा धेरैमाया तिम्लाई गर्न थालेको छ !!

बिस्तारमा छाडी मलाई, क्षितिज डुल्ने गर्छ !
तिम्रो खोजी गर्दै मनले, सागर तर्न थालेको छ !!

हृदयको बिन्ती बुझिदेऊ, साह्रै माया गर्छ हजुर !
मिठो कल्पनामै तिम्रो, सिउँदो भर्न थालेको छ !!

अँध्यारोमा दीयो संगै, बात मिठो गर्न थालेको छ !
झझल्कोले निन्द्रा मेरो, मदेखि दूर सर्न थालेको छ !!

हाल-दोहा कतार
लम्जुंग सिम्पानी-९ बगैचा

Leave a Reply

Your email address will not be published. Required fields are marked *