आँखा जुद्धा नजरहरू झुकाएर गयौ
केके थियो मनमाकुरा लुकाएर गयौ ।
कल्पनामा पिरतीको माला उनेको थेँ …
यथार्थमा गाँठो त्यसको फुकाएर गयौ ।
बादलका आकृतिमा तस्वीर तिम्रो खोज्थेँ
मुहान थियो भावनाको सुकाएर गयौ ।
निःशब्द नै भए पनि वार्तालाप त थियो
बाँधेको मन खोल्ने मौका चुकाएर गयौ ।
माया गर्ने मायालुको माया नबुझेर
तिमीलाई नै राख्ने यो मन दुःखाएर गयौ
राज लामा
हाल दोहा कतार
लम्जुंग-सिम्पानी-९ बगैचा

राम्रो प्रस्तुति छ।
तर रदिफ
राम्रो प्रस्तुति छ।
तर रदिफ काफिया चैं, पिताम्बर वलीको गजलसँग मिल्दो रहेछ।
https://www.majheri.com/node/4127
sarbaprathamt yahalaiiii
sarbaprathamt yahalaiiii dherai dherai dannyaba dina chahan6u mero rachanama amullya samalalaii kharchinu bahekoma..r malaiii thahaa thiyena ki yo radif r yo kafiyama pitamvbar ji gazal 6 bhaner really thahaa thiena maile jani jani lekheko haian yo gazal 6 bahner malai thaa thiena tesaile mero mistek baheko ma i,am sorry r yo gazalko thaauma yasariii.. rakhna sakinchh..
आँखा जुद्दा नजरहरु अन्तै जुटाएर गयो
नबोलेरै मौनताले यो मन चुटाएर गयो
निःशब्द नै भए पनि वार्तालाप त थियो
यथार्थमा मनको साइनो,मेटाएर गयो
कल्पनामा जस्को मूर्ति, मैले कूँदेको थेँ
उसैलेआज आँखामा मूल,फुटाएर गयो
केके थियो मनमाकुरा हजार हजारको
त्यै कुराले मनमुटु लाई, भुटाएर गयो
बादलका आकृतिमा तस्वीर तिम्रो खोज्थेँ
तरतिम्ले त्’जोडेको मुटुलाई,छुटाएर गयो
राज लामा
हाल दोहा कतार