डरलाग्छ मलाई छेउमा बस्न न आउ है !!
प्रीतको नजरले मलाई ढस्न न आउ है !!
पिरती केहो माया केहो,थाहा छैन मलाई !
बिन्ती गर्छु प्रेमको गाँठो,कस्न न आउ है !!
जवान ठिटो त्यसै राम्रो,मुस्कुराउनै पर्दैन !
बत्तीस दाँत देखाउदै तिमी,हाँस्न न आउ है !!
योखाली सिउँदोमा नहेर है,नाउ छैन तिम्रो !
अन्जन बनेर यो दिलमा,पस्न न आउ है !!
ढुंगा छैन यो छातीभित्र,पग्लिने मुटु छ मेरो !
त्यसैले म भन्छु नाम्रताले,धस्न न आउ है !!
हाल-दोहा कतार
लम्जुंग सिम्पानी-९ बगैचा