Skip to content

किन यसरि एकोह्रो,हुन्छ यो मन !!

किन यसरि एकोह्रो,हुन्छ यो मन !!
भयो पनि अबकति,रुन्छ यो मन !!

सम्झीनेलाई पर-पर,सँधै बाई बाई !
न सम्झिनेलाई टप्पा,चुन्छ योमन !!

कुनै जवाफ छैन हजुर,मसँग यसको !
कसै-कसैले किन यसरि,छुन्छ योमन !!

तिम्रै यादको दीयोहरु,झल्मल बालेर !
कालो रातमा तिम्रैमाया,बुन्छ योमन !!

जादुमुना मुहानी तुना,नाफुकाई गएछ !
त्यै भएर तिम्रै यादले,थुन्छ यो मन !!

देश लामा
हाल-दोहा कतार
लम्जुंग सिम्पानी-९ बगैचा

Leave a Reply

Your email address will not be published. Required fields are marked *