Skip to content

पिउदखेरी मैले !!

छेउ कुन टेकी हिंडें,पिउदखेरी मैले !!
पैला हरु लार्खारौदै,जिउदखेरी मैले !!

आँशु पनि बगाएँ,सास पनि रुकाएँ !
तिमी सँग बिछोड,लिउदखेरी मैले !!

बोत्तोल समाउदै,नसामा दुनियाँ हेरें !
झुटो मायाले योमुटु,खिउदखेरी मैले !!

कत्ति नहुँदा पानीले,भट्टी चारें मैले !
प्रेयेसिको तिर्सनामा पिउदखेरी मैले !!

मरे जस्तै भयो,खड्कियो सास पनि !
खप्पिसभै आलो,घाऊ सिउदखेरी मैले !!

हाल-दोहा कतार
लम्जुंग सिम्पानी-९ बगैचा

Leave a Reply

Your email address will not be published. Required fields are marked *