Skip to content

यसपाली केही गरे नि आउन पाइन तिहारमा

  • by


यसपाली केही गरे नि आउन पाइन तिहारमा
चेलीबाट फूलको माला लाउन पाइन तिहारमा

अरबको चर्को काम छ, टाउकोमाथि तातो घाम छ
त्यहा आई सबै रहर दाउन पाइन तिहारमा।

देउसी भैलो गाउ घरमा साथीभाइ खेल्दा होलान
थपडी मारी देउसिरे गाउन पाइन तिहारमा।

झिलिमिली बत्ती बाल्दा पाङ्ग्रेले पुच्छर हल्लायो होला
चुहियो कि घरको छानो छाउन पाइन तिहारमा।

छोरा छोरीलाई किनिरा’थे मन पर्ने सुकिला लुगा
गोरीलाई सेल र मासु ख्वाउन पाइन तिहारमा।

बिबेक दुलाल छेत्री “दमक”
वास्तविक नाम: भानु भक्त दुलाल
दमक, झापा
हाल : अबुधाबी, यु ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *