(१)
भगवान थेत्तरो छ सबै कुरा बुझ्दैन
भगवान बहिरो छ केही पनि सुन्दैन
त्यही भगवान गतिलो छ भन्छौ तिमी
त्यही भगवान भगवानलाई पुज्दैन
(२)
सद्दे मान्छेलाई बाङ्गो पार्ने यो सिंहदरबार
जनताको आशुमात्र झार्ने यो सिंहदरबार
के नै गर्यो र असल काम यसले हजूर
निरोगी देशलाई रोग सार्ने यो सिंहदरबार
(३)
जीवन आज हावाको पोको भयो
कैले भरीया त कैले डोको भयो
कठै मेरा कथा, कविता र गजल
छपाउछु भन्ने पनि यौटा धोको भयो
(४)
मेरो माया आफैँमा बाधी राख
मेरो अवगुण आफैमा तानी राख
कैले म तिम्रो मायामा तेथरो पनि भए हुँला
मलाई बहश गर्न बिचारको छडीले हानी राख
बिबेक दुलाल क्षेत्री दमक
बास्ताबीक नाम : भानु भक्त दुलाल
दमक, झापा
हाल : अबुधाबी, यू ए ई
