Skip to content

केही हाइकुहरू

  • by


(१)
मेरो सपना
उसको क्रिडा स्थल
अतृप्त प्यास।

(२)
कठै यी युवा
नमान्दा पनि छन
देश बाहिर।

(३)
गेट खुल्दैन
जब एउटा युवा
लक्ष्य बिर्सन्छ।

(४)
आफ्नै पैसा नि
आफ्नै जिन्दगीको
दुश्मन भयो।

(५)
रातको साथी
यो चिसो सिरेटो
बिरानो क्षण।

(६)
नेताले गर्दा
देश बिग्रन बिग्र्यो
खै कस्ले सुन्छ?

(७)
धोका नदेउ
रमिता नदेखाउ
दुनियाँ हास्छ।

(८)
मेरी प्रेमिका
क्षितिज बनी बेर्छिन
मेरो विश्वाश।

Leave a Reply

Your email address will not be published. Required fields are marked *