पिर्छ, चिथोर्छ क्रुर समय पटक पटक
चिर्छ, गिजोल्छ झुर समय पटक पटक
देखे पनि नदेखेको अभिनय गर तिमी
बिल्छ, छिचोल्छ असुर समय पटक पटक
मरिसके सत्य बोल्ने सत्यवादीहरू सबै
चिल्छ, चिमोट्छ कुकूर समय पटक पटक
खोइ तिमीले देख्यौ मान्छेहरूले रमाएको
बिल्छ, बिथोल्छ फतुर समय पटक पटक
यो देशको पीर त जनतालाई मात्र भयो
बिक्छ, पिरोल्छ आतुर समय पटक पटक
अस्तु :
बिबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम : भानु भक्त दुलाल
दमक, झापा
हाल : अबुधाबी, यू ए ई